×

NMB BANK
NIC ASIA

२ माघदेखि पुनः श्रम स्वीकृतिको काम अनलाइनबाट मात्रै

पुस २०, २०७८

NTC
Premier Steels

काठमाडौं । आगामी २ माघदेखि पुनः श्रम स्वीकृतिको काम अनलाइनबाट मात्र हुने भएको छ । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका कामलाई थप सहज बनाउने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभाग र कार्यालयबाट पुनः श्रम स्वीकृतिको काम आगामी २ माघबाट अनलाइनबाट मात्र हुने जानकारी गराएको हो ।

Muktinath Bank

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले आमसेवाग्राहीको चाहना र अपेक्षाअनुरूप वर्तमान सूचना प्रविधिको अधिकतम उपयोग गरी श्रम स्वीकृतिलाई पेपरलेस बनाई सहज रूपमा सेवा प्रदान गर्न सरकारले यस्तो व्यवस्था मिलाएको बताए । उनले वैदेशिक रोजगारसम्बन्धी हरेक काम कारबाहीलाई थप सहज, छिटो र पारदर्शी बनाउन २ माघदेखि पुनः श्रम स्वीकृतिको काम अनलाइनबाट मात्र हुने व्यवस्था मिलाइएको जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले यो अनलाइन प्रणाली एकदमै सहज, उपलब्धिमूलक र पारदर्शी तथा झन्झटरहित हुने दाबी गरे । उनले सरकारको यो नयाँ कामले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई निकै लाभ हुने अपेक्षा गरिएको बताए ।


Advertisment
Nabil box
Kumari

२०७७ सालको पुस महिनाबाट अनलाइन माध्यमबाट पुनः श्रम स्वीकृति दिन थालेको वैदेशिक रोजगार विभागले हालसम्म भौतिक रूपमा उपस्थित र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृति दिने काम गर्दै आएको छ । त्यसअघि श्रम स्वीकृति लिन श्रम ग्राम कार्यालय धाउनुपर्ने बाध्यताबाट सेवाग्राहीलाई मुक्ति दिन भन्दै वैदेशिक रोजगार विभागले एक वर्षअघिदेखि अनलाइन र भौतिक उपस्थिति दुवै माध्यमबाट पुनः श्रम स्वीकृति दिने गरिरहेको थियो ।

Vianet communication

विभागको यस्तो नयाँ व्यवस्थासँगै अब वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेर घर बिदामा आएका नेपाली कामदारले पुनः श्रम स्वीकृति लिन वैदेशिक रोजगार कार्यालयमा पुगेर घन्टौंसम्म लाइनमा बस्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुनेछ । अनलाइन सेवा लिन सेवाग्राहीले सजिलै पुनः श्रम स्वीकृति लिन वैदेशिक रोजगार विभागको वेभसाइडको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमार्फत आवश्यक सबै कागजातसहित फाराम भर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

आवश्यक सबै प्रक्रिया पु¥याएर यसरी फाराम अपलोड गरेपछि आवेदकले आफ्नो युजरनेम र पासवर्ड सुरक्षित राख्न र म्यादी जीवन बिमा र वैदेशिक रोजगार कल्याणकारी कोषमा बुझाउनुपर्ने शुल्क रकम पनि सहज रूपमा अनलाइन भुक्तानी प्रदायकमार्फत नै बुझाउन पनि मन्त्रालयले सेवाग्राहीलाई आग्रह गरेको छ ।

यसैगरी, मन्त्रालयले अनलाइन कागजात जाँच तथा प्रमाणीकरण गर्न समय लाग्ने भएकाले आपूmलाई आवश्यक पर्ने दिनभन्दा कम्तीमा एकसाताअघि फाराम भर्न र श्रम स्वीकृति लिइसकेपछि मात्र हवाई टिकटको व्यवस्था मिलाउन आह्वान गरेको छ । जसका लागि उडान हुने मितिसम्म यसरी प्रदान गरिएको श्रम स्वीकृतिको म्यान ९० दिनभन्दा बढी हुनुपर्ने भएकाले सोहीबमोजिम गर्न पनि मन्त्रालयले सेवाग्राहीलाई आग्रह गरेको छ ।

