×

NMB BANK
NIC ASIA

सालक पदमार्गमा मनाइयो 'क्लिनअप डे'

असोज ३, २०७८

NTC
Premier Steels

कीर्तिपुर मच्छेगाउँ अवस्थित सालक पदमार्गमा सफाइ दिवस (क्लिनअप डे) मनाइएको छ।

Muktinath Bank

मच्छेगाउँको बाघभैरव सामुदायिक वनदेखि चम्पादेवी डाँडासम्मको ‘सालक पदमार्ग’ मा फालिएका नकुहिने फोहोरहरू संकलन गरिएको थियो । झण्डै दुई किलोमिटर वरपरको क्षेत्रमा फालिएको फोहोर संकलन गरिएको आयोजक संस्थाका दिव्यराज दाहालले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘प्रकृति र प्राणीको अन्योन्याश्रित सम्बन्धलाई मानवीय हेलचेक्र्याइँले व्यवधान गरेको छ,’ उनले भने, ‘यो क्षेत्र सालक तथा अन्य धेरै प्राणीको वासस्थान भएकाले तीनको वासस्थानमा फोहोर गर्नु हुन्न भन्ने सन्देश कार्यक्रममार्फत दिने प्रयास गरेका छौं ।’


Advertisment
Nabil box
Kumari

साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेसनकी अध्यक्ष सुचिता श्रेष्ठले साना स्तनधारी प्राणीको संरक्षणमा विगतदेखि नै चासो राख्दै कार्यक्रमहरू गर्दै आएको बताइन् । संरक्षण शिक्षा र चेतनालाई उजागर गर्न सफाइ अभियान आयोजनामा गरिएको उनको भनाइ छ । 

Vianet communication

सफाइ अभियानका लागि मच्छेगाउँ पुगेका सहभागीहरूले नदी सफाइ अभियान चलाएजस्तै मानवीय क्रियाकलापले काठमाडौं वरपरका जंगल पनि फाहोर हुँदै गएकाले सफाइ अभियान चलाउनुपर्ने बताए । अभियानमा बाघभैरव सामुदायिक वनका सदस्यहरूको पनि सहभागिता थियो।

साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेसनले बाघभैरव सामुदायिक वन, तामाङ सुधार समाज, तामाङ महिला उत्थान समाज, एनसीएससी, रोस्ट्रयाक क्लब, नगरपालिका, इओसीएलगायतको संस्थाको संयुक्त आयोजनामा गरेको कार्यक्रममा युवा संरक्षणकर्मी तथा विद्यार्थीको उपस्थिति थियो ।

सालकबारे

कमिला, धमिराको संख्यालाई नियन्त्रण गर्न सालकले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । यसले माटो खन्ने, प्वाल पार्नेलगायतको कार्यले माटोमा अक्सिजन प्रवाह भई माटोको उर्वरा शक्ति बढ्छ । सालकले प्वाल पार्ने कार्य गर्दा सर्पलगायतका जीवलाई वाससस्थान उपलब्ध हुन्छ ।

लजालु स्तनधारी जन्तु सालक किसानका साथी मानिन्छन् । सालकले मानिसलाई हानि गर्दैन। कीरा र कमिलालाई आहारा बनाउने सालकको संख्या भने घटिरहेको अनुमान छ ।

विश्वमै अति दुर्लभ मानिने सालक नेपालमा कालो र तामे गरेर दुई प्रकारका पाइन्छन् । यसमा चाइनिज सालक भनेर चिनिने कालो सालक अति संकटापन्न सूचीमा छ । नेपालका ६२ वटा जिल्लाहरूमा सालक पाइन्छन् ।

विश्वमा एसिया र अफ्रिका महादेशमा मात्र सालक पाइन्छ । जम्मा ८ प्रजातिका सालक मध्ये २ प्रजातिको सालक नेपालमा पाइन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x