×

कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशन

कांग्रेस महाधिवेशनः अब सबैको ध्यान महामन्त्रीको मतगणनामा

मंसिर २९, २०७८

नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत सभापति बाहेकका पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना बुधवारबाट शुरू हुँदैछ ।

सभापतिका लागि मंगलवार भएको मतगणनाको नजिता मध्यरातमा सकिएलगत्तै अब पदाधिकारीको मतगणना शुरू हुन लागेको हो । 


Advertisment

पदाधिकारीमध्ये पनि महामन्त्रीको मतगणनालाई सर्वाधिक चासोका साथ हेरिएको छ ।


Advertisment

महामन्त्रीका लागि चर्चित युवा नेता गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल तथा रक्षामन्त्री डा. मीनेन्द्र रिजाल र सह–महामन्त्री डा. प्रकाशशरण महत प्रतिस्पर्धामा छन् । सभापतिको पहिलो राउन्डबाट बाहिरिएका विमलेन्द्र निधिको तर्फबाट डा. राजाराम कार्कीले पनि महामन्त्रीमा उम्मेदवारी दिएका छन् । 

सभापतिमा संस्थापन पक्षका शेरबहादुर देउवा विजयी भएका छन् । तर संस्थापन इतरका नेता डा. शेखर कोइरालाले पनि राम्रो मत पाए । महामन्त्रीमा संस्थापन इतर समूहका गगन थापा बलियो उम्मेदवार हुन् । देउवाले समेत गगनलाई आफ्नो प्यानलबाट उम्मेदवार बनाउन प्रयास गरेका थिए । 

सभापतिका सबै उम्मेदवारको तानातानमा परेका गगन थापा विजयी हुने महाधिवेशन प्रतिनिधिको आकलन छ । स्वयं गगनले पनि कतिपय प्रतिनिधिले ‘अन्य पदमा जता भोट हाले पनि एउटा भोट तपाईंलाई दिन्छौं’ भनेको लोकान्तरसँग बताएका थिए । 

दुईजना महामन्त्री निर्वाचित हुनेमा विश्वप्रकाश शर्मा, महत र पौडेलबीच पनि तीब्र प्रतिष्पर्धा हुने आकलन गरिएको छ । संस्थापन पक्षभित्रको एउटा गुटले महामन्त्रीमा महतलाई मात्र मतदान गरेको कृष्णप्रसाद सिटौला समूहको आशंका छ । 

राजनीतिक सहकार्य भविष्यमा पनि गर्नुपर्ने भन्दै सिटौला समूहले महामन्त्रीमा दुवै ठाउँमा मत हाल्न निर्देशन दिएको थियो । महतको पक्षमा एकछापे भोट परेकाले महामन्त्रीमा तीव्र प्रतिष्पर्धा हुने सिटौला समूहको आकलन छ । 

महामन्त्रीमा पौडेललाई उम्मेदवार बनाइएकोमा रुष्ट बनेका देउवा समूहका केही नेताले पौडेललाई भोट नहालेको सिटौला समूहको दाबी छ ।

विगतमा संस्थापन समूहकै भनिने र अहिले प्रकाशमान सिंह समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएका विश्वप्रकाशले पनि राम्रै भोट पाउने आकलन गरिएको छ । 

उपसभापतिमा पनि संस्थापन पक्षबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का तथा संस्थापन इतर समूहबाट चन्द्र भण्डारी र धनराज गुरुङबीचको प्रतिस्पर्धालाई पनि रोचक ढंगले हेरिएको छ ।

८ सहमहामन्त्रीमा पनि तीव्र प्रतिष्पर्धा हुने आकलन गरिएको छ । 

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x