×

NIC ASIA

एमसीसीबारे माओवादी संसदीय दलको तीन निष्कर्ष, प्रधानमन्त्री 'ब्याक' नभए सत्ता छाड्ने

फागुन ४, २०७८

Prabhu Bank
NTC
Premier Steels
Marvel

नेकपा माओवादी केन्द्रले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता जबर्जस्ती अघि बढाएर गठबन्धन र  सरकार दुवैबाट बाहिरिने निर्णय गरेको छ । 

बुधवार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले एमसीसीमा राष्ट्रिय सहमति बनाउनुपर्ने, संसदको अवरोध नखुल्दासम्म संसदमा पेश गर्न नहुने निष्कर्ष निकालेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमसीसीमा रहेका राष्ट्रिय हित विपरीतका बुँदाहरू संशोधन हुनुपर्ने, पास गर्न गठबन्धनमा सहमति कायम गरेर राष्ट्रिय सहमति बनाउनुपर्ने, संसदमा पेश हुन संसदको अवरोध खुलाउनुपर्ने निष्कर्ष निकालिएको माओवादी नेताहरुले बताएका छन् । 


Advertisment
Rupse Holidays
Nabil box

माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरूङले एमसीसीमा प्रधानमन्त्रीले एकलौटी गरे सरकार र गठबन्धन छाड्ने निर्णय भएको बताएका छन् । 

Vianet communication

‘पाँच दलको सहमतिविना सरकारको निर्णय हुन सक्दैन । गठबन्धनको निर्णयविना कुनै घटक आफ्नो हिसाबले अगाडि बढ्यो भने गठबन्धन तोडिने कुरा हुन्छ, गठबन्धन तोडियो भने सरकार पनि स्वतः तोडिन्छ,’ बैठकपछि देव गुरुङले भने ।

लोकान्तर डटकमसँगको छुट्टै कुराकानीमा गुरूङले भने, ‘पाँच दलीय गठबन्धनको सरकार छ । सरकारले निर्णय नगरेसम्म संसदमा लैजान मिल्दैन । अहिलेसम्म गठबन्धनमा सहमती बनेको छैन । सरकारले पनि निर्णय गरेको छैन ।’

केपी ओली नेतृत्वको सरकारले निर्णय गरेर संसदमा पेश गर्ने निर्णय गरेको भए पनि त्यसले अहिले काम नगर्ने उनले दाबी गरे ।

‘अघिल्लो सरकारले अघि बढाएको विधेयक संसदमा लैजान पनि सरकारको निर्णय चाहिन्छ । एमसीसीबारे पनि सरकारले निर्णय गर्नुपर्छ । प्रधानमन्त्री एकलौटी ढंगले चल्न मिल्दैन’, गुरूङले भने ।

माओवादी अध्यक्ष प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले पनि यथास्थितिमा एमसीसी अगाडि बढ्न नसक्ने निष्कर्ष संसदीय दलको बैठकले निकालेको जानकारी दिइन् ।

संसदीय दलको बैठक लगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । 

उनले प्रधानमन्त्रीलाई संसदीय दलको निर्णय जानकारी गराउने र माओवादीको प्रस्तावमा प्रधानमन्त्रीले सहमती नजनाए माओवादी केन्द्र सरकारबाट बाहिरिने बताइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x