×

इलाममा मेडिकल कलेज बन्ने

असोज १, २०७८

प्रतिकात्मक तस्वीर

इलाममा मेडिकल कलेज निर्माण गर्न स्वास्थ्य मन्त्रालय सहमत देखिएको छ ।

मन्त्रालयबाट आएको एक टोलीले इलाम अस्पताललाई आधार बनाएर त्यस आसपासको क्षेत्रमा मेडिकल कलेज बनाउन सहमति दिएको हो ।


Advertisment

मन्त्रालयको टोली र अस्पताल विकास समितिबीच भएको बैठकले इलाम नगरपालिकालाई मेडिकल कलेजका लागि आवश्यक जग्गा व्यवस्थापन गर्न जिम्मेवारी दिएको जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बरालले बताए ।


Advertisment

‘सबै नयाँ व्यवस्थापन गर्नुभन्दा अहिले सञ्चालन भइरहेको अस्पतालको स्तर वृद्धि गरेर त्यसलाई आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण गर्दा सहज हुने पनि देखियो,’ बरालले भने, ‘तर इलाममा मेडिकल कलेज निर्माण गर्ने ग्यारेन्टी मन्त्रालयले दिनुपर्छ भन्ने हाम्रो प्रस्ताव छ । नत्र व्यवस्थापन गरिएको जग्गा अलपत्र पर्नसक्छ ।’ 

मेडिकल कलेजका लागि ५०० रोपनी जग्गा आवश्यक पर्ने जनाइएको छ ।

यसैबीच इलाम नगरपालिकाको सोमबार बसेको नगरकार्यपालिका बैठकले मेडिकल कलेज सञ्चालनका लागि आवश्यक जग्गा उपलब्ध गराउने निर्णय गरेको छ । इलाम–९ का वडाध्यक्ष श्यामकृष्ण घिमिरेको संयोजकत्वमा जग्गा व्यवस्थापन समिति समेत गठन गरिएको नगरपालिकाले जनाएको छ ।

वडाध्यक्षको संयोजकत्वमा विभिन्न सरोकारवाला संघसंस्था सहितको जग्गा व्यवस्थापन समिति गठन गरिएको नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले बताए ।

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x