×

NMB BANK
NIC ASIA

काठमाडौंमा रोकिएन मोटरसाइकल चोरी

असोज १, २०७८

NTC
फाइल फोटो
Premier Steels

प्रहरीले सादा पोशाकमा प्रहरी परिचालन गरेर नियन्त्रण अभियान चलाए पनि मोटरसाइकल चोरी हुनेक्रम रोकिएको छैन ।

Muktinath Bank

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दैनिकरूपमा नै मोटरसाइकल चोरी भएको निवेदन पर्ने गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कतिपय घरबाटै र कतिपय अवस्थामा पार्किङ गरेर राखिएको ठाउँबाटै मोटरसाइकल चोरी भएका छन् । 


Advertisment
Nabil box
Kumari

मोटरसाइकल धनीको असावधानीका कारण पनि चोरी भएको पाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । शुक्रवार मात्रै महाशाखाले काठमाडौंको थलीबाट चोरीका मोटरसाइकलसहित ३ जनालाई पक्राउ गर्‍यो । 

Vianet communication

महाशाखाबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले चोरेर लगिरहेको अवस्थामा वाग्मती प्रदेश ०२–०१५प ६१७२ नम्बरको मोटरसाइकलसहित सिन्धुपाल्चोक पाँचपोखरीका विजय धिताललाई कागेश्वरी–मनहरा नगरपालिका– ५ थलीबाट नियन्त्रणमा लिएको हो । 

खोटाङ घर भई काँडाघारी बस्ने सञ्जिव राईले विहीवार साँझ पार्किङ गरेर राखेको अवस्थामा लभडाँडाबाट हराएको निवेदनको आधारमा खोजतलास गर्दै जाँदा मोटरसाइकलसहित धिताल पत्रार परेका हुन् । 

उनीमाथिको अनुसन्धानका क्रममा सिन्धुपाल्चोक मेलम्ची घर भई साँखु बस्ने २६ वर्षीय जीतबहादुर र २४ वर्षीेय बिष्णु तामाङ समेत भई चोरी गरेको र उनीहरूसँग अर्को चोरीको मोटरसाइकल समेत रहेको खुल्न आएको थियो । 

खोजी गर्ने क्रममा भदौ १५ गते कोटेश्वरबाट हराएको मोटरसाइकल समेत बरामद गरिएको छ । तारकेश्वर बस्ने सुमन धितालको प्रदेश ३–०२–००१प ७२८६ नम्बरको मोटरसाइकलमा नम्बर परिवर्तन गरी प्रदेश ३–०२–००७ प ८४९४ रहेको अबस्थामा बरामद भएको थियो । चोरी गर्ने दुवै दाजुभाइ भएको खुल्न आएको छ ।

पक्राउ परेका तीनै जनालाई थप कारवाहीका लागि महानगरीय प्रहरी वृत्त बानेश्वरमा पठाइएको  छ ।

यसरी चोरी भएका मोटरसाइकलमध्ये केही प्रतिशत मात्रै फेला पर्ने गरेको छ । शुक्रवार मात्रै ट्राफिक प्रहरीले फेला पारेका २४ मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

महाशाखाका प्रमुख भट्टराईले विशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको इलाकाबाट ती मोटरसाइकल बरामद गरी चोरीमा संलग्न मानिसलाई समेत पक्राउ गरिएको जानकारी दिए ।

उनले सवारीसाधनको चोरी न्यूनीकरण एवं नियन्त्रण गर्ने अभियान जारी रहेको जानकारी गराउँदै सुरक्षाका उपाय अपनाउन पनि सवारी धनीसँग अनुरोध गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x