×

आफ्नै अडानमा प्रचण्ड-नेपाल

बालुवाटारमा प्रचण्ड-नेपालले दोहोर्‍याए अडान- यथास्थितिमा एमसीसी अगाडि बढाउन सकिँदैन

माघ २९, २०७८

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यथास्थितिमा एमसीसी अघि बढाउन नसकिने अडान दोहोर्‍याएका छन् । 

शनिवार बिहान सत्ता गठबन्धनका तीन शीर्ष नेताहरूबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो ।


Advertisment

छलफलमा एमसीसी कार्यान्वयनमा आएको अमेरिकी दबाबको बारेमा पनि छलफल भएको बताइएको छ ।


Advertisment

‘तीन जना नेताहरूबीचको भेटमा एमसीसीकै बारेमा छलफल भएको हो । यथास्थितिमा एमसीसी अगाडि बढाउन नसकिने अडान प्रचण्ड र माधव नेपालले दोहोर्‍याउनुभएको छ,’ ती नेताका सचिवालयले भनेको छ, ‘सर्वपक्षीय सहमति नबन्दासम्म एमसीसी थाती राखौं भन्नेबारेमा छलफल भएको छ । तर, प्रधानमन्त्री त्यसका लागि राजी भइसक्नुभएको छैन ।’

शनिवारको भेटमा एमसीसी संसदमा लैजान जबर्जस्ती प्रयास नगर्न पनि प्रधानमन्त्री देउवालाई दुई नेताले अनुरोध गरेको उनीहरूको सचिवालयले बताएको छ ।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले टेलिफोन गरेर एमसीसी अघि बढाउन दबाब दिएपछि तीन शीर्ष नेताहरूबीच भएको यो दोस्रो भेट हो । उनीहरूले बिहीवार बिहान पनि एमसीसीका सन्दर्भमा बालुवाटारमा छलफल गरेका थिए । 

छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसद बैठक फागुन ४ गते राख्न भनेको उनको सचिवालयले बताएको छ । 

नेकपा एमालेले फागुन २ को बैठक सार्न माग गरेकाले संसद बैठक फागुन ४ गते बोलाउँदा उपयुक्त हुने प्रचण्डले बताएका थिए । 

फागुन २ मा एमालेले प्रदेश–१ स्तरीय प्रशिक्षण आयोजना गरेको र सांसदहरू त्यसमा सहभागी हुन जानुपर्ने भएकाले संसद बैठक सार्न सभामुखलाई अनुरोध गरेको छ ।

पुस पहिलो साता यता संसद बैठक निरन्तर सर्दै आएको छ । 

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x