×

NMB BANK
NIC ASIA

वैशाखमा भ्याउँदा पनि भ्याउँदैन, अब जेठमा चुनाव हुन्छ : रामचन्द्र पौडेल

माघ १५, २०७८

NTC
Premier Steels

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सरकार सञ्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले वैशाखमा चुनाव गर्न सम्भव नभएकाले अब जेठमा चुनाव हुनुपर्ने बताएका छन् ।

Muktinath Bank

अहिलेको कानून अनुसार वैशाखमा नभई चैत्रको ४ अगावै चुनाव गर्नुपर्ने उनको तर्क छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको उच्चस्तरीय संयन्त्रको बैठकले जेठभित्र चुनाव गर्ने गरी मिति तोक्न सरकारलाई सिफारिश गरेको थियो ।


Advertisment
Nabil box
Kumari

संयन्त्रको बैठकपछि लोकान्तरसँग कुरा गर्दै संयोजक पौडेलले वैशाखमा चुनाव गर्न अब सम्भव नहुने बताए ।

Vianet communication

‘वैशाखमा त अब भ्याउँदा पनि भ्याउँदैन । अहिलेको कानून अनुसार गर्ने हो भने त चैत ४ गते चुनाव गर्नुपथ्र्यो,’ पौडेलले लोकान्तरसँग भने, ‘निर्वाचन आयोगले सरकारलाई १० चोटी घाटी समातेर चुनाव घोषणा गर भनेर वैशाख १४ र २२ गतेको मिति कसरी भन्यो ? चैत्रको ४ गते अगावै किन भनेन ?’ 

नेता पौडेलले वैशाखमै चुनाव गर्नुपर्ने संविधानको बाध्यकारी व्यवस्था नभएको जिकिर गरे । यसअघि गठबन्धनले वैशाखमा नभई असोजपछि स्थानीय तहको चुनाव गर्ने बताउँदै आएको थियो । 

चौतर्फी दबाबपछि गठबन्धन स्थानीय तहको चुनाव निर्धारित समयमै गर्ने निष्कर्षमा पुगेको छ । शनिवार बसेको संयन्त्रको बैठकमा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहको चुनाव जेठ महिनामा गर्न प्रस्ताव गरेका थिए । 

२०७४ सालमा सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचन भई पदाधिकारीले कार्यभार सम्हालेको जेठ ५ गतेलाई आधार बनाएर त्यो अगावै चुनाव गर्न निर्वाचन आयोगले प्रस्ताव गरेको थियो ।

आयोगले वैशाख १४ र २२ गतेका लागि स्थानीय तहको चुनाव गर्न प्रस्ताव गरे पनि सरकारले मिति घोषणामा ढिलाइ गरेको छ । 

निर्वाचन आयोगसँगको परामर्शमा सरकारले केही दिनमै स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने सहमति गठबन्धनमा भएको अर्का एक नेताले जानकारी दिए । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्न गठबन्धनले सरकारलाई सुझाव दिएको जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x