×

NMB BANK
NIC ASIA

एमाले महाधिवेशन : केन्द्रीय सदस्य बन्न लुम्बिनीबाट नयाँ आकांक्षी धेरै, कुन जिल्लाबाट को–को ?

मंसिर १, २०७८

NTC
Premier Steels

नेकपा एमालेको नवौं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा ३ मतले पराजित भएकी बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्यले यसपटक केन्द्रीय सदस्य बन्ने इच्छा राखेकी छन् । 

Muktinath Bank

तर अहिले एमाले महाधिवेशनमा प्यानल गत प्रतिस्पर्धा नहुने भएकाले आचार्यले खुलेर आफू केन्द्रीय सदस्यको उम्मेदवार हुँ भन्न सकेकी छैनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केन्द्रीय सदस्यमा निर्वाचन हुने अवस्था आए व्यक्तिगत रूपमा उम्मेदवारी दिने महिला नेत्री आचार्यको सोच छ । 


Advertisment
Nabil box
Kumari

पार्टीको प्रदेश कमिटी सदस्य तथा जिफन्ट महिला कमिटीकी पूर्व अध्यक्ष समेत भएकी आचार्यलाई नेतृत्व गर्न सक्ने महिला नेत्रीको रूपमा लिइन्छ । उनी भन्छिन्, ‘पार्टीको नेतृत्वले जिम्मेवारी दिए पूरा गर्न सक्छु । विद्यार्थी, मजदुर, पार्टीको फाँट सबैमा काम गरेको अनुभव छ ।’  

Vianet communication

एमाले रूपन्देही अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ, प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल, प्रदेश सांसद तुलसी चौधरी, नेताद्वय बलबहादुर आचार्य, सावित्रा अर्याल रूपन्देहीबाट केन्द्रीय सदस्यका नयाँ आकांक्षी हुन् । सुवेदी पार्टीमा राम्रो काम गरेको नेता मानिन्छन् । 

एमाले उपमहासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल, अर्का उपमहासचिव घनश्याम भुसाल, छविलाल विश्वकर्माको गृहजिल्ला हो रूपन्देही । आकांक्षी धेरै भएपछि उनीहरूलाई व्यवस्थापन गर्न शीर्ष नेताहरूलाई सकस पर्ने देखिन्छ । अहिले पार्टी महाधिवेशनले रूपन्देहीका एमाले नेता कार्यकर्तालाई छोएको छ ।

प्रतिनिधिसभा सदस्य तथा दाङकी एमाले नेत्री गंगा चौधरी केन्द्रीय सदस्य बन्ने तयारीमा छिन् । उनी दाङबाटै २५ जना महाधिवेशन प्रतिनिधिमध्ये एक हुन् । चौधरीले आफू महाधिवेशनबाट केन्द्रीय सदस्य बन्न सक्षम भएको दाबी गरिन् ।

‘भए खुला नभए समावेशी (थारू) कोटाबाट भए पनि केन्द्रीय सदस्य बन्ने हो । हेरौं पार्टीका अध्यक्षसहित नेताहरूले के भन्नुहुन्छ ?’ चौधरीले लोकान्तरसँग भनिन् ।

दाङबाट पनि अहिले केन्द्रीय सदस्य बन्न आधा दर्जन नयाँ आकांक्षी छन् । जिल्ला अध्यक्ष टीकाराम खड्का, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, प्रदेश सांसद सरस्वती गौतम, रेवतीरमण शर्मा घिमिरे, घोराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरी, लमही नगरपालिकाका मेयर कूलबहादुर खत्री आकांक्षी रहेका दाङका एमाले नेताहरू बताउँछन् ।

लुम्बिनीमा वडा, पालिका अधिवेशनबाट अधिकांश प्रतिनिधि सर्वसम्मत छनोट भएका छन् । एमाले महाधिवेशनले २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।

एमाले कपिलवस्तुका पुराना नेता तथा संविधानसभा सदस्य (२०६४) बलराम अधिकारीले पनि केन्द्रीय सदस्य बन्ने इच्छा जाहेर गरेका छन् । २०५५ देखि २०७२ सालसम्म एमाले कपिलवस्तु अध्यक्ष भएर पार्टी हाँकेका अधिकारी आफूलाई नेतृत्वले सर्वसम्मत केन्द्रीय सदस्य बनाउनेमा ढुक्क छन् । नेतृत्व चयनका लागि निर्वाचन हुने अवस्था आए उम्मेदवारी दिने उनले बताए । 

