×

NMB BANK
NIC ASIA

जसपाभित्र एमसीसी पसेपछि...

पुरानो विवादमा एमसीसी थपिँदा जसपामा भाँडभैलो, उपेन्द्रविरुद्ध मोर्चाबन्दीमा बाबुराम

फागुन ६, २०७८

NTC
Premier Steels

मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विषयलाई लिएर जनता समाजवादी पार्टी (जसपा) नेपाल फूटको संघारमा पुगेको छ ।

Muktinath Bank

पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई एमसीसीको पक्ष र केन्द्रीय कार्यसमिति अध्यक्ष उपेन्द्र यादव एमसीसीको विपक्षमा देखिएपछि पार्टी विभाजनको संघारमा पुगेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भट्टराईले खुलेर नै एमसीसीको समर्थन मात्र गरिरहेका छैनन्, पार्टीको कार्यकारिणी समिति र संसदीय दलको बैठकबाट समेत उक्त निर्णय गराउने कसरतमा लागेका छन् । तर जसपाका कार्यकारिणी अध्यक्ष यादव भने त्यस विषयमा निर्णय गर्न नहतारिने पक्षमा छन् ।


Advertisment
Nabil box
Kumari

एमसीसीको विपक्षमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीसँग यादवले शुक्रवार बैठक नै गरेका छन् ।

Vianet communication

पछिल्लो केही दिनदेखि जनकपुर रहेका यादव काठमाडौं आएलगत्तै शुक्रवार माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को निवास खुमलटारमा बसेको तीन दलको बैठकमा उपस्थित भएका थिए ।

त्यसपछि प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकमा समेत यादव सहभागी भएका थिए।

यादव खुमलटार पुगेकै बेला भट्टराईले भने बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।

'जसपाका बहुसंख्यक सांसदले एमसीसीको पक्षमा मतदान गर्नेछन् भनेर उहाँले प्रधानमन्त्रीलाई आश्वस्त पार्नुभएको छ,' जसपाका एक नेताले भने ।  भट्टराईले संसदीय दलमा पनि बहुमत जुटाउन विभिन्न सांसदहरूसँग निरन्तर संवादमा गरिरहेको ती नेताले बताए ।

एमसीसीको विषयमा यादवले अहिलेसम्म खुलेर कुनै अभिव्यक्ति नदिएपनि उनको मूभ हेर्दा उनी एमसीसीको विपक्षमा रहेको देखिन्छ । अर्कातर्फ भट्टराई ज्यान फालेर नै एमसीसीको पक्षमा लागेका छन् ।

जसपाका प्रचार विभाग प्रमुख डम्बर खतिवडा भट्टराई मात्र होइन, जसपाका बहुसंख्यक सांसदले एमसीसीको पक्षमा मतदान गर्ने दाबी गर्छन् ।

'एमसीसी संसदमा टेबुल भएपछि पार्टीको संसदीय दलको बैठकबाट नै बहुमतको आधारमा निर्णय गराएर एमसीसीको पक्षमा मतदान गर्ने रणनीतिमा हामी छौं,' भट्टराई पक्षीय नेता खतिवडाले लोकान्तरसँग भने, 'अब उपेन्द्रजीले के गर्ने भन्ने उहाँको स्वतन्त्रताको कुरा हो । अन्तिममा भट्टराई एक्लै भएपनि एमसीसीको पक्षमा मतदान गर्नुहुन्छ ।'

संसदीय दलको बैठकमा बहुमत नपुगेको खण्डमा पार्टीको कार्यकारिणी समितिको बैठकमा बहुमत जुटाएर भएपनि एमसीसीको पक्षमा पार्टीलाई उभ्याउने रणनीतिमा भट्टराई अगाडि बढेका छन् ।

'कार्यकारिणी  समितिको बैठकमा हाम्रो बहुमत पुगिसकेको छ, अब संसदीय दलको बैठकबाट बहुमत पुर्‍याउने प्रयासमा छौं,' खतिवडाले लोकान्तरसँग भने, 'मतदान हुने दिन सांसदको नाम र संख्या पनि प्रस्ट हुन्छ ।'

'पार्टीको संसदीय दलको बैठकमा हुने निर्णयविपरीत भट्टराईले मतदान गर्नुभयो भने उहाँलाई पार्टीले कारवाही गर्नसक्छ,' यादवनिकट एक नेताले भने।

