×

NMB BANK
NIC ASIA

‘तिमी’ भनेर बोलाउने श्रीमान्‌ले ‘तँ’ भनेपछि ...

माघ २३, २०७८

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

कैलालीकी रूपा आजभोलि सम्मानजनक व्यवहारका कुरा गर्छिन् । १३ वर्षको कलिलै उमेरमा विवाह गरेकी उनका श्रीमान् जागिरे छन् ।

Muktinath Bank

उनले भनिन्, ‘३ सन्तानकी आमा हुँदासम्म श्रीमान्बाट मैले कहिल्यै राम्रो व्यवहार पाइनँ । पतिले सधैं घरको नोकरजस्तै सोचिरहनुभयो । राम्रो बोलीवचनसम्म गर्नुभएन । सन्तान नहुर्कुञ्जेल  श्रीमान्का सबै व्यवहार सहेर बसें ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन्तान हुर्किसकेपछि उनलाई श्रीमान्ले गर्ने दुव्र्यवहारविरुद्ध आवाज उठाउन मन लाग्यो ।  साथै वैवाहिक जीवनको २३ वर्षपछि उनी अलग हुने निर्णयमा पुगिन् ।


Advertisment
Nabil box
Kumari

‘मलाई श्रीमान्ले कहिल्यै सम्मानजनक व्यवहार र अवसर दिनुभएन । खान–लाउन दिनुभयो, धन सम्पत्ति पनि दिनुभयो तर इज्जत दिनुभएन,’ उनले भनिन्, ‘दम्पती भनेका जोडी हुन् । जोडी बराबर भए पो जीवन सजिलो हुन्छ । मैले सधैं मीठो बोल्नुपर्ने, स्याहार गर्नुपर्ने, माया दिनुपर्ने तर श्रीमान्ले तिमी भनेर सम्मानजनक बोल्न पनि नचाहने । उनी अरु केही गलत हुनुहुन्नथ्यो, म आत्मसम्मान गिरेको महसूस गर्न थालें, उहाँले कहिल्यै बुझ्नुभएन । मनमुटाव बिस्तारै बढ्दै गयो, दुःखी भएर बस्नुभन्दा अलग बस्ने निर्णय गर्‍यौं ।’

Vianet communication

सम्बन्धविच्छेदपछि हाल रूपा सम्बन्धमा सम्मानजनक व्यवहार चाहिन्छ भनी सिकाउन थालेकी छन् । उनी आजभोलि सामाजिक जीवनमा सक्रिय छिन् र समाजमा महिला र पुरुषबीच समान तथा सम्मानजनक व्यवहार हुनुपर्छ भनी सिकाउने गर्छिन् ।

कैलालीकै रमा धामीलाई पनि श्रीमान्को व्यवहार पटक्कै मन पर्दैन । उनी श्रीमान्ले जीवनसाथीको जस्तो व्यवहार गरुन् भन्ने चाहन्छिन् । प्रेम विवाह गरेकी उनले शुरूआती दिनमा श्रीमान्बाट साथीजस्तै व्यवहार पाइन् । विवाहपछि व्यवहार बदलियो ।

‘विवाहअघि हामी तिमी भनेर बोल्थ्यौं, परिवारको सहमतिमा विवाह भयो,’ उनी भन्छिन्, ‘भोलिपल्टबाट मलाई हजुर भनेर सम्बोधन गर्न परिवारले अह्राए, नाम लिएर वा तिमी भनेर बोल्दा श्रीमान्को नाम लिएर बोल्ने सभ्यता नभएकी रहिछ भनी कुरा काटे ।’

परिवार र छिमेकीले कुरा काटेपछि उनलाई अप्ठ्यारो पर्‍यो । उनले बोलीवचनमा सुधार गरिन् । परिवार र समाजले चाहेजस्तै शब्दले सम्बोधन गरिन् तर उनका श्रीमान्ले थप बोली र व्यवहार बिगारे । तिमी भनेर बोल्ने श्रीमान् ‘तँ’ भनी सम्बोधन गर्न थाले ।

‘हामी विवाहपछि बराबरी रहेनौं, हाम्रो हैसियत समेत बदलियो,’ उनले भने ।

दम्पती भनेका जीवनसाथी हुन् । जीवनसाथीको व्यवहार साथीजस्तै हुनुपर्छ तर हाम्रो समाजमा जीवनसाथी बराबरी व्यवहार गर्ने निकै कम छन् । सम्मानजनक तरिकाले बोल्दाका फाइदा धेरै छन् ।

‘हरेक श्रीमान्ले आफ्नो बोली र व्यवहारमा आफ्नी श्रीमतीप्रति सम्मान र प्रशंसा गर्न सक्नुपर्छ । श्रीमतीको कामप्रति प्रोत्साहन र प्रशंसा गर्न सकेमा धेरै घरमा शान्ति हुन्छ,’ शिक्षक झपट कडायत भन्छन्, ‘परिवारका सदस्यले पनि दम्पतीका सकारात्मक कार्यमा हौसला दिने काम गरेमा सम्मानजनक व्यवहार सम्बन्धमा स्थापित हुन सघाउँछ ।’

बलियो र दीगो सम्बन्धका लागि श्रीमतीले श्रीमान्लाई साथ दिन्छन्, यसैगरी श्रीमान्ले समेत साथ दिन आवश्यक छ । अधिकारकर्मी योजना अधिकारी महिलालाई गाली गर्ने, डर देखाउने, अपमान गर्ने, धम्की दिने, नियन्त्रणमा राख्ने काम चलिरहँदा समाजमा महिला भएकै कारण बढी हिंसा सहिरहेका बताउँछिन् ।

‘विवाहमा माया र सम्मान आवश्यक हुन्छ । यही माया र सम्मान गर्न नजान्दा विवाहको सकारात्मक पक्षको लाभ दम्पती र परिवारले नै लिन नसकेको देखिन्छ,’ उनी भन्छिन्, ‘आत्मसम्मान नपाउँदा बर्सेनि आत्महत्या गर्ने महिलाको संख्या समेत बढेको देखिन्छ । सम्मानजनक व्यवहारको कमीकै कारण महिला आफूलाई समाजमा स्थापित गर्न कठिन ठान्छन् ।’

अधिवक्ता गम्भीरसिंह ऐर ७५ प्रतिशत सम्बन्धविच्छेदका घटना सम्मानजनक व्यवहार नभएकै कारण हुने गरेको बताउँछन् । ‘गत वर्ष कैलालीमा सय बढी घटना सम्बन्धविच्छेदका भएका छन् । सम्बन्धविच्छेदले परिवार विखण्डन भएको छ,’ उनी भन्छन्, ‘परिवार बिखण्डन भए बालबालिकाको जीवन बर्बाद हुन्छ । उनीहरू अभिभावकको माया पाउनबाट वञ्चित हुन्छन् ।’

उनी पुरुषले माया देखाउन नजान्दा र महिलाको कानूनीरूपमा पाएको अधिकार प्रयोग गर्ने मानसिक क्षमता कम भएकाले घटना बढ्न थालेको बताउँछन् । ‘महिलालाई अहिले कानूनले धेरै अधिकार दिएको छ । अधिकार प्रयोग गर्न क्षमतामा कमी छ,’ उनी भन्छन्, ‘समान अस्तित्व स्वीकार गरी महिलाको क्षमता विकासमा ध्यान दिनुपर्छ ।’ – दुर्गा देवकोटा/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x