०६ असार २०८३, शनिबार

चालू पूँजी कर्जामा राष्ट्र बैंकको कडाइ

पुस १२, २०७८
चालू पूँजी कर्जामा राष्ट्र बैंकको कडाइ

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने रू कर्जालाई कडाइ गर्ने उद्देश्यसहित मार्गदर्शन बनाएको छ । राष्ट्र बैंकले आइतवार रू कर्जासम्बन्धी मार्गदर्शन २०७८ को मस्यौदा सार्वजनिक गर्दै आवश्यक रायसुझाव दिन सरोकारवाला आग्रह पनि गरेको छ ।

विशेषगरी चालू पूँजी कर्जालाई नियन्त्रण तथा व्यवस्थित गर्ने उद्देश्यसहित उक्त मार्गदर्शन लागू गर्न लागिएको हो । बैंकहरूले यस्तो प्रकारको कर्जा आफूखुशी प्रवाह गर्दै आएका छन् । साथै, पछिल्लो समय यस्तो कर्जा प्रवाह उल्लेख्य रूपमा बढ्दै गएको छ । फलस्वरूप यसलाई आवश्यक नियन्त्रण गर्न देखिएपछि मागदर्शन नै जारी गर्न लागिएको हो ।

राष्ट्र बैंकका प्रवक्ता डा. गुणकर भट्टले चालू पूँजी कर्जालाई व्यवस्थीत गर्ने गरी मार्गदर्शन बनाएको बताए । ‘बैंकहरूले आफ्नै ढंगले चालू पूँजी कर्जा प्रवाह गर्दै आएका छन् । जुन कर्जा अत्यधिक मात्रामा प्रवाह हुँदै पनि आएको देखिन्छ,’ उनले भने, ‘त्यो अवस्थामा राष्ट्र बैंकले नै यसलाई आवश्यक नियन्त्रण गर्नुपर्ने देखियो । त्यसैले चालू पूँजी कर्जामा एकरूपता ल्याउने उद्देश्यसहित पनि यस्तो मार्गदर्शन लागू गर्न लागिएको हो ।’ अब सरोकारबाट आएका सुझावहरूको आधारमा मार्गदर्शनको मस्यौदालाई आवश्यक संशोधन गरेर लागू गरिने उनको भनाइ छ ।

विशेषगरी छोटो अवधिका लागि प्रवाह गरिने कर्जा नै चालू पूँजी कर्जा हो । हालसम्म बैंकहरूले आप्mनै ढंगले यस्तो कर्जा प्रवाह गर्दै आएका छन् । यसमा राष्ट्र बैंकको प्रत्यक्ष रूपमा कुनै हस्तक्षेप थिएन । फलस्वरूप यस्तो कर्जामा एकरूपता पनि थिएन । त्यसमाथि यस्तो कर्जाको दुरुपयोग पनि हुने गरेको थियो । अब यस्तो कर्जामा एकरूपता ल्याउने राष्ट्र बैंकको उद्देश्य छ । साथै, यसको सदुपयोग पनि हुने गरी मार्गदर्शन लागू गरिने राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकले चालै पूँजी कर्जा सम्बन्धमा लागू गर्न लागेको यो पहिलो मार्गदर्शन हो ।

यस्तो कर्जाको सीमा निर्धारण तथा अनुगमन प्रक्रिया बैंकहरूपिच्छे नै फरक फरक छ । फलस्वरूप यसमा विविधिता मात्र नभई चालू पूँजी कर्जाका लागि ऋणीको क्षमताको विश्लेषण त्रुटिपूर्ण र कमजोर हुने गरेको छ । त्यसमाथि निरीक्षण तथा सुपरिवेक्षणको क्रममा यस्ता कर्जाको सदुपयोगिता यकिन गर्नसमेत कठिन हुने गरेको बताइन्छ । तसर्थ, चालू पूँजी कर्जाको सीमा निर्धारण तथा अनुगमन कार्यको एकरूपता ल्याउन कर्जाको उपयोगलाई पारदर्शी बनाउनु र सदुपयोगिता यकिन गर्ने उद्देश्य सहित मार्गदर्शनको मस्यौदा बनाइएको राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंकले यसमा रू. १ करोड र १ करोड रुपैयाँभन्दा बढी सीमा हुने गरी यस्तो कर्जा प्रवाह गर्न सकिने प्रस्ताव गरेको छ । १ करोड रुपैयाँभन्दा कम कर्जाको अवधि १ वर्षको मात्रा हुनेछ । १ करोडभन्दा बढी प्रवाह भएको कर्जा भने वार्षिक रूपमा नवीकरण गर्न सकिनेछ ।

मस्यौदाअनुसार रू. १ करोड वा त्यसभन्दा कम रकमको हकमा ऋणीको वार्षिक अनुमानित कारोबारको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र सीमा कायम गर्नुपर्ने प्रस्ताव गरिएको छ । १ करोड भन्दा बढीको सीमा निर्धारण गर्दा ऋणीको चालू पूँजी आवश्यकताको विश्लेषण गर्दा प्रमानेन्ट वर्किङ क्यापिटल निड र टेम्पोरेरी/फ्लोटिङ वर्किङ क्यापिटलको पहिचान गरेर गर्नुपर्नेछ । आर्थिक अभियान दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्