×

सरसर्ती २४ घण्टा

प्यानल बनाउन देउवा र पौडेल पक्ष सक्रिय

मंसिर २२, २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशन शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशनबाट नेतृत्व हत्याउन काँग्रेसमा संस्थापन र इतर समूह अनेक रणनीति बन्नका लागि प्यानल बनाउन सक्रिय छन् ।
यही क्रममा सभापति शेरबहादुर देउवाले महाधिवेशनमा आफ्नो प्यानलबाट पदाधिकारीमा लड्ने उम्मेदवारको नाम टुंगो लगाउन बैठक बोलाएका छन् । देउवाले बुधबार बिहानका लागि बैठक बोलाएको सहमहामन्त्री प्रकाशशरण महतले बताए ।

बुधबारको बैठकमा आकांक्षीहरुमध्येबाट उपसभापति, महामन्त्री र सहमहामन्त्री पदमा उम्मेदवारको टुंगो लगाउने बताइएको छ । सभापतिमा देउवाले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् ।
काँग्रेसको महाधिवेशन मंसिर २४ देखि सुरु हुने भएपछि देउवाले आफ्नो प्यानललाई अन्तिम रुप दिन थालेका हुन् ।


Advertisment

यसैबीच संस्थापन इतर समूहले भने हालसम्म सभापतिको साझा उम्मेदवार समेत तय गर्न सकेको छैन । इतर समूहले बुधबार साँझसम्म साझा उम्मेदवार तय गरिने दावी गरेको छ भने त्यसका लागि सहमतिको वातावरण बन्दै गएको नेताहरुको भनाइ छ । यहीबीचमा इतर समूहले प्यानलाई पनि अन्तिम रुप दिनेछ ।


Advertisment

 यस्तै सभापतिमा विमलेन्द्र निधिले पनि उम्मेदवारी दिएका छन् । काँग्रेस महाधिवेशनमा नेताहरुको दौडधुपसहितको प्रमुख समाचारसहित लोकान्तर डटकमको नियमित प्रस्तुती ‘लोकान्तर राउण्ड अप’ मा स्वागत छ । बितेको २४ घण्टाका भएका अन्य प्रमुख घटनाक्रम यसप्रकार छन्–
००००
१४ औं महाधिवेशनमा कांग्रेस सभापतिमा उठ्ने बताउँदै आएका नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइराला नेतृत्वको प्रतिस्पर्धाबाट पछि हट्न तयार भएका छन् । संस्थापन इतर समूहबाट साझा उम्मेदवार तय गर्न आफू बाधक नबन्ने कोइरालाले बताएका हुन् ।
कांग्रेस केन्द्रीय सदस्य प्रकाशमान सिंहको चाक्सीवारीस्थित निवासमा मंगलवार दिउँसो भएको छलफलमा शशांकले सभापतिका लागि आफू बलियो उम्मेदवार भएपनि सहमतिका लागि पछि हट्ने बताएका हुन् ।
००००
ललितपुरस्थित एक सहकारीको लेटरप्याडका आधारमा विदेश जान लागेका ७६ यात्रुलाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइदिएको छ । उनीहरु विदेश जानुको उद्देश्यप्रति शङ्का देखिएपछि फर्काइएको विमानस्थलका प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाहीले जानकारी दिए ।
००००
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ विरुद्धको खोप पर्याप्त रहेकाले खोप अभियानलाई तीव्रता दिने बताएका छन् ।
मंगलवार त्रिशूली अस्पतालको नवनिर्मित भवनको उद्घाटनपछि आयोजित कार्यक्रममा मन्त्री खतिवडाले कुनै पनि संकोच नमानी कोरोना भाइरस विरुद्धको खोप लगाउन नागरिकलाई आग्रह गरे । उनले दुई मात्रा खोप लगाइसकेकालाई बुस्टर डोज दिनेबारे छलफल भइरहेको पनि बताए ।
००००
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले समाप्त पारेर केपी शर्मा ओलीले नारायणी नदीमा तिलाञ्जली दिएको बताएका छन् ।
सुनसरीको इटहरी उपमहानगरपालिकामा मंगलवार पार्टीको १ नम्बर प्रदेश स्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले ओलीवादले एमाले समाप्त भइसकेकाले पार्टीभित्र रहेका नेता कार्यकर्ताको कन्तबिजोग हुने दिन छिट्टै आउने बताए ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायालय सुधार्ने विषयमा आफ्नो कुनै आपत्ति नरहेको बताएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाअभियोग लगाउन माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएशनको टोली मंगलवार बालकोटस्थित ओली निवास पुगेपछि उनले यस्तो बताएका हुन् । जबरालाई महाभियोग लगाउन आग्रह गर्दै बारको टोली ओली निवास पुगेको थियो ।
००००
नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडल नेतृत्वको संस्थापनइतर समूहबाट सभापतिको साझा उम्मेदवार तय गर्न दबाब दिँदै चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको घरमा कांग्रेसका युवा नेताहरूले प्रदर्शन गरेका छन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार बनाउने सम्बन्धमा संस्थापनइतर समूह नेता सिंहको घरमा बैठक बसिरहेको समयमा मंगलवार आधा दर्जन बढीको संख्यामा भेला भएका युवा नेताहरूले साझा उम्मेदवारको विकल्प नभएको भन्दै प्रदर्शन गरेका हुन् ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले केन्द्रीय नेतृत्वको निर्वाचनमा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्र शाहको नांगो हस्तक्षेप भएको भन्दै भत्र्सना गरेका छन् ।
एक विज्ञप्ति जारी गर्दै थापाले २०७४ मा पार्टी फुटाउन र तथाकथित भजन मण्डली खडा गरेर पार्टी नेतृत्वको चरित्र हत्या गर्ने र राप्रपाबारे भ्रम सिर्जना गर्नेरगराउने काम निर्मल निवासबाट बारम्बार हुँदै आएको आरोप लगाएका हुन् ।
००००
पछिल्लो २४ घण्टामा ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८१० नमूना परीक्षणमध्ये २७२ पीसीआर र ४३ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
००००
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन तालिका सार्वजनिक गरेको छ । आयोगले आगामी पुस २० गते राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दर्ता गर्नुपर्ने गरी कार्यतालिका बनाएको हो ।
आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पुस २० गते उम्मेदवारी दर्ता गर्नुपर्ने आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x