×

एमाले तेह्रथुम अध्यक्षमा दुई प्रदेश सांसद भिड्दै

पुस २३, २०७८

नेकपा (एमाले) तेह्रथुमको अध्यक्षमा दुई प्रदेश सांसदबीच प्रतिस्पर्धा हुने भएको छ । प्रदेश सांसदहरू लक्ष्मण तिवारी र तेजमान कन्दङवाले उम्मेदवारी घोषणा गरेका छन् । 

६ वटा पालिका रहेको तेह्रथुममा प्रतिनिधि भने सर्वसम्मत चयन भएका छन् । तिवारी बहालवाला अध्यक्ष हुन् भने कन्दङवा पूर्व अध्यक्ष हुन् । 


Advertisment

तिवारी १० बुँदे सहमतिमार्फत् एमालेमा बसेका थिए भने कन्दङवा शेरधन राईलाई संसदीय दलको नेतामा समर्थन गर्दै केपी ओली समूहमा प्रवेश गरेका थिए । उनी जिल्ला अध्यक्ष हुँदा तिवारी सचिव थिए । तिवारी नेता योगेश भट्टराई निकटका हुन् । 


Advertisment

नयाँ नेतृत्व छान्नका लागि सर्वसम्मतको प्रयास जारी राखिएको एमाले तेह्रथुमका नेता गोविन्दराज श्रेष्ठले बताए । सर्वसम्मत नेतृत्व चयन नभए भोलि (शनिवार) बिहानदेखि निर्वाचनको प्रक्रिया अगाडि बढाइने निर्वाचन समिति संयोजक तीर्थ कट्वालले बताए । सर्वसम्मतको छाँटकाट नदेखिएपछि मतपत्र छपाइको तयारी थालिएको उनले बताए । 

जिल्ला अधिवेशनबाट ८५ जना भूगोलतर्फ र ५ जना पदाधिकारीहरू निर्वाचित हुने भएका छन् । 

अधिवेशनका लागि ६ वटै पालिकाबाट ५५० प्रतिनिधि छनोट भएका छन् ।

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x