×

NMB BANK
NIC ASIA

संसद् अवरोध हटाउन एमालेका चार शर्त, सभामुखले माफी मागे मात्र पनि हुने !

माघ १९, २०७८

NTC
Premier Steels

नेकपा एमालेले प्रतिनिधि सभामा जारी अवरोध हटाउनको लागि चार शर्त अगाडि सारेको छ ।

Muktinath Bank

सभामुख अग्नि सापकोटाको राजीनामालाई शर्त बनाएको एमालेले उनले माफी मागे मात्र पनि संसद् अवरोध हटाउने संकेत गरेको हो । १४ सांसदमाथि कारबाही या सभामुखको राजीनामालाई शर्त बनाएर एमालेले भदौ २३ गतेदेखि संसद अवरुद्ध गर्दै आएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

युवा संघले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा एमाले उपमहासचिव एवं प्रतिनिधि सभा सदस्य प्रदीप ज्ञवालीले आफ्नो भूमिकाले एमाले विभाजन भएकोमा सभामुखले क्षमा मागे पनि संसद् सञ्चालन हुने बताएका हुन् । 


Advertisment
Nabil box
Kumari

‘पार्टीले कारवाही सिफारिश गरेका १४ जना सांसदको सम्बन्धमा सभामुखले सूचना नटाँसेकोमा हामीले विरोध जनाउँदै आएका हौं । आज पनि सूचना टाँस्नुस्, एमालेले कारवाही गरेका सांसदलाई कारवाही होस् । त्यसको संवैधानिक हैसियत जे भए पनि इतिहासमा दर्ज हुन्छ,’ पहिलो शर्तबारे ज्ञवालीले भने । 

Vianet communication

पहिलो शर्त १४ जनामाथिको कारवाहीको सूचना प्रकाशित गर्ने, दोस्रो सभामुखले सार्वजनिक रुपमा माफी माग्ने, तेस्रो सभामुखले राजीनामा गर्ने र चौथो माधव नेपालको पार्टीको हैसियतबारे सर्वोच्चमा विचाराधीन मुद्दाको टुंगो लाग्नुपर्ने एमालेको शर्त रहेको ज्ञवालीले बताए । 

‘दोस्रो कुरा सार्वजनिक रुपले क्षमायाचना गर्नुस्, मेरो कारणले एमाले विभाजन भयो भनेर माफी माग्नुस् । तेस्रो कुरा, माफी पनि नमाग्ने हो भने सभामुखले पद छाड्दिनुस्,’ ज्ञवालीले अगाडि भने, ‘प्रचण्डले परमादेश दिने न्यायाधीशलाई गुन लगाउने कुरा भन्नु भएको थियो । सर्वोच्चमा रहेको मुद्दा छिटो फैसला गराउन सक्नु भयो भने जे आए पनि मान्छौँ ।’ 

कार्यक्रममा सहभागी नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले संसद्लाई निकास दिन एमालेसँग आग्रह गरे । ‘अग्नि सापकोटा मन पर्दैन भनेर निकास निस्कँदैन माधव नेपाललाई मान्दैनौँ भनेर निकास आउँदैन । कसैको विरोध मात्र गरिरहनु स्लागा हो,’ रिजालले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x