×

NMB BANK
NIC ASIA

मन्त्री यादवको आपत्तिजनक अभिव्यक्ति– गौर घटना दोहोरिन सक्ने र सीके राउतको हत्या हुन सक्ने धम्की

माघ ६, २०७८

NTC
Premier Steels

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले हिंसा भड्काउने खालको आपत्तिजनक अभिव्यक्ति दिएकी छिन् ।

Muktinath Bank

बुधवार रौतहटमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा)की नेतृ यादवले जनमत पार्टीका नेता डा. सीके राउतप्रति लक्षित गर्दै हत्या हुन सक्ने धम्की दिएकी हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रौतहटको गौरमा बुधवार बलिदानी दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री यादवले गौरको राइस मिल काण्ड दोहोरिन सक्ने बताएकी हुन् । २०६३ सालमा तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादी कार्यकर्ताबीच हिंसात्मक झडप हुँदा माओवादीका २८ कार्यकर्ता मारिएका थिए ।


Advertisment
Nabil box
Kumari

‘तुफानसँग टकराव गर्ने प्रयास गर्दा तपाईको त्यही हालत होला, जुन गौरको राइस मिलमा भएको थियो । म डाक्टर साब (सीके राउत)लाई भन्छु, त्यो इतिहास नभुलुन् । तपाईंका कार्यकर्ता पनि मारिन सक्छन्, सतर्क रहनुस्,’ यादवले भनिन् । हिन्दीमा सम्वोधन गरेकी उनले डाक्टरलाई कदर गर्ने भन्दै सीके राउतको नाम उच्चारण गरिनन् । 

Vianet communication

मन्त्री यादवले लाठी भाँच्छ आफ्ना कार्यकर्ताले पनि जानेको भएपनि बलिदानी दिवसको अवसरमा हिंसा नगर्ने भन्दै झडप नगर्ने बताइन् । 

मन्त्री यादवको अभिव्यक्तिप्रति राउतले आपत्ति जनाएका छन् । ‘किसानले मलखाद माग्दा मन्त्रीजीद्वारा अर्को गौर नरसंहार घटाउने र डा.सी.के. राउतको हत्या गर्ने धम्की ? किसान आन्दोलन– जिन्दाबाद !’ मन्त्रीको अभिव्यक्तिको भिडियो शेयर गर्दै राउतले ट्वीटरमा लेखेका छन् । 

रासायनिक मलको माग गर्दै सीके राउतको पार्टीले तराईका जिल्लामा आन्दोलन गरेका छ । त्यसक्रममा जसपाका मन्त्रीहरुलाई ठाउँ ठाउँमा विरोध गर्दै आएको छ । 

हिंसा भड्काउने खालको अभिव्यक्ति दिएको भन्दै नेत्री यादवको चौतर्फी विरोध भएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x