फागुन २६, २०८०
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
माघ २२, २०७८
विराटनगरको पञ्चाली रोडमा नेकपा एमाले पार्टी कार्यालयको दायाँपट्टि एउटा सामान्य छाप्रोमा चिया पसल छ । पसल सञ्चालक हुन् खोटाङबाट विराटनगर झरेका लक्ष्मण राई ।
झट्ट हेर्दा सामान्य देखिने चिया पसलको राजनीतिक साइनो गहिरो छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीदेखि एमालेका ३ जना पूर्व प्रधानमन्त्रीहरूले त्यो पसलमा चियाको चुस्की लिएका छन् । नेताहरूले सञ्चालक राईलाई ‘लक्ष्मण दाइ’ भन्छन् ।
लक्ष्मण दाइको पसलमा चिया पिउँदै विद्यार्थी राजनीति गरेका नेताहरू सांसद, मन्त्री र पार्टीको नेतृत्व तहमा पुगे तर चिया पसल कहिल्यै परिवर्तन भएन । कम्युनिस्ट मात्र होइन, नेपाली कांग्रेसका नेताहरू पनि चिया पसलमा चिया पिउन पुग्ने गर्छन् ।
३२ वर्षअघि भारत जाने सपना लिएर लक्ष्मण खोटाङबाट विराटनगर आएका थिए । भारत जान हिँडेका लक्ष्मणको गति विराटनगरमा रोकियो ।
२०४६ सालमा भर्खर प्रजातन्त्र आएको थियो । नेपाली कांग्रेसका संस्थापक कोइराला परिवारको गृहनगर विराटनगरमा राजनीतिक गतिविधि बढ्दो थियो । कांग्रेस र कम्युनिस्टको बोलचाल बन्द थियो ।
मोरङ जिल्लामा कम्युनिस्ट नेताहरूको पनि प्रभाव थियो । नेकपा मालेका नेताहरू मदन भण्डारी, मनमोहन अधिकारी, भरतमोहन अधिकारी, झापाका आरके मैनाली, सीपी मैनाली लगायतका थुप्रै कम्युनिस्ट नेताहरू विराटनगरमा आउजाउ गर्थे । कम्युनिस्ट नेताहरूको राजनीतिक गतिविधि र नेता कार्यकर्ताको जमघट हुने ठाउँमा राईले चिया पसल खोले ।
उमेरले ६० काट्दा समेत लक्ष्मण राईले आफ्नो चिया पसललाई निरन्तरता दिइरहेका छन् । कोही नेता सांसद र मन्त्री भएकोमा उनलाई केही फिक्री छैन ।
‘यही चिया खाएर राजनीति शुरू गरेका भाइबहिनीहरू नेता, मन्त्री बनेको देख्दा खुशी लाग्छ । म चिया पकाइरहेको छु, यसमा मलाई कुनै फिक्री छैन,’ राईले हाँस्दै भने ।
२०५१ सालको लोकप्रिय कम्युनिस्ट सरकारको नेतृत्व गरेका मनमोहन अधिकारीदेखि युवा नेतासम्मका राजनीतिक गफको केन्द्र हो लक्ष्मण दाइको चिया दोकान । वृद्धदेखि भर्खरका युवा सबैले लक्ष्मण दाइको नामले सम्बोधन गर्छन् ।
पार्टी कार्यालय छेउमै भएकाले नेताहरू धेरैले चिया खाने गरेको उनले बताए । राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मलाई राजनीतिका क्रममा चिया, खाजा, खाना खुवाएको उनले बताए । राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्व प्रधानमन्त्रीहरू मनमोहन अधिकारी, माधवकुमार नेपाल, केपी शर्मा ओलीलाई आफैंले चिया खुवाएको उनले सम्झिए ।
