×

NMB BANK
NIC ASIA

यसकारण उत्तम विकल्प बन्न सक्छ भायानेटको 'अल्ट्रा फाई नेट', के छ विशेषता ?

पुस १२, २०७८

NTC
Premier Steels

बढ्दो इन्टरनेटको प्रयोगसँगै नेपालमा पछिल्लो समय इन्टरनेट सेवा प्रदायकहरूको भीड पनि निकै बढेको छ । 

Muktinath Bank

फरक-फरक इन्टरनेट कम्पनीहरूको उदय र त्यसको बढ्दो प्रतिस्पर्धाका बीचमा इन्टरनेटको गति कम हुँदा ग्राहकहरूले हैरानी बेहोर्दै आइरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ग्राहकहरूले इन्टरनेट चलाउँदाका झन्झटहरूलाई मध्यनजर गर्दै केही कम्पनीहरू मात्रै राम्रोसँग अगाडि बढेको देख्न सकिन्छ ।


Advertisment
Nabil box
Kumari

यसैबीच ग्राहकलाई सस्तो र छिटो गतिमा इन्टरनेट दिनका लागि लागिपरेको कम्पनीमध्ये एक हो भायानेट ।

Vianet communication

भायानेटले पछिल्लो समय आफ्नो इन्टरनेटको क्षमता र गतिलाई छिटो, सस्तो र विश्वसनीय बनाउँदै लगेको छ । 

आक्रामक रूपमा इन्टरनेट विस्तार गर्ने क्रममा कम्पनीले विभिन्न ‘स्किम’हरू सार्वजनिक गरिरहेको छ ।

ग्राहकहरूलाई सस्तोमा इन्टरनेट उपलब्ध गराउने उद्देश्यले इन्टरनेटलाई सस्तो र तीव्र गतिको बनाइएको कम्पनीले दाबी गर्दै आएको छ ।

केही समयअघि मात्रै भायानेटले ‘अल्ट्रा–फाई प्लान’ सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको यस नेटमा विभिन्न अफर समेत सार्वजनिक गरेपछि यसमा ग्राहकहरूको ध्यान खिचिएको छ ।

कम्पनीले यस योजनामा इन्टरनेट र टिभी दुवैलाई सस्तोमै उपलब्ध गराएको छ । १७५ एमबीपीएस इन्टरनेटलाई ग्राहकले मज्जाले प्रयोग गर्दा दुईवटासम्म भायाटीभी पाउने बताइएको छ ।

कम्पनीले यस इन्टरनेट प्याक लिने ग्राहकलाई निःशुल्क इन्टरनेट जडान, निःशुल्क पहिलो सेट–टप–बक्स र सबै प्याकेजमा एक हजार रिवार्ड प्वाइन्ट प्रदान गर्ने जनाएको छ । 

अल्ट्रा फाई प्लान खरिद गर्दा ग्राहकलाई भायानेटले डुअल ब्याण्ड राउटर दिन्छ ।

सामान्य दुई वटा मात्रै एन्टेना भएको राउटर प्रयोग गरिरहेका ग्राहकलाई भायानेटले यस योजनाको खरिदमा ४ वटा एन्टेना भएको राउटर दिन्छ ।

जुन राउटरमा २ फरक सिग्नल दिइएको छ, २.४ ब्याण्ड र ५ जी ब्याण्डको ।

यी दुवै रेन्जको वाईफाई प्रयोग गरी हेर्दा २.४ ले दिने स्पीड रेन्ज र ५ जीले दिने स्पीड रेन्ज निकै फरक पाइन्छ । 

५ जीले नजिकका लागि एकदमै तीव्र गतिको नेटवर्क दिन्छ भने स्पीडमा पनि कुनै परिवर्तन हुँदैन ।

कार्यालय प्रयाेजनका लागि वा तपाईंलाई धेरै डिभाइसबाट इन्टरनेट चलाउनुपर्ने छ भने यो इन्टरनेटको छनोट उपयुक्त हुन सक्छ ।

