×

NMB BANK
NIC ASIA

आत्महत्याको बढ्दो ग्राफ

प्रहरीलाई नै चक्कर लगाउँदै नवविवाहिताहरूको ‘आत्महत्या’, अनुसन्धानमा समेत फेला पर्दैनन् तथ्य !

असोज १३, २०७८

NTC
Premier Steels

रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ राधाकृष्ण टोलकी २६ वर्षीया सीता भण्डारी भदौ २० गते आफ्नै घरको एक कोठामा मृत भेटिइन् ।

Muktinath Bank

परिवारले उनले आत्महत्या गरेको बतायो । तर, माइती पक्षले आत्महत्या नभई हत्या भएको भन्दै १६ दिनसम्म आन्दोलन गर्‍यो । शव उठाउन पनि दिएन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१७ औं दिनदेखि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान थालेपछि मात्र उनको माइती पक्षले आन्दोलन रोकेको छ, तर परिवारले २५ दिन पुगिसक्दा पनि शव उठाउन दिएको छैन ।


Advertisment
Nabil box
Kumari

सीआईबीले असोज ६ गतेदेखि अनुसन्धान शुरू गरेपनि आज (बुधवार) एक हप्ता पुग्न लाग्दा पनि केही ‘क्लु’ भेट्टाउन सकेको छैन । 

Vianet communication

गत भदौ २० गते बिहान आफ्नै घरको कोठामा सीता मृत भेटिएकी थिइन् । 

प्रहरीका अनुसार श्रीमान टीका पौडेलले नियमित मादक पदार्थ सेवन गर्ने र उनीहरूको उमेर अन्तरको कारणले कुरा नमिल्दा पनि सीताले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोज केसीले बताए ।

‘श्रीमान्ले नियमित मादक पदार्थ सेवन गर्ने गरेको पाइएको छ र उनीहरूको उमेर १७ वर्षको फरक देखिएको छ, त्यसकारण पनि उनले आत्महत्या गरेको हुनसक्छ,’ एसपी केसीले लोकान्तरसँग भने, ‘अहिले सीआईबीको टोलीले अनुसन्धान गरिरहेको छ । 

सीता २६ वर्षीया थिइन्, उनको श्रीमानको उमेर ४३ वर्ष भएको छ ।

उनीहरूबीच २ वर्ष अगाडि मात्र मागी विवाह भएको थियो ।

अहिले प्रहरीले आत्महत्या दुरुत्साहनमा मृतकका श्रीमान टीका, आमाजू र जेठाजुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

.....

मोरङको सुन्दरहरैँचा नगरपालिका– ११ सलकपुरकी २२ वर्षीया रोजिना गिरी असोज ३ गते आफ्नै घरमा मृत फेला परिन् ।

२२ वर्षीया रोजिनाको शव खाटमा घोप्टो परेको अवस्थामा फेला परेको थियो ।

खाटमा शव भेटिएको र शरीरमा निलडाम भएकाले माइती पक्ष आत्महत्या हो भन्ने कुरा मान्न तयार छैन ।

कोठाको बाहिरबाट चुक्कुल लगाएको अवस्थामा आत्महत्या गरेको ठहर गरेर वडाध्यक्ष खेमप्रसाद न्यौपानेको रोहबरमा कोठाको ढोका खोलिएको थियो । 

माइती पक्षले आफूहरू नआई ढोका खोलेकोमा आपत्ति जनाउँदै आएको छ ।

प्रहरीले भने रोजिनाको श्वास बाँकी छ कि भनेर हतारमा ढोका खोलेको बताएको छ । घटनाको प्रकृति हेर्दा आधा खुट्टा बाहिर र शरीरचाहिँ बक्स पलङमा रहेको, सिरानी च्यापेर घोप्टो परेको अवस्थामा लास फेला परेको प्रहरीले जनाएको छ । 

मृतक रोजिनाको अघिल्लो वर्ष भदौमा विनोद काफ्लेसँग विवाह भएको थियो । उनीहरूले प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए ।

श्रीमान विनोद ६ महिनादेखि वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) जर्नादन जिसीका अनुसार झुन्डिएकाले शरीरमा रगत जमेर डाम देखिएको हुनसक्ने अनुमान गरिएको छ ।

रोजिनाको पोस्टमार्टम भइसकेको छ र भिसेरा परीक्षणका लागि पठाएको एसपी जिसीले लोकान्तरलाई बताए ।

‘पोस्टमार्टम रिपोर्टमा खासै केही देखाएको छैन । हामीले भिसेरा परीक्षणलाई पठाएका छौं, त्यसपछि के कारण हो खुल्ला,’ एसपी जिसीले भने । 