‘केन्द्रमा पनि वडा, पालिका र प्रतिनिधि छनोटमा जस्तै सर्वसम्मत बनाउने कुरा छ,’ अधिकारीले भने, ‘यस पटक गुटगत प्रतिस्पर्धा हुँदैन । सहमति हुन नसके प्रतिस्पर्धामा भाग लिने चाहिँ हो । निरन्तर पार्टी अध्यक्ष केपी शर्मा ओलीज्यूलाई साथ दिएँ । अब मलाई ओलीले साथ दिनुहुन्छ ।’ 

कपिलवस्तुबाट संविधानसभा सदस्यद्वय विश्रामप्रसाद थारू, शान्ति देवी चमार, प्रदेशसभा सदस्य विष्णु पन्थी पनि केन्द्रीय सदस्यमा जाने तीब्र इच्छामा छन् । पन्थी पनि नवौं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका थिए । उनीहरूलाई महाधिवेशनको सरगर्मी लागेको छ ।

पश्चिम नवलपरासीबाट पनि केन्द्रीय सदस्यका आकांक्षी बढेका छन् । एमाले पश्चिम नवलपरासीका उपसचिव राजन आचार्यका अनुसार जिल्ला अध्यक्ष तुलसी पासी, केन्द्रीय स्कूल विभागका सदस्य बद्रीनाथ खनाल, अनेमसंघका केन्द्रीय सचिवालय सदस्य बिमला अर्याल लगायत नेताहरू केन्द्रीय कमिटीमा पुग्ने चाहनाका साथ कार्यकतासँग आन्तरिक रूपमा आफूलाई परिचित गराउँदै गएका छन् । 

महाधिवेशन प्रतिनिधि टुंगो लगाएर नेतृत्व चयन, व्यवस्थापन र छलफलमा जिल्लाका नेता–कार्यकताहरू जुटेका छन् । गुल्मीमा केन्द्रीय सदस्यका नयाँ आकांक्षी देखिएका छन् । माओवादीबाट प्रदेशसभा सदस्य निर्वाचित भएर एमाले प्रवेश गरेका दिनेश पन्थी केन्द्रीय कमिटीमा जान इच्छुक छन् । पन्थी एमाले प्रवेश गरेसम्म उनको सांसद पद समेत गुमेको थियो । एमालेका २ प्रभावशाली नेता सचिवद्वय प्रदीप ज्ञवाली र गोकर्ण विष्टको गृहजिल्ला हो गुल्मी । 

प्यूठानका प्रदेश सांसद हरि रिजाल, बाँकेका कविराम थारू, रुकुम पूर्वबाट आशा स्वर्णकार लगायतका नेता केन्द्रमा जान इच्छुक छन् ।

लुम्बिनी प्रदेश एमालेको आधार इलाका पनि मानिन्छ भने एमालेको १५ सदस्यीय पदाधिकारीमा लुम्बिनी प्रदेशका धेरै नेताहरू पर्नेछन् । महाधिवेशनमा सहभागी हुन लुम्बिनी प्रदेशबाट २०८ प्रतिनिधि छनोट भइसकेका छन् । यसपटक प्रतिनिधि छनोटमा पश्चिम नवलपरासी र रुपन्देही क्षेत्र नम्बर १ बाहेक लुम्बिनी प्रदेशका सबै ठाउँमा सर्वसम्मत महाधिवेशन प्रतिनिधि छनोट भएका छन् । 

मंसिर १० गतेदेखि चितवनमा हुने महाधिवेशनका लागि लुम्बिनीबाट २ लाखभन्दा बढी कार्यकर्ता उतार्ने तयारी जिल्ला–जिल्लामा एमालेले गरिरहेको छ । एमाले विभाजनले लुम्बिनी प्रदेशमा खासै असर पुगेको देखिँदैन । कपिलवस्तुका बेदुराम भुसाल, पाल्पाका सोमप्रसाद पाण्डे, दाङका मेटमणि चौधरी र गुल्मीकी रामकुमारी झाँक्रीबाहेक अन्य नेताहरूले एमाले छाडेका छैनन् । जनप्रतिनिधिहरूले पनि नेकपा समाजवादीलाई खासै रोजेनन् । बरू नेकपा विभाजन भएपछि माओवादीका प्रभावशाली नेताहरू अर्घाखाँचीका टोपबहादुर रायमाझी, प्यूठानमा मणि थापा एमालेमा लागेपछि प्रदेशमा एमाले आफूलाई झनै बलियो महसूस गरिरहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x