×

प्रतिनिधि सभाको प्रयोजन सकियो, अबको निकास निर्वाचन : विष्णु पौडेल

असोज २२, २०७८

नेकपा एमालेका उपमहासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभाको प्रयोजन सकिएको दाबी गरेका छन् । 

प्रतिनिधि सभा चल्नै नसक्ने अवस्थामा पुगेको बताउँदै अब मुलुकको निकास ताजा जनादेश रहेको धारणा राखे । 


Advertisment

नेकपा एमाले स्याङ्जा–रूपन्देही सम्पर्क समाजद्वारा बुटवलमा आयोजित प्रथम भेलालाई शुक्रवार सम्बोधन गर्दै पौडेलले भने, ‘प्रतिनिधिसभा कामै गर्न नसक्ने अवस्थामा पुगेको छ । प्रतिनिधिसभा अब चल्न सकेन । बैठक बस्छ स्थगित हुन्छ । मन्त्रीहरू दौडेर रोष्टममा पुग्छन् । यस्तो हालतबाट सभा चल्न सक्दैन त्यसैले प्रतिनिधिसभाको प्रयोजन सकियो ।’ अब निकास नै निर्वाचन भएकाले त्यसतर्फ जुट्न कार्यकर्तालाई पौडेलले आग्रह गरे । 


Advertisment

पौडेलले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा एमाले विभाजनको मतियार बनेको आरोपसमेत लगाए । ‘तटस्थ जिम्मेवारी पूरा गर्नुपर्ने सभामुख ‘बायस’ हुनुभो । उहाँ एमाले विभाजनको अंग बन्नु भयो । सभामुखको यो कदम नसच्चाएसम्म सदन चल्दैन,’ उनले भने । 

एमाले विभाजनले पार्टीमा कुनै क्षति नभएको बताउँदै पौडेलले सही नेतृत्व र व्यापक जनआधार र अझै पनि ठूलो शक्ति एमाले नै रहेको उनको दाबी छ । 

‘कांग्रेसले कुनै कम्युनिष्टसँग मिलेर चुनाव लडिँदैन भनिसकेको छ,’ पौडेलले भने, ‘कांग्रेसको पछि लागेका माधव नेपालका ओठमुख सुक्ने स्थिति छ । एकातिर वडा अध्यक्ष पनि जित्न नसक्ने बेदुराम भुसाल र अर्कोतिर मुकुन्द न्यौपाने राखेर हिँडेका नेपाल २०५४ मा वामदेवले पार्टी विजाजन गर्दा जुन अवस्थामा पुगेका थिए, त्यही हालत हुँदैछ ।’ 

एमालेबाहेक अन्य कुनै पनि पार्टीले राष्ट्रिय राजनीतिको नेतृत्व गर्न नसक्ने पौडेलले बताए । 

पौडेलले अहिलेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मुलुक र जनताका लागि केही गर्न नसक्ने बताए । ‘यो इष्र्या र कुन्ठाबाट बनेको सरकार हो,’ नेता पौडेलले भने, ‘३ महिनासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्ने सरकारबाट केही हुँदैन । अघिल्लो सरकारले ल्याएका बजेट र योजना कटौती गरेको छ । योजनाहरू हटाएको छ । अहिले सरकार अगाडि होइन । पछाडि फर्किने काम गरेको छ ।’

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x