×

सर्वोच्चमा विद्रोह

राणाले भने– एक्जिट लिन्छु, तर समय चाहिन्छ, न्यायाधीशहरूको जवाफ– 'त्यसो भए बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्र हेर्छौं'

कात्तिक १५, २०७८

प्रधानन्यायाधीशको भूमिकाप्रति असन्तुष्ट सर्वोच्च अदालतका न्यायाधीशहरूले आजदेखि बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्न थालेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बहिर्गमनका लागि तयार भएर त्यसको प्लानका लागि समय मागेपछि न्यायाधीशहरू बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्न तयार भएका हुन् ।


Advertisment

कहिले राजीनामा दिने, कसरी दिने भन्ने विषयमा राणाबाट ठोस प्रस्ताव नआउँदासम्म अन्य मुद्दा नहेर्ने अडान भने न्यायाधीशहरूले कायमै राखेका छन् ।


Advertisment

बन्दी प्रत्यक्षीकरणको मुद्दा हेरिसकेपछि वा हेर्नुअघि समय मिलाएर न्यायाधीशहरूको बैठक समेत जारी रहने भएको छ ।

'उहाँ (प्रधानन्यायाधीश जबरा)ले एक्जिट लिने हो भन्नुभयो तर, अरू प्लानिङ आएन । हाम्रा साथी (वार्ता टोली सदस्य)हरूले एक्जिटको प्लानिङ चाहियो भन्नुभाछ । उहाँले त्यसका लागि केही समय चाहिन्छ भनेपछि ठोस प्रस्ताव नआउँदासम्म बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्र हेर्ने निर्णय भएको छ,' बैठकपछि एक न्यायाधीशले लोकान्तरसँग भने ।

बहिर्गमनको ठोस प्रस्ताव नआउँदासम्म बन्दी प्रत्यक्षीकरणका मुद्दामा मात्र पेशी तोक्न र आफ्नो इजलास नराख्न न्यायाधीशहरूले जबरालाई आग्रह गरेका थिए ।

सोही अनुसार जबराले आफ्नो इजलास नराखेर बन्दी प्रत्यक्षीकरणका मुद्दामा मात्र पेशी तोकेपछि न्यायाधीशहरू इजलासमा बस्ने निर्णयमा पुगेका हुन् ।

'एक्जिटको ठोस प्लान नआउँदासम्म आफ्नो इजलास नराख्नुस्, बन्दीहरूको मात्र निकाल्नुस् भन्ने कुरा साथीहरूले गर्नुभएको थियो, त्यहीअनुसार कज लिस्ट निस्कियो ।​ उहाँले एक्जिटको प्लानिङ छ पनि भन्नुभयो, सोही कारण यसलाई सकारात्मकरूपमा लिएर बन्दीहरूको मुद्दा हेर्ने र मिटिङचाहिँ त्यस अगाडि वा पछाडि पारेर कन्टिन्यु गर्ने निर्णय भएको छ,' ती न्यायाधीशले भने ।

उनले थपे, 'उहाँले सम्मानजनक (बहिर्गमन) भन्नुभाछ । सम्मानजनक कसरी हुने हो, हामीले के गर्नुपर्ने हो, त्यो प्रस्ट भएन भन्ने कुरामा पनि छलफल भयो ।'

बैठकलगत्तै न्यायाधीशहरू बन्दी प्रत्यक्षीकरणका इजलासमा बसेका छन् । राणाले आफूबाहेकका ६ वटा इजलास तोकेका छन् ।

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x