×

NMB BANK
NIC ASIA

विराटनगर विमानस्थलको स्तरोन्नति हुन्छ- मन्त्री आले

मंसिर २४, २०७८

NTC
Premier Steels

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले विराटनगर विमानस्थलको स्तरोन्नति गर्ने बताएका छन् । 

Muktinath Bank

विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्न भन्दै तीन वटै तहका सरकारबीच सम्झौता भएको डेढ वर्ष बितिसक्दासमेत निर्माणको काम शुरू नभइरहेका बेला मन्त्री आलेले यस्तो आश्वासन दिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७७ भदौ २० गते विराटनगर महानगरपालिकाका तर्फबाट प्रमुख कार्यकारी इन्द्रमणि पोखरेल, प्रदेश सरकारका तर्फबाट उद्योग, वन, वातावरण मन्त्रालयका सचिव मेघनाथ काफ्ले र नागरिक उड्यन प्राधिकरणका तर्फबाट महानिर्देशक राजन पोखरेलले विमानस्थल स्तरोन्नति गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । 


Advertisment
Nabil box
Kumari

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई, १ नम्बर प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री शेरधन राई तथा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको उपस्थितिमा पत्रमा हस्ताक्षर गरिएको थियो ।

Vianet communication

विमानस्थलको धावनमार्गको लम्बाइ ३ हजार मिटरसम्म विस्तार गर्ने सम्झौतामा उल्लेख छ । जग्गा अधिग्रहणमा हुने खर्चको ५०/५० प्रतिशत साझेदारी गर्ने गरी सम्झौता गरिएको थियो । 

संघीय सरकारले ५० प्रतिशत तथा प्रदेश र स्थानीय सरकारले ५० प्रतिशत खर्चको व्यवस्थापन गर्ने गरी सम्झौता भएको थियो ।

जसअन्तर्गत प्रदेश सरकारले ४० प्रतिशत, विराटनगर महानगरपालिकाले १० प्रतिशत र नेपाल नागरिक उड्डयन प्राधिकरणले ५० प्रतिशत लागत साझेदारी गर्ने गरी सम्झौता भएको वर्ष दिन भएको छ तर त्यसको प्रगति भने शून्य छ ।

सरकारले १२६ दशमलव ४६ बिघा जमिन अधिग्रहण गर्न जग्गा रोक्का समेत गरिसकेको छ । जग्गा रोक्का गरिए पनि मुआब्जा दिने विषय अगाडि बढेको छैन । 

मुआब्जा दिने रकमको जोहो नै नगरी सरकारले जग्गा रोक्का गरिदिएपछि पीडितहरूले आन्दोलन गरिरहेका छन् । 

विराटनगर विमास्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री आलेले स्तरोन्नति गर्ने कामको समाचार केही दिनभित्रमै सुन्न पाउने समेत दाबी गरे । उनले सोमवार बस्ने मन्त्रिपरिषद्को बैठकले बजेट छुट्याउने बताएका छन् । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विराटनगर, धनगढी र निजगढको कामका लागि बजेटको व्यवस्थापन गर्ने भनेकाले बजेटको व्यवस्थापन गर्ने उनले बताए ।

यस्तै मन्त्री आलेले विराटनगर विमानस्थलको शौचालयको अनुगमन गरेका छन् । 

शौचालय अनुगमन गर्दै उनले सफा राख्न निर्देशन दिएका छन् । उनले फोहोर देखेपछि कर्मचारीहरूसँग रिसाउँदै कार्यालयको सौन्दर्यता बढाउनसमेत निर्देशन दिएका थिए ।  

त्यसै गरी उनले विराटनगर विमानस्थलमा ‘कनभियर बेल्ट’ बनाउने आश्वासन पनि दिएका छन् । प्रदेशको राजधानीमा रहेको विमानस्थल व्यस्त हुने गरेको र यात्रुहरूका झोलालगायतका अन्य सामग्री दिँदा विभिन्न झन्झट व्यहोर्नुपरेको गुनासो कर्मचारीले गरेका थिए । 

यसका लागि लागत ‘स्टिमेट’ गरेर मन्त्रालय पठाउनसमेत मन्त्री आलेले कर्मचारीलाई निर्देशन दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x