×

NIC ASIA

मुख्यमन्त्री केसीले गरे रोल्पामा अक्सिजन प्लान्टको उद्घाटन

कात्तिक १९, २०७८

Prabhu Bank
NTC
Premier Steels

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले रोल्पामा अक्सिजन प्लान्टको उद्घाटन गरेका छन् ।

रोल्पा अस्पतालमा शुक्रवार आयोजित एक कर्यक्रममा अक्सिजन प्लान्टको उद्घाटन गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संघीय सरकारको ७५ लाख रुपैयाँ बजेटबाट जडान गरिएको प्लान्टले दैनिक २५ भन्दा बढी सिलिन्डर उत्पादन गर्नसक्ने क्षमता रहेको छ । 


Advertisment
Rupse Holidays
Nabil box

जिल्लामा खपत भएर बचेको अक्सिजन जिल्ला बाहिर निर्यात गर्न सकिने बताइएको छ । अक्सिजन प्लान्ट जडानसँगै रोल्पाको स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थपिएको मुख्यमन्त्री केसीले बताए । ‘अब अक्सिजनको अभावमा रोल्पालीले ज्यान गुमाउन पर्ने छैन,’ मुख्यमन्त्री केसीले भने । 

Vianet communication

जिल्लाको स्वास्थ्य सेवाका लागि प्रदेश सरकारले उपलब्ध गराएका दरबन्दीलाई निरन्तरता दिइने मुख्यमन्त्री केसीको भनाइ छ । स्वास्थ्य सेवामा पछाडि परेको रोल्पामा अन्य सेवा पनि निरन्तर थप गर्न पहल गर्ने उनले बताए ।

मुख्यमन्त्री केसीले शुक्रवारै सीता महरा स्मृति पार्कको समेत उद्घाटन गरे । पूर्व सभामुख कृष्णबहादुर महराको पत्नी सीताको स्मृतिमा रोल्पा नगरपालिका–१ मेवाङमा पार्क बनाइएको छ । 

पार्क उद्घाटन कार्यक्रममा मुख्यमन्त्री केसीले सीताले बालबच्चा बोकेर जनयुद्धमा सहभागी भएको स्मरण गरे । तत्कालीन राज्यसत्ताले घरमा बस्न नदिएपछि महराको सपरिवार जनयुद्धमा सहभागी भएको थियो । सीता महराको अघिल्लो वर्ष निधन भएको थियो ।

सीता महरा स्मृति फाउन्डेशनद्वारा आयोजित पार्क उद्घाटन कार्यक्रमको सभापतित्व सीताका पति समेत रहेका पूर्व सभामुख महराले गरेका थिए । पार्क संघीय सरकारको ३० लाख रुपैयाँ बजेटमा निर्माण गरिएको हो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x