×

NMB BANK
NIC ASIA

फर्कियो सिलिन्डर युग

ओलीले निकै प्रचार गरेको ग्यास पाइपलाइन दुईवर्ष नपुग्दै बन्द, डेढ करोड लगानी- बालुवामा पानी !

असोज ७, २०७८

NTC
Premier Steels

विराटनगर महानगरपालिका– १४ स्थित गौसेवा सदनबाट उत्पादन गरेर पाइपमार्फत स्थानीयको घर–घरमा पुर्‍याइएको ग्यासको सप्लाइ बन्द भएको पनि लामो समय बितिसकेको छ ।

Muktinath Bank

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निकै प्रचार र तामझाम गरी उद्घाटन गरेको प्लान्टमार्फत उत्पादन भएको ग्यास गत वैशाखदेखि नै सर्वसाधारणको चुल्होमा पुग्न बन्द भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओलीको कार्यकालमा शुरू भएको आयोजना उनकै कार्यकालमा दुई वर्ष बित्न नपाउँदै बन्द भएपनि यसलाई सुचारु गर्नतर्फ कसैको ध्यान गएको छैन ।


Advertisment
Nabil box
Kumari

विराटनगरको डिग्री क्याम्पसमा कम्पाउन्ड वाल लगाउने क्रममा ग्यासको पाइप लिक भएपछि ग्यास सप्लाइ बन्द भएको हो ।

Vianet communication

पाइप फुटेर ग्यास लिक भएपछि आर्थिक अभाव देखाउँदै गौसेवा सदनले उत्पादन नै बन्द गरिदियो ।

आर्थिक अभाव तथा जनशक्ति समेत कम भएका कारण प्लान्ट बन्द भएको गौसेवा सदनका प्रबन्धक सन्तोषकुमार यादवले बताए ।

लान्ट तीनजना कर्मचारीले हेरिरहेका छन्, जसमा एक जना प्राविधिक रहेका छन्, भने दुईजना लेबर छन् । 

गौसेवा सदनले उत्पादित गोबरको सदुपयोग गर्न माग गर्दै २०७२ पुस ९ गते जिल्ला समन्वय समिति मोरङमा निवेदन दिएको थियो ।

खेर गइरहेको गोबरबाट ग्यास उत्पादन गर्दा वरिपरिका स्थानीयलाई राहत पुग्ने दाबी उसले गरेको थियो ।

समितिको पहलमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले २०७३ सालमा सम्भाव्यता अध्ययन गर्‍यो ।

२०७३ माघ २४ मा महानगरपालिकासँग ग्यास उत्पादनका लागि छलफल भएको थियो ।  २०७४ असोज २१ मा घर–घरमा ग्यास वितरण गर्ने निर्णय भएको थियो ।

२०७५ असार २२ गते पाइपलाइन बिछ्याउन सम्झौता भई काम अघि बढेको थियो । घरघरमा ग्यास आउँछ भनेपछि गौसेवा सदन छेउछाउका जनतामा खुसीयाली समेत छाएको थियो ।

उनीहरूको घरमा केही समय सोही ग्यासबाट चुह्लो पनि बल्यो ।

गर्मी, विशेष गरी बर्खाको समयमा बहुउपयोगी मानिएको गोबर ग्यास प्लान्ट बन्द भएपछि उपभोक्ताहरू एलपी ग्यासका सिलिन्डर ओसार्न बाध्य भएको स्थानीय सुशील चौधरी बताउँछन् ।

केही समयसम्म २७ घरमा चुल्हो बले पनि हाल ४ घरमा मात्रै उक्त ग्यास बलिरहेको छ । त्यही ग्यास पनि बन्द गर्ने अवस्था आएको गौसेवा सदनले जनाएको छ । 

दुई वर्षअघि मात्रै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामसहित ग्यास पाइपलाइनको उद्घाटन गरेका थिए ।

भारतले नाकाबन्दी गरेको समयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्र, विश्व बैङ्क तथा जलवायु लगानी कोषको सहयोगमा नवीकरणीय ऊर्जा विस्तार आयोजनाको एक करोड ११ लाख, गौ–सेवा सदनको २७ लाख र विराटनगर महानगरपालिकाको १२ लाख रुपैयाँसहित एक करोड ५० लाख रुपैयाँको लागतमा प्लान्ट निर्माण गरिएको थियो । 

पहिलोपटक प्रधानमन्त्री हुँदा नागरिकको घरघरमा ग्यासको पाइपलाइन पुर्‍याउँछु भनेर ओलीले गरेको भाषणको निकै चर्चा र आलोचना पनि भएको थियो ।

आफ्नो त्यही बहुचर्चित र बहुआलोचित भाषणलाई सही सावित गरेको रूपमा ओलीले यसको निकै प्रचार र चर्चा गरेका थिए । ग्यास पाइपलाइन उद्घाटन गर्न तामझाम पनि भएको थियो ।

२०७५ भदौ ५ गते उक्त गोबर ग्यास प्लान्टको उद्घाटन गर्दै ओलीले सिलिन्डर विस्थापनको युग शुरू भएको जिकिर गरेका थिए ।

तर त्यसको २ वर्ष पनि पुग्न नपाउँदै नागरिकहरू सिलिन्डर ओसार्न बाध्य भएका छन् । उक्त प्लान्टका लागि भएको डेढ करोड लगानी पनि बालुवामा पानीसरह भएको छ ।

जमिनमुनि पाइप बिच्छ्याएर घर–घरमा बायो ग्यास पुर्‍याउने सरकारी योजना सरकारकै कारण अलपत्र परेको छ । विराटनगर महानगरपालिका उक्त ग्यास प्लान्ट आफ्नो योजना नभएको भन्दै पन्छिने गरेको छ । 

‘गौसेवा सदनलाई प्रत्येक वर्ष हामीले सहयोग गर्दै आएको छौं,’ विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले भने एकै ठाउँमा पटक–पटक सघाउन सक्ने अवस्था पनि आएन ।’

गौसेवा सदन २०४२ सालदेखि सञ्चालनमा आएको हो ।

गौशालाबाट उत्पादित गोबरलाई सदुपयोग गर्न भन्दै ग्यास उत्पादन शुरू गरिएको थियो ।

ग्यास उत्पादन गर्न गौशाला क्षेत्रमा २ सय घनमिटर क्षमताको प्लान्ट जडान गरिएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x