राष्ट्रपति भण्डारी र पूर्वमन्त्री लालबाबु पण्डितले आफ्नो पसलमा खाना समेत खाएका लक्ष्मणले सम्झिए । ‘मनमोहन अधिकारी पार्टी कार्यालयमा आउँदा पहिला मेरो पसलमा आएर ‘कमरेड तपाईले पकाएको चिया खाऊँ’ भन्ने गर्नुहुन्थ्यो,’ उनले सम्झिए, ‘माधव नेपालले पनि ‘तपाईंले पकाएको चिया जस्तो मिठो अन्यत्र हुँदैन’ भन्नुहुन्थ्यो । केपी ओली आउँदा पार्टी कार्यालयमै चिया लिएर जाने गर्थें । १–२ पटक लिएर गएपछि उहाँले पनि ‘लक्ष्मण दाइले चिया ल्याउनुभयो, पहिला खाऊँ’ भन्दै हँसीमजाक गरेर खानुहुन्थ्यो ।’
प्रधानमन्त्री बनेपछि मनमोहन अधिकारीबाहेक नेताहरू चिया पसलमा नआएका उनको गुनासो छ । ‘पहिला चिया मिठो छ भन्नेहरू प्रधानमन्त्री भएपछि आउँदा पनि नचिने जस्तो गर्दा नरमाइलो लाग्छ,’ उनले भने ।
कांग्रेस नेताहरूले पनि मन पराएको राई दाइको चिया
एमाले पार्टी कार्यालय छेउमा भए पनि नेपाली कांग्रेसका केही नेता समेत चिया खान आउने गरेका उनले बताए ।
गुरुराज घिमिरे विराटनगरमा आउँदा साइकलमा चना खान आउने गरेका उनले बताए । ‘काठमाडौंमा तपाईं कहाँ जस्तो मिठो चना खान पाइँदैन दाइ, त्यही भएर आएको भन्दै उहाँ आउनुहुन्छ,’ उनले भने ।
१ नम्बर प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतबहादुर कार्की ‘दाइको पसलमा जाऔ, चिया खाऔ अनि मात्रै मिटिङ गरौ’ भन्दै आउने गरेका उनले बताए ।
१५ पैसाको पानदेखि १५ रुपैयाँको चिया
विराटनगरमा आएर उनले पान पसल समेत चलाए । १५ पैसामा पान बेचेको उनले स्मरण गरे । ‘सीडीओदेखि क्याम्पसका प्राध्यापकहरू पान खान मेरो पसलमा आउँथे,’ उनले सम्झिए ।
साथीले चिया पसलमा अझ धेरै फाइदा हुन्छ भनेपछि उनले २०४६ सालदेखि चिया पसल खोले । ‘इटहरीबाट आएर ‘चिया–खाजा पकाउनुहोस्’ भन्दै महेन्द्र मोरङ पढ्ने विद्यार्थीले मलाई उठाउँथे,’ उनले भने, ‘कलेज बिदा भएपछि विद्यार्थीको चाप थाम्नै नसक्ने गरी हुन्थ्यो । दैनिक बिहान १०–१२ किलोग्राम चना र ३०० कपभन्दा बढी चिया बेचिन्थ्यो ।’
१५ पैसाको पानदेखि आठआना, रुपैयाँ, २ रुपैयाँ, ५ रुपैयाँ, १० रुपैयाँ हुँदै अहिले १५ रुपैयाँमा चिया बेच्ने गरेको उनले बताए ।
चिया बेचेर छोराछोरीलाई पढाउन मात्रै सफल भएको उनले बताए । उनका २ छोरा र २ छोरी छन् । लक्ष्मणका १ छोरा बैंकमा र १ छोरा कम्पनीमा जागिरे रहेका उनले बताए । उनका अनुसार १ छोरी एनजीओमा जागिरे छिन् भने १ छोरीको बिहे भइसकेको छ ।
जग्गा–जमिन खरिद गर्नुभन्दा पनि छोराछोरी नै सम्पत्ति हुन् भनेर कमाएको सम्पत्ति सबै छोराछोरीकै पढाइमा लगानी गरेको उनले बताए । ‘सम्पत्ति भनेका छोराछोरी हुन् भन्ने लागेर चिया बेचेर कमाएको सबै पैसा पढाइमै खर्च गरें,’ उनले भने ।
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...