×

सरसर्ती २४ घण्टा

महाधिवेशनबाट माओवादीले पदाधिकारी नछान्ने संकेत, राष्ट्रिय सभा चुनावका लागि १२ दल दर्ता

पुस ११, २०७८

आइतबारदेखि माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन (राष्ट्रिय महाधिवेशन) सुरु हुँदैछ । राजधानीको प्रज्ञा भवन कमलादीमा पार्टी अध्यक्ष प्रचण्डले दिउँसो १ बजे राष्ट्रिय सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ । माओवादीले यसअघि राष्ट्रिय सम्मेलन भनेपनि शनिबार बसेको स्थायी समिति बैठकले एकाएक राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको छ भने आइतबार बस्ने केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गरिँदैछ ।

माओवादीको राष्ट्रिय सम्मेलन विभिन्न डकुमेन्ट पारित गर्दै नयाँ नेतृत्व चयन गरेर सकिँदैछ । पार्टी अध्यक्षका लागि प्रचण्डलाई टक्कर दिने नेताअरु केही ननिस्किेकाले उनी फेरि सर्वसम्मत नेतृत्वमा चयन हुनेछ । त्यसपछिका पदमा आकांक्षी धेरै रहेकाले मिलाउन पार्टी नेतृत्वलाई सकस देखिएको छ । माओवादी स्रोतका अनुसार नेताहरुको व्यवस्थापनमा समस्या भएकाले महाधिवेशन हलबाटै सबै पदाधिकारीको टुंगो लगाउने सम्भावना कम छ भने पार्टीभित्र अहिलेलाई अध्यक्षमात्रै छानेर पदाधिकारीको टुंगो पछि लगाउने गरी छलफल भएको छ ।
नेताहरुका अनुसार प्रचण्डले नै अहिले पदाधिकारी चयन गर्न अनिच्छा देखाएका छन् । आफूहरु अरु बुर्जुवा पार्टी जस्तो पद र नेतृत्वका लागि भन्दा पनि विचारको बहसमा केन्द्रीत हुने प्रचण्डले बताउँदै आएका छन् ।  
००००
माओवादीको महाधिवेशनमा  नियमित प्रक्रियाबाट कूल एक हजार ४८३ जना प्रतिनिधि चयन भएका छन् भने त्यसको कूल १० प्रतिशत मनोनयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको छ । तर १० प्रतिशत मनोनयनमा आकांक्षी धेरै देखिएका छन् । यसैबीच माओवादी केन्द्रीय कार्यालयका अनुसार आयोजक समितिबाट १७९ सहभागी हुनेछन् । यस्तै सल्लाहकारबाट १४९, जेष्ठ कम्युनिस्ट मञ्चबाट १२५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधिबाट ८०३ जना राष्ट्रिय सम्मेलनमा प्रतिनिधि चयन भएका छन् ।
००००
चीनमा स्वास्थ्य उपचार गराइरहेका नेता वर्षमान पुन राष्ट्रिय सम्मेलनमा सहभागी नहुने भएका छन् । महासचिवका दावेदार रहेका उनको स्वास्थ्यमा सुधार नआएपछि चीनमै रोकिएका हुन् ।
००००
राष्ट्रिय सभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनमा १२ राजनीतिक दलले भाग लिने भएका छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रयोजनका लागि १२ राजनीतिक दल दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिए ।


Advertisment

उक्त निर्वाचनमा ९ राजनीतिक दलले सबै प्रदेशमा र तीन राजनीतिक दलले कुनै प्रदेश विशेषमा मात्र भाग लिने गरी दल दर्ता गराएका हुन् ।आयोगका अनुसार, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी,  राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल परिवार दलले सबै प्रदेशमा भाग लिने छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश २ र सुदूरपश्चिम प्रदेश, नेपाल मजदुर किसान पार्टीले बागमती र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले प्रदेश २ मा मात्र भाग लिने जानकारी दिइएको छ ।
००००
१४औं महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिको पहिलो बैठकले चार वटा निर्णय गरेको छ ।  पार्टीको केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय समितिको बैठकले कांग्रेसको महाधिवेशनमा शुभेच्छा प्रकट गर्ने आउने विभिन्न राजनीतिक दलका नेताहरू, महाधिवेशन सम्पन्न गर्न पार्टीको विभिन्न तहमा रहेर काम गरेका केन्द्रीय निर्वाचन समिति, सञ्चारमाध्यामलगायतलाई धन्यवाद दिने निर्णय गरेको महामन्त्री गगन थापाले बताए ।
त्यसैगरी राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसका उम्मेदवारहरुको लागि पार्टीका सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने निर्णय पनि बैठकले गरेको थापाले बताए । यसैबीच कांग्रेसको केन्द्रीय कार्यसमितिमा शेखर कोइरालाको वरीयता २० औं नम्बरमा परेको छ ।
पार्टीका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले शनिबार कांग्रेस केन्द्रीय  सदस्यको वरीयता निर्धारण गरेका हुन् ।


Advertisment

दल दर्ताका लागि निर्वाचन आयोगमा सबै विवरण बुझाउने, अध्यावधिक गर्ने कामको जिम्मेवारी पार्टीको तर्फबाट मुख्यसचिव कृष्णप्रसाद पौडेललाई दिने निर्णय पनि कांग्रेसको केन्द्रीय समिति बैठकले गरेको छ ।
००००
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेबाहेक देशमा कुनै वामपन्थी दल नभएको दावी गरेका छन् । नेकपा एमाले झापाले शनिबार बिर्तामोडमा आयोजना गरेको १० औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान कार्यक्रममा उहाँले वामपन्थी सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउने वामपन्थी हुन नसक्ने दाबी गरेका हुन् ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले प्रतिनिधि सभाको तेस्रो विघटन गराउन खोजेको आरोप लगाएका छन् ।
प्रमुख प्रतिपक्षी दलले सदनभित्र विचित्रको जात्रा देखाएको प्रचण्डले टिप्पणी गरे । शनिवार राजधानीमा सम्पादकहरूसँगको भेटमा प्रचण्डले निर्वाचन आयोगले मान्यता दिइसकेको विषयलाई लिएर निरन्तर संसद अवरुद्ध गरेर एमालेले तेस्रो पटक प्रतिनिधि सभाको विघटन गराउने खोजेको आरोप लगाएका हुन् ।
००००
पछिल्लो २४ घण्टामा १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४४७ नमूना परीक्षणमध्ये १५७ पीसीआर र १० जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x