माधव नेपालको पार्टी ‘पदाधिकारी पार्टी’ भएछ : ओली

माधव नेपालको पार्टी ‘पदाधिकारी पार्टी’ भएछ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी ‘पदाधिकारी पार्टी’ भएको टिप्पणी गरेका छन् । 


Advertisement

एमालेको उपत्यका विशेष कमिटीले बिहीवार राष्ट्रिय सभागृहमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै ओलीले माधव नेपालको पार्टीलाई ‘माने’ पार्टी भन्दै अब पदाधिकारी पार्टी भएको आरोप लगाए । 


Advertisement

‘आज माने पार्टीको यसो हेर्दै थिए । पदाधिकारी पार्टी भएछ । पदाधिकारीमा अलिकति ठाउँ भर्न बाँकी रहेछ उहाँहरू खोज्दै हुनुहुन्छ,’ ओली भने । 

सम्बोधनमा उनले माधव नेपालको पार्टी कार्यालय र फाइल कब्जा गर्न गएको आरोप लगाएका छन् । 


Advertisement

‘कसैको पार्टी कार्यालय कब्जा गर्न, फाइल कब्जा गर्न लगाएर जाँदैनौं । हाम्रो राजनीति त्यस्तो होइन,’ उनले भने, ‘एउटा कार्यालय खोल्न नसक्ने, अर्काको कार्यालयमा गएर ताल्चा लगाउनुपर्ने ? कस्ता यिनीहरू ?’

माधव नेपालको पार्टीले कम्युनिस्ट आन्दोलनमा देखिएको दक्षिणपन्थको विरोध गर्ने भनेको तर आफैं कांग्रेसको पछि लागेर दक्षिणपन्थी बाटोमा हिँडेको ओलीले बताए । 

सत्ताले प्रहरी र सत्ताको दुरूपयोग गरेको आरोप समेत ओलीले लगाए । प्रहरी र कर्मचारीले सरकारले भनेको नमान्दा दुर्गममा सरुवा गरिदिने डर देखाएर कानून विपरीत काम गर्न लगाएको उनले बताए ।

‘प्रहरीलाई कानून विपरित काम गर्न सत्ताले लगाएको छ । सत्ता, प्रहरी संयन्त्रको दुरूपयोग गर्ने हाम्रो राजनीति होइन,’ ओलीले भने, ‘भनेको नमान्दा दुर्गममा सरुवा गर्दिन्छ । यिनीहरूभित्र मानवीयता नै छैन ।’

उनले भने, ‘यिनीहरूको छात्तीभित्र मुटु होइन, ढुंगा राखिएको छ, त्यो पनि दर्शनढुंगा अलि छिपिएको ढुंगा । ढुंगाले कसरी मानवीयता बुझ्न सकोस् ।’

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्