×

NMB BANK
NIC ASIA

२३ अर्बमा २ सौर्य ऊर्जाको सम्भाव्यता अध्ययन गर्ने निर्णय, बुट मोडलमा तल्लो अरुण बनाउने प्रस्ताव स्वीकृत

माघ २५, २०७८

NTC
Premier Steels

लगानी बोर्डले करीब २३ अर्ब रूपैयाँ लागत अनुमान गरेको दुई सौर्य ऊर्जा परियोजना निर्माण गर्न सम्भाव्यता अध्ययन गराउने निर्णय गरेको छ । 

Muktinath Bank

बोर्डले बुट मोडलमा तल्लो अरुण बनाउने प्रस्ताव पनि सोही बैठकबाट स्वीकृति गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा मंगलवार बसेको लगानी बोर्डको ४९ औं बैठकले सुदूरपश्चिमको डोटी र डडेलधुरामा निर्माण गर्ने यी दुई आयोजनाको लागि सेन्टर इलेक्ट्रोनिक्स लिमिटेडलाई सम्भाव्यता अध्ययन गर्न अनुमति दिने निर्णय गरेको हो । 


Advertisment
Nabil box
Kumari

निर्माणाधीन यी दुई सौर्य ऊर्जाका परियोजनामध्ये १२५ मेगावाट डोटी जिल्लाको दिपायलमा र अर्को २२५ मेगावाटको डडेल्धुराको अमरगढी नगरपालिकामा निर्माण हुने भएको छ । ३५० मेगावट यी दुई परियोजनाको लागत करिब २३ अर्ब  रुपैयाँ रहेको पनि लगानी बोर्डले जानकारी दिएको छ ।

Vianet communication

मंगलवारको बैठकले डाबर नेपाल उद्योगको क्षमता अभिवृद्धि तथा उत्पादन विविधीकरण  गर्न ९ अर्ब ६८ करोड ६३ लाख ४२ हजार ज्ञण् रुपैयाँको लगानी स्वीकृत  गर्ने निर्णय पनि गरेको छ । 

बैठकले तल्लो अरुण जलविद्युत् परियोजनाको निर्माण, स्वमित्वकरण, सञ्चालन तथा हस्तान्तरण  (बुट मोडल)बाट विकास गर्न छनोट भएको प्रस्तावक कम्पनी एसजेभीएन लिमिटेड इण्डियाले पेश गरेको प्रारम्भिक प्रतिवेदन स्वीकृत गर्ने निर्णयसमेत गरेको छ । 

बैठकले लगानी प्रवर्द्धनका सम्बन्धमा विभिन्न संघ संस्थासँग समझदारीपत्र गर्न कार्यालयलाई अख्तियारी दिएको छ । त्यसै गरी जेनेभास्थित वर्ल्ड एशोसिएसन अफ पीपीी युनिट्स एण्ड प्रोफिेसनल्स संस्थाको सदस्यता ग्रहण गर्नसमेत स्वीकृति प्रदान गरेको छ ।

लगानी बोर्डको कार्यालयबाट तयार गरिएको नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने प्रविधिको तुलनात्मक अध्ययनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि भएको बोर्डका सहसचिव तथा प्रवक्ता भगवान अर्यालद्वारा जारी एक प्रेस विज्ञप्तिमा उल्लेख  छ ।

बैठकमा प्रधानमन्त्री देउवाले लगानीकर्ताहरूलाई आकर्षित गर्न आवश्यक नीतिगत तथा कानूनी सुधार गरी लगानीमैत्री वातावरण तयार गर्न सरकार प्रतिबद्ध रहेको  बताएका छन् । उनले आर्थिक विकासका लागि लगानी बोर्डको कार्यालय तथा नेपाल सरकारका सम्बन्धित निकायले पूर्वाधार संरचनामा विविधीकरण गरी सम्भाव्यता अध्ययनसम्बन्धी कार्यहरुलाई तीव्र  रूपमा अगाडि बढाउँदै परियोजना निर्माणमा जोड दिनका लागि निर्देशन समेत दिए ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अघिल्लो बोर्ड बैठकले निर्देश गरेबमोजिम परियोजना कार्यान्वयन, सहजीकरण तथा विकास एवं संस्थागत सुधारका सम्बन्धमा भएका प्रगति विवरण पेश गरेका छन् । उनले लगानी बोर्डको कार्यालयले अगाडि बढाएका गतिविधिहरूको बारेमा समेत बोर्डलाई जानकारी गराएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x