×

रक्तचन्दनको तेलको निकाल्न हम्मेहम्मे

रक्तचन्दनको काठ पेलेर तेल निकाल्न वन कार्यालयलाई ‘महाभारत’ !

पुस ९, २०७८

प्रहरीले रक्तचन्दनको तेल भन्दै बरामद गरेको तरल पदार्थको वास्तविकता पुष्टि गर्न डिभिजन वन कार्यालय काठमाडौंलाई हम्मेहम्मे परेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाले २ पटक गरेर ७७ लिटर ‘रक्तचन्दनको तेल’ भनिएको तरल पदार्थ वन कार्यालयलाई बुझाएको थियो ।


Advertisment

वन कार्यालयका प्रवक्ता सहायक वन अधिकृत शिवराम थापाका अनुसार रक्तचन्दनको तेल कसरी निकालिन्छ भन्ने परीक्षण भइरहेको छ । 


Advertisment

कार्यालयले रक्तचन्दनको काठलाई बफ्याएर त्यसबाट तरल पदार्थ निकाल्ने प्रयास गर्न लागेको छ ।

‘हामीले रक्तचन्दनको काठबाट तेल कसरी निकालिन्छ भन्ने परीक्षण गर्न लागेका छौं,’ प्रवक्ता थापाले लोकान्तरसँग भने, ‘यदि निक्लेको खण्डमा त्यो पुष्टि हुन्छ ।’

काठबाट तेल निस्केको खण्डमा र बरामद भएको तरल पदार्थसँग मेल खाएमा मात्र त्यसको पुष्टि हुनेछ ।

तर, यसरी गरिने परीक्षणमा पनि शंका रहने वन कार्यालयकै एक अधिकृत बताउँछन् ।

‘हामीसँग परीक्षण गर्ने कुने मशिन छैन । काठबाट तेल कसरी निस्कन्छ र, त्यो त झारा टार्ने बाटो मात्रै हो,’ ती अधिकृतले लोकान्तरसँग भने, ‘त्यसरी परीक्षण गर्दाको विश्वशनीयता कति हुन्छ भन्ने अदालतले प्रश्न उठाउने ठाउँ  हुन्छ, मुद्दा कमजोर हुन्छ ।’

तेल भनिएको वस्तु रक्तचन्दनको सुगन्ध आउने केमिकल पनि  हुन सक्ने भएकाले त्यसलाई मेसिनविना प्रमाणित गर्न खोज्नु कमजोरी भएको उनको भनाइ छ । 

महानगरीय प्रहरी अपराध महाशाखाले कात्तिक ८ गते बूढानीलकण्ठ नगरपालिका– ५ बाट ४४ लिटर रक्तचन्दनको तेल भनिएको तरल पदार्थसहित २ जनालाई पक्राउ गरेको थियो । 

पक्राउ पर्नेमा रामेछाप उमाकुण्ड गाउँपालिका–४ का २७ वर्षीय रामबहादुर खत्री र कास्कीको पोखरा लेखनाथ महारपालिका– १० स्थायी ठेगाना भई बूढानीलकण्ठ नगरपालिका– ५ बस्ने ४० वर्षका गंगाबहादुर पुन थिए । 

उक्त तरल पदार्थ भारतबाट नेपालगञ्जको सीमा नाका हुँदै काठमाडौं र काठमाडैंबाट चीन तस्करी हुन लागेको अनुसन्धानमा खुलेको अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइरालले बताए ।

प्रहरीले कात्तिक ९ गते काठमाडौंको तिलगंगा आँखा अस्पतालपछाडि प्रतिलिटर ५ लाखका दरले बिक्री हुँदै गर्दा ३३ लिटर रक्तचन्दनको तेलसहित थप १० जनालाई पक्राउ गरेको थियो । 

त्यतिबेला सिन्धुली हरिहरपुर गाउँपालिका–४ का ५० वर्षीय हेमकुमार श्रेष्ठ, मकवानपुर गढी गाउँपालिका–१ का ३९ वर्षीय मंगल सिंह लो, काठमाडौं टोखा नगरपालिका– ४ का ३७ वर्षीय इक्रम श्रेष्ठ, काभ्रे बनेपा नगरपालिका–४ का ३१ वर्षीय कार्साङ्ग लामा, खोटाङ हलेसी नगरपालिका–६ का २३ वर्षीय घनश्याम आलेमगर, काठमाडौं महानगरपालिका–८ का ५१ वर्षीय मदन पोडे, खोटाङ हलेसी नगरपालिका– ९ का २० वर्षीय जीवन थापा, तनहुँ भानू नगरपालिका–६ का २५ वर्षीय सुदीप थडराई, काठमाडौं १३ छाउनीका ५१ वर्षीय अनुपकुमार श्रेष्ठ र ५३ वर्षीय अनिलचरण श्रेष्ठलाई पक्राउ परेका थिए ।

उनीहरूले पनि भारतीय सीमा नाका हुँदै नेपाल ल्याएर चीनतर्फ तस्करी गर्न लागेको बयान दिएका थिए । 

अपराध महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाका अनुसार ठगी गर्ने उद्देश्यले किनबेच भएको हुनसक्ने आशंका पनि छ ।

‘हामीले रक्तचन्दनको तेल हो भनेर महंगोमा किनबेच हुन लागेको थाहा पाएपछि पक्राउ गरेका हौं,’ एसपी कोइरालाले लोकान्तरसँग भने, ‘उनीहरूले यसलाई ठगी गर्ने उद्देश्यले किनबेच गर्न लागेको पनि हुनसक्ने देखिन्छ ।’

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार चीनमा अत्तर (पर्फ्युम) बनाउन प्रयोग हुने भएकाले भारतबाट चीनतर्फ रक्तचन्दन तस्करी हुने गरेको छ ।

‘तस्करी गर्नेको भनाइलाई मान्ने हो भने चीनमा तेलको महँगो पर्फ्युम बन्ने गरेको छ । भारतमा सस्तोमा रक्तचन्दन पाइने भएकाले त्यहाँबाट नेपालको बाटो हुँदै चीनतर्फ तस्करी हुने गरेको छ,’ ती अधिकारीले लोकान्तरसँग भने । 

यसभन्दा अगाडि नेपालबाट भारततर्फ र भारतबाट नेपालतर्फ रक्तचन्दनको काठ र धूलो तस्करी हुने गरेको थियो । नेपालमा रक्तचन्दनको तेल भनिएको तरल पदार्थ बरामद भएको भने पहिलोपटक हो ।

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x