धेरै प्लाटफर्ममा पनि यसको स्पीड उस्तै र राम्रो देखिन्छ ।

भायानेटको अल्ट्रा फाई प्लानको १७५ एमबीपीएस नेटको प्रयोगले फाइलहरू डाउनलोड तथा अपलोड पनि छिट्टै हुने गर्छन् । 

यति मात्र हैन, इन्टरनेटको भीडमा अहिले भिडियोको क्वालिटी पनि निकै उच्च गतिको पाइन्छ । 

४ के रिजोलुसनको भिडियो पनि बिना बफर (रोकावट) मस्तसँग हेर्न सकिन्छ । 

भिडियो गेमिङमा पनि यो इन्टरनेट निकै राम्रो देखिन्छ । भिडियो गेमका पारखीहरूका लागि बिना झन्झट खेल्नका लागि पनि यो इन्टरनेट उपयुक्त विकल्प हुन सक्छ । 

भायानेटको अल्ट्रा फाई प्लान तीन विकल्पसहित बजारमा आएको छ ।

यस प्लानमा १२५ एमबीपीएस, १७५ एमबीपीएस र २५० एमबीपीएसको इन्टरनेट खरिद गर्न सकिनेछ । जसको साथमा भायाटिभी पनि पाइनेछ ।

भायानेटले न्यूनतम मूल्यमा उच्चतम इन्टरनेट स्पीड दिनका लागि यस्तो प्लान ल्याएको जनाएको छ । 

भायनेटले यस इन्टरनेटको जडान निःशुल्क गर्नेछ भने निःशुल्क पहिलो सेट टप बक्स पनि प्रदान गर्नेछ । अल्ट्रा फाई आकर्षक इन्टरनेट प्लान मध्ये एक रहेको कम्पनीले दाबीसमेत गरेको छ । 

 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २५, २०८०

नेपाल टेलिकमले अटम अफर सार्वजनिक गरेको छ । असोज २५ गते बहिीवारदेखि लागू हुनेगरी टेलिकमले अटम अफर सार्वजनिक गरेको हो । यस अफर अन्तर्गत कम्पनीले विभिन्न भ्वाइस तथा डाटा प्याक अझ आकर्षक बनाइएको कम्पनीले ज...

असोज २४, २०८०

हाम्रो पात्रो मोबाइल एपभित्र रहेको डिजिटल वालेट ‘हाम्रो पे’बाट भुक्तानी गर्दा अब ‘कोइली’ कराउने भएको छ । ​ बिज क्राफ्ट कम्पनीले तयार पारेको ‘कोइली’ नामक अडियो उपक...

कात्तिक २९, २०८०

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ । व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको अवस्थामा देशको अर्थतन्त्रमा सहयोग पुग्ने क्यानको विश्व...

कात्तिक २७, २०८०

सामाजिक सद्भाव बिथोलिने गतिविधि बढेको निष्कर्ष निकाल्दै सरकारले सामाजिक सञ्जाल ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय टिकटकबाट सामाजिक, धार्मिक तथा साम्प्रदायिक सम्बन्धलाई खल्बल्याउने गतिविधि ...

फागुन ६, २०८०

काठमाडौंको द ब्रिटिस कलेज (टीबीसी) र प्रिक्सा टेक्नोलोजीबीच साझेदारी (एमओयूम) मा हस्ताक्षर भएको छ ।​ आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङलाई शिक्षासँग जोड्न ब्रिटिस कलेज र प्रिक्सा टेक्नोलोजीबीच रणनी...

कात्तिक ३, २०८०

नेपाल टेलिकमले नेपालीहरूको महान चाड बडादशैंको अवसरमा आफन्त र साथीभाइलाई एकैपटक शुभकामना सन्देश पठाउन सकिने व्यवस्था गरेको छ । यस प्रकारको सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा पहिलेदेखि नै सञ्चालनमा रहेको टेल...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x