×

NMB BANK
NIC ASIA

गठबन्धनमा एमसीसीको पारो

देउवासँग प्रचण्ड र नेपालको प्रश्न- गठबन्धन तोडेर एमसीसी पास गर्ने तयारी हो ?

माघ १९, २०७८

NTC
Premier Steels

सत्ता गठबन्धनका मुख्य साझेदार नेकपा माओवादी केन्द्र र नेकपा (एस)ले एमसीसी पास गर्न गठबन्धन तोड्न लागेको हो भनेर प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रश्न गरेका छन् । 

Muktinath Bank

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवासँग बुधवार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एस)का अध्यक्ष माधव नेपालले एमसीसी पास गर्न गठबन्धन तोड्न लागेको हो भनेर प्रश्न गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देउवालाई भेट्न प्रचण्ड र नेपाल बुधवार मध्यान्ह बालुवाटार पुगेका थिए । भेटमा मुख्यतः एमसीसी अनुमोदनमा देउवाको अतिरिक्त सक्रियताबारे प्रचण्ड र नेपालले चासो राखेका थिए । जवाफमा देउवाले गठबन्धन तोड्ने कुनै मनसाय नरहेको प्रतिक्रिया जनाएको नेकपा (एस) स्रोतले जानकारी दियो । 


Advertisment
Nabil box
Kumari

बालुवाटारबाट निस्केर पार्टी निकट अखिलको कार्यक्रममा सहभागी भएका नेता नेपालले कुनै पनि हालतमा गठबन्धन नटुट्ने दाबी गरेका छन् । गठबन्धन तोडिए पनि एमसीसी अनुमोदन हुने भन्ने समाचारबारे आफूहरूबीच छलफल भएको नेता नेपालले बताए ।  

Vianet communication

‘दिनदिनै पत्रिकामा आएका कुरालाई लिएर चिन्ता गर्नुपर्ने छैन । गठबन्धन टुट्नेवाला छैन, कसैले टुटाउन खोजे पनि टुट्नेवाला छैन,’ नेता नेपालले भने, ‘नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाजी र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डजी म आफैं तीनैजना बसेर छलफल गर्‍यौं । पत्रपत्रिकामा आएका समाचारको बारेमा छलफलमा चलायौँ, मनगढन्ते कुरा आएका छन् । गठबन्धनलाई बलियो बनाएर लैजाने कुरा गरेका छौं ।’

यथास्थितिमा एमसीसी अनुमोदन गर्न नसकिने प्रचण्ड र नेपालले अडान राख्दै आएका छन् । गठबन्धन तोड्ने शर्तमा एमसीसीमा सघाउन एमाले तयार रहेको चर्चाका बीच नेता नेपालले गठबन्धन नटुट्ने दाबी गरे । 

‘कसैले चाहना राखेको होला, गठबन्धन तोड्नुस् साथ दिन्छु भनेका होलान् । गलत मनसाय सफल हुन दिँदैनौँ,’ नेता नेपालले विद्यार्थीहरूको कार्यक्रममा भने । 

स्रोतका अनुसार तीन शीर्ष नेताबीच जेठ ४ गते स्थानीय तहको चुनाव गर्ने गरी मन्त्रिपरिषद्बाट भोलि मिति तोक्ने सहमति भएको छ । 

बालुवाटारको छलफलअघि गृहमन्त्री बालकृष्ण खाणले नेता नेपालसँग उनको निवास कोटेश्वरमा भेटवार्ता गरेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x