×

NIC ASIA

एमसीसीबारे ओली

प्रधानमन्त्रीले एमसीसीलाई पत्र लेख्नु प्रोटोकल र राष्ट्रिय स्वाभिमानविपरीत काम– ओली

माघ २८, २०७८

Prabhu Bank
NTC
Premier Steels
Marvel

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई पत्र लेख्नु प्रोटोकल र राष्ट्रिय स्वाभिमानविपरीत भएको टिप्पणी गरेका छन् । गठबन्धनको विरोधाभाषले विकास परियोजनालाई भूराजनीतिक स्वार्थ बनाएको उनले टिप्पणी गरे । 

पार्टी कार्यकर्तालाई शुक्रवार भर्चुअल सम्बोधन गर्दै ओलीले सरकारका कारण देश गम्भीर खेलबाड, खेलाँची र गैरजिम्मेवारीपनको शिकार भइरहेको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘पाँच महिनामा एमसीसी पारित गर्छौं भनेर एमसीसीका अधिकारीसँग गोप्य पत्राचार गर्ने अनि यता पास गर्नै हुँदैन भनेर उचाल्छन् । एउटा नेता पक्षमा बोल्छ, अर्को विरोधमा बोल्छ । अमेरिकासँग एउटा, अर्को देशसँग अर्को, पार्टीभित्र अर्कै गैरजिम्मेवार, धोकापूर्ण र दुई जिब्रे कुरा गरिरहेका छन्,’ ओलीले भने । 


Advertisment
Rupse Holidays
Nabil box

वर्तमान सरकार र गठबन्धनले राष्ट्रिय हितलाई गम्भीर संकटमा पार्ने काम गरेको ओलीले आरोप लगाए । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीलाई लेखेको पत्र आइतवार बाहिरिएको थियो । सोही दिन बालुवाटारमा देउवा, ओली र प्रचण्डबीच कुराकानी भए पनि पत्रबारे ओली बोलेका थिएनन् ।  

Vianet communication

‘प्रधानमन्त्रीले एमसीसीलाई पत्र लेख्ने कुरा प्रोटोकल र राष्ट्रिय स्वाभिमानको हिसाबले पनि सुहाउने कुरा होइन, एउटा गैरसरकारी संस्था या कुनै विषयगत मन्त्रालयअन्तर्गतको कुरालाई प्रधानमन्त्रीले पत्र लेख्नु अपमानजनक कुरा हो,’ ओलीले भने, ‘अध्यक्षको हैसियत–माओवादी केन्द्रको अध्यक्ष)ले लेख्ने हो भने रिपब्लिकन र डेमोक्रेटिकलाई लेख्नुपर्थ्यो होला । अरू पार्टीका अध्यक्षले किन लेखेनन् ? देश त गम्भीर खेलबाड, खेलाँची र गैरजिम्मेवारीपनको शिकार भइरहेको छ ।’

अध्यक्ष ओलीले सरकारले निर्णयार्थ पेश गर्ने कुरालाई सभामुख अग्नि सापकोटाले रोक्न नमिल्ने बताए । 

‘सरकारले निर्णयार्थ पेश गर्ने कुरालाई सभामुखले रोक्छु भन्ने अधिकार छैन, सभामुखले अनाधिकृत ढंगले बलमिच्याइँ गरेका छन् । गठबन्धन जसरी पनि कायम राखेर सरकारमा बसिराख्ने रे, कोही बोलेका छैनन्,’ ओलीले भने, ‘अघिल्लो सभामुखले एमसीसी रोकेर अनाधिकृत क्रियाकलाप गरेको हो, अहिलेकोले पनि जारी राखेको छ । संसद्लाई निर्णय गर्न दिनुपर्‍यो ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x