×

X
Dabur
Nic Asia
Marvel

ब्याडमिन्टन स्टार प्रिन्स दाहाललाई नगद पुरस्कार र एक वर्षसम्म खेल सामग्री दिने घोषणा

काठमाडाैं | माघ १, २०७८

TVS INSIDE

जुनियर विश्व ब्याडमिन्टन वरीयताको शीर्ष स्थानमा पुगेका नेपाली ब्याडमिन्टन स्टार प्रिन्स दाहाललाई व्यवसायी राजु बास्तोलाले नगद पुरस्कार र एक वर्षसम्म खेल सामग्री दिने घोषणा गरेका छन् ।

IME BANK INNEWS
morang Auto yamaha

विश्व ब्याडमिन्टन फेडेरेसनले जारी गर्ने वार्षिक वरीयतामा सिंगल्सतर्फ दाहाल पहिलो नम्बरमा परेका थिए ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

व्यवसायी बास्तोलाले उनको कम्पनी इनास इन्टरप्राइजेजको तर्फबाट दुई लाख रूपैयाँ पुरस्कार र एक वर्षसम्म ब्याडमिन्टन खेल्नका लागि आवश्यक सबै सामग्री उपलब्ध गराउने घोषणा गरेका छन् ।

‘ब्याडमिन्टन खेल्नको लागि उसलाई एक वर्षसम्म आवश्यक पर्ने सबै खेल सामग्री र एसियाली मुलुकमा जाँदा आउँदा लाग्ने टिकट पनि उपलब्ध गराउँछु,’ बास्तोलाले लोकान्तरसँग भने ।

Vianet communication
Maruti inside

शनिवार ठमेलको एक होटलमा आयोजित कार्यक्रममा बास्तोलाले दाहाललाई पुरस्कार र सम्मानस्वरूप सहयोग गर्ने घोषणा गरेका थिए । 

नेपाली खेल क्षेत्रको विकासमा आफ्नो पनि योगदान रहोस् र अन्य खेलाडीलाई प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले सहयोग घोषणा गरेको बास्तोलाले बताए । 

‘उनलाई मात्रै होइन । अन्य खेलाडीले पनि यस्तो उत्कृष्ट स्थान हासिल गरेमा सहयोग गर्छु,’ उनले भने ।

ओलम्पिक मान्यता प्राप्त खेलमा नेपाली खेलाडी विश्व वरीयताको शीर्ष स्थानमा पुग्ने पहिलो रेकर्ड दाहालले बनाएका छन् ।

विश्व ब्याडमिन्टन फेडेरेसनले जारी गर्ने वार्षिक वरीयतामा सिंगल्सतर्फ दाहाल पहिलो नम्बरमा परेका हुन् । फेडेरेसनले गत बुधवार वरीयता सार्वजनिक गरेको थियो । 

प्रतियोगितामा प्रदर्शनको आधारमा फेडेरेसनले हरेक हप्ता वरीयता सार्वजनिक गर्ने भए पनि कोरोना महामारीका कारण एक वर्षदेखि वरीयता सार्वजनिक भएको थिएन । 

एक वर्षपछि सार्वजनिक वरीयतामा दाहाल जुनियर विश्व ब्याडमिन्टन वरीयताको शीर्ष स्थानमा परेका थिए ।

TATA Below
NLIC
साउन २३, २०७९

 घरेलु टोली जिम्बावेले बंगलादेशविरुद्धको ३ खेलको एकदिवसीय सिरिज एक खेल अगाबै जितेको छ । हरारेमा आइतवार भएको दोस्रो एकदिवसीयमा बंगलादेशलाई ५ विकेटले पराजित गर्दै घरेलु टोलीले सिरिज २-० ले जितेको...

साउन २३, २०७९

नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक मनोज प्रभाकर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले सोमवार प्रभाकरलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । भारतका पूर्व अलराउण्डर प्...

साउन २४, २०७९

भारतका तिब्र गतिका बलर जसप्रित बुमराहले एसिया कप क्रिकेट २०२२ गुमाउने भएका छन् । चोटका कारण बलर बुमराहले एसिया कप क्रिकेट गुमाउने भएका हुन् । मेरुदण्डमा समस्या देखिएपछि उनी आराममा रहेका छन् । भारतले घ...

साउन २२, २०७९

दोस्रो संस्करणको पाटन प्रिमियर लिग (पिपीएल) क्रिकेट प्रतियोगिता आगामी असोजमा हुने भएको छ । आयोजक पाटन क्रिकेट क्लबले आइतबार बैतडीको पाटनमा पत्रकार सम्मेलनको आयोजना गरी असोज १ गतेदेखि दोस्रो पिपीएल खुला पुरुष...

साउन २३, २०७९

भक्तपुरका बेसबल खेलाडीहरूले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रियस्तरको क्याचबल क्लासिक प्रतियोगितामा सहभागिता जनाएका छन् । जापान व्यावसायिक बेसबल खेलाडी संघ र फुकुसिमा बेसबल परियोजनाले आयोजना गरेको ‘...

साउन २३, २०७९

साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा विजयी शुरूआत गरेको छ । आइतवार राति वेस्ट ह्याम युनाईटेडलाई २-० गोलले हराउँदै सिटीले नयाँ सिजनको सुखद शुरूआत गरेको हो । वेस्ट ह्यामको मैदान...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

साउन २२, २०७९

राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...

ad
x