प्रहरीले अहिले हत्या हो या आत्महत्या हो भनेर अनुसन्धान गरिरहेको छ । पछिल्लो समय नवविवाहिता महिलाहरूको मृत्युको ट्रेन्डले प्रहरीलाई नै आश्चर्यमा पारिरहेको छ । 

विवाह भएको २ वर्षभन्दा कम समय भएका महिलाहरूको आत्महत्या हो कि हत्या भन्ने विषयमा प्रहरी अनुसन्धानले पनि कुनै निष्कर्ष निकाल्न सकिरहेको छैन । 

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार पछिल्लो ३ वर्षमा ५ हजार २८७ जना महिला (२० वर्ष माथिका) ले आत्महत्या गरेका छन् ।

आर्थिक वर्ष २०७५/०७६ मा १ हजार ५७१ जना, आ.व. ०७६/०७७ मा १ हजार ६९० जना, आ.व. ०७७/०७८ मा १ हजार ८८८ जना र यो आर्थिक वर्षको असार मसान्तसम्ममा १३५ जना महिलाले आत्महत्या गरेका छन् । 

यर्थाथ धरातल भुल्दा आत्महत्याको बाटोः सविता लोहनी, मनोपरामर्शदाता

समाजले सूचना प्रविधिमा फड्को मारेसँगै रहनसहनमा पनि परिर्वन आएको छ, जसले गर्दा मानिसहरूले काम नगरिकन नै धेरै अपेक्षा राखेका हुन्छन् ।

कतिपय अवस्थामा सामाजिक सञ्जालहरूको देखासिकी गर्दा मानिसहरूमा वितृष्णा उत्पन्न हुन्छ, जसका कारण मानिसहरूले आत्महत्याको बाटो रोज्ने गरेको मनोपरामर्शदाता तथा त्रिभुवन विश्व विद्यालयकी मनोशिक्षक सविता लोहनीले बताइन् । 

उनका अनुसार महिलाले पुरुषसँग धेरै अपेक्षा राख्ने तर विवाहपछि यथार्थ फरक हुँदा परिवारमा फाटो आएर आत्महत्याको बाटो रोज्ने गरेको देखिएको छ । 

त्यसका अलवा विवाह गर्दा उमेरको अन्तर, श्रीमान विवाह गरेर छिट्टै वैदेशिक रोजगारीमा जाँदा महिलाको परपुरुषसँगको सम्बन्ध जस्ता कारणले पनि आत्महत्याको बाटो रोज्ने गरेको देखिएको लोहनीले बताइन् । 

‘अहिले महिलामा हुने धैर्यता, एक्स्ट्रा मेरिटियल अफेयर जस्ता कुरा बिग्रिँदा आत्महत्याको बाटोसम्म पुग्ने गरेको देखिन्छ,’ लोहनीले लोकान्तरसँग भनिन्, ‘प्रविधि र विकाससँगै महिलामा सहनशीलामा पनि कमी आएको देखिन्छ ।’

कतिपय अवस्थामा परिवारमा हुने समस्या, आर्थिक अभाव र सामाजिक कारणहरूले गर्दा पनि महिलाहरूले आत्महत्या गर्ने उनको भनाइ छ ।

विवाहेत्तर सम्बन्धका कारणले आत्महत्याः निर्मला ढकाल, समाजशास्त्री

नेपाली समाजमा वैदेशिक रोजगारीका कारणले गर्दा सामाजिक अवस्था बिग्रिँदा महिलाहरूले आत्महत्याको बाटो रोज्ने गरेको देखिएको समाजशास्त्री तथा उप–प्रध्यापक निर्मला ढकालले बताइन् । 

ढकालका अनुसार श्रीमान वैदेशिक रोजगारीमा गएपछि छोराछोरी पढाउन बाहिर बस्ने जसले गर्दा बाहिरी पुरुषहरूसँगको विवाहेत्तर सम्बन्धले गर्दा समास्या सिर्जना गरेको उनको बुझाइ छ । 

‘महिलाहरूले श्रीमान् बाहेक अन्य व्यक्तिहरूसँग सम्बन्ध राख्दा न त उसलाई छोड्न सक्ने, न त श्रीमान्लाई छोड्न नै, जसले गर्दा आत्महत्या रोज्ने गरेको देखिन्छ,’ समाजशास्त्री ढकालले लोकान्तरसँग भनिन्, ‘र अर्को पाटो एक्लै बस्न पर्नु, आर्थिक हैसियत कमजोर हुनु आदि कारणले पनि आत्महत्या गर्ने गरेको देखिन्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x