२६ असार २०८३, शुक्रबार

चीनले आणविक हतियारको संख्या बढाएपछि आत्तियो अमेरिका

कात्तिक १८, २०७८
चीनले आणविक हतियारको संख्या बढाएपछि आत्तियो अमेरिका

चीनले द्रुत गतिमा आणविक हतियार बढाइरहेको अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले बुधवार जनाएको छ । 

सन् २०३० सम्म उसले एक हजार आणविक हतियारको लक्ष्य हासिल गर्न सक्ने पेन्टागनको अनुमान छ । हालैको समयमा चीनले नाटकीय रूपमा आणविक हतियार बढाएको छ । 

अमेरिकासँग ३७ सय ५० वटा आणविक हतियार छन् तर उसले यसको संख्या बढाउने सोच राखेको छैन । 

अमेरिकी संसद् कंग्रेससमक्ष एक प्रतिवेदन बुझाउँदै पेन्टागनले अर्को दशकसम्ममा चीनले आणविक हतियारको आधुनिकीकरण तथा विस्तार गर्ने जनाएको छ । चीनले स्थल, समुद्र र वायु आधारित आणविक हतियार डेलिभरी प्लेटफर्मको संख्या विस्तार गरिरहेको छ । उसले आणविक हतियार विस्तारका लागि आवश्यक आधारभूत संरचना बनाइरहेको छ । 

चीनले कम्तीमा तीनवटा अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र साइलोको निर्माण शुरू गरेको पनि पेन्टागनको प्रतिवेदनमा उल्लेख छ । 

चीनले हतियारको संख्या द्रुत गतिमा बढाइरहेको भए पनि उसको भण्डार रुस र अमेरिकाको तुलनामा सानो छ । 
 

salt training

कमेन्ट गर्नुहोस्