मन्त्रालयले जानकारी गराएको पछिल्लो विवरणअनुसार पुनः श्रम स्वीकृतिका लागि म्यादी जीवन बिमाबापत उमेरअनुसार १८ देखि ३५ वर्षसम्मका लागि प्रतिव्यक्ति ३ हजार ७ सय ८ रुपैयाँ, ३६ वर्षदेखि ५० वर्षसम्मका लागि प्रतिव्यक्ति ४ हजार ९ सय ३१ रुपैयाँ र ५१ वर्षदेखि ६४ वर्षसम्मका लागि प्रतिव्यक्ति ९ हजार ४ सय ६३ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । यसैगरी, वैदेशिक रोजगार कल्याणकारी कोषका लागि प्रतिव्यक्ति १ हजार ५ सय रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । गत वर्षदेखि अनलाइन सेवा सञ्चालनमा आएदेखि हाल पुनः श्रम स्वीकृति लिनेको चाप विस्तारै बढिरहेको विभागले जनाएको छ ।

विभागका अनुसार अनलाइनबाट पुनः श्रम स्वीकृति लिन चाहने व्यक्तिले अब वैदेशिक रोजगारीमा जान आवश्यक म्यादी जीवन बिमा र वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम अनलाइन भुक्तानी प्रदायकमार्फत नै बुझाएर आफू बसेकै स्थानबाट सहज रूपमा अनलाइनबाट आवेदन दिन सक्ने छन् ।

एकपटक विभागबाट आईडी लिएका, फिंगर प्रिन्ट गराएका, बायोमेट्रिक लिइसकेका व्यक्तिलाई पुरानै विवरणको आधारमा पुनः श्रम स्वीकृति दिने व्यवस्था मिलाइएपछि अनलाइनबाटै आवेदन दिएर निःशुल्क सेवा लिन सकिने व्यवस्था गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार अनलाइनबाट पुनः श्रम स्वीकृति लिने प्रक्रियामा जानुअघि कामदारले आफ्नो राहदानी, पासपोर्ट साइजको तस्बिर, आफू जाने मुलुकबाट आएको कामदार भिसा एवं पुरानो भिसा र राहदानीलगायत विभिन्न ७ किसिमका कागजात सकंलन गरी सम्पूर्ण विवरण स्क्यान गरी वैदेशिक रोजगारीमा जाने व्यक्ति स्वयं आफंैले प्रयोग गर्ने इमेल ठेगाना र मोबाइल नम्बर राखेर आवेदन दिनुपर्नेहुन्छ । वैदेशिक रोजगारीमा जाने व्यक्तिले प्रयोग गर्ने इमेल ठेगाना र मोबाइल नम्बर प्रयोग गर्दा विदेशमा रहुन्जेल आवश्यक सूचना प्राप्त हुने विभागले जनाएको छ ।

अनलाइनबाट पुनः श्रम स्वीकृति लिने व्यवस्था सञ्चालनमा आएसँगै अब विदेशमा रहेका नेपाली कामदारलाई पुनः श्रम स्वीकृति लिन नेपाल आउनुपर्ने बाध्यताको अत्य हुने विभागले जनाएको छ । विभागका अनुसार अनलाइनबाट पुनः श्रम स्वीकृतिको सेवा लिनेहरूले आवश्यक विभिन्न सात किसिमका कागजात तयार पारेर वैदेशिक रोजगार विभागको आधिकारिक वेभसाइड खोलेर अनलाइन फाराम भर्दा माग भएका विभिन्न चरण पूरा गर्नुपर्नेहुन्छ । त्यसपछि आवेदकको फाराम समिट भएसँगै श्रम स्वीकृतिका लागि आवश्यक प्रक्रिया पूरा हुनेछ । राजधानी दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x