दुई दिनअघि मात्र जसपा सांसद मोहम्मद इस्तियाक राईले लोकान्तरसँग कुरा गर्दै पार्टीका बहुसंख्यक सांसद एमसीसीको विपक्षमा रहेकाले संसदीय दलको बैठकबाट पनि विपक्षमा मतदान गर्ने निर्णय हुने बताएका थिए । 'एमसीसी राष्ट्रघाती परियोजना रहेकाले त्यसलाई अस्वीकार गर्नुपर्ने भन्ने पार्टीका बहुमत सांसदको विचार देखिएकाले निर्णय गर्नुपरे विपक्षमा नै मतदान गर्ने निर्णय संसदीय दलको बैठकबाट हुन्छ,' राईले भनेका थिए ।

एमसीसीको पक्षमा भट्टराई लाग्दा पार्टी विभाजन हुने निश्चित जस्तो देखिएको छ । तर नेताहरू विभाजनको सम्भावनालाई नकार्छन् ।

'पार्टी फुटाउने हाम्रो कुनै योजना, रुचि वा उद्देश्य छैन, पार्टी विभाजन गर्दैनौं,' खतिवडाले लोकान्तरसँग भने, 'एमसीसीको पक्षमा उपेन्द्रजी पनि आउनुपर्छ भन्ने हाम्रो आग्रह हो। आउनुहुन्न भने पनि हामी एमसीसीकै पक्षमा मतदान गर्छौं ।'

राजनीतिक र नैतिकरूपमा समेत भट्टराईले कमिटमेन्ट गरिसकेको हुनाले अब त्यहाँबाट पछि हट्ने कुरा नभएको उनले बताए ।

पार्टीको संसदीय दलको निर्णयविपरीत भट्टराईले एमसीसीको पक्षमा मतदान गरे कारवाही गरेर पार्टीबाट निष्कासन गर्नेसम्मको तयारी उपेन्द्र पक्षले गरेको छ ।

'पार्टीको संसदीय दलको बैठकमा हुने निर्णयविपरीत भट्टराईले मतदान गर्नुभयो भने उहाँलाई पार्टीले कारवाही गर्नसक्छ,' यादवनिकट एक नेताले भने।

यता खतिवडा भने कारवाही कसले कसलाई गर्ने हो त्यो पछिको विषय भएको बताउँछन् ।

विश्वका लोकतान्त्रिक शक्तिहरूसँग सहकार्य गरेर जानुपर्छ भन्ने भट्टराईको राजनीतिक लाइन रहेको भन्दै उनले कम्युनिस्ट पार्टीले बोकेको लाइनलाई जसपाले बोक्न नहुने बताए ।

'हाम्रो पार्टीमा केही पूर्व कम्युनिस्ट पार्टीका नेताहरू भए पनि कम्युनिस्टको विचारधारा नबोक्ने, लोकतान्त्रिक विचारधारा बोक्ने भनिएको अवस्थामा पनि उपेन्द्रजीले कम्युनिस्ट पार्टीकै विचारधारा बोक्न खोज्नुभएको छ,' खतिवडाले भने, 'त्यसकारण पार्टी विभाजन नै भएपनि हामी एमसीसीको पक्षमा छौं, रहन्छौं।'

कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले एमसीसीको विषयमा पार्टीमा कुनै निर्णय नभएको बताए ।

'यत्रो महत्त्वपूर्ण विषयमा पनि पार्टीको बैठक बस्न सकेको छैन, सबै नेताहरू आ-आफ्नो ढंगले पक्ष र विपक्षमा लाग्नुभएको छ,' यादवले लोकान्तरसँग भने, 'पार्टीको बैठक बसेर औपचारिक निर्णय नहुँदासम्म केही भन्नसक्ने अवस्था छैन।'

गत मंसिर ५ देखि ७ गतेसम्म जसपाको कार्यकारिणी बैठक बसेको थियो । त्यसपछि पार्टीको कार्यकारिणी बैठक नै बस्न सकेको छैन।

एमसीसीलाई लिएर नै पार्टी विभाजन हुन सक्ने खतरा बढ्दै गएको उनले पनि स्वीकारे ।

'पार्टीलाई विभाजनको खतराबाट जोगाउनका लागि विगतमाजस्तै यसपटक पनि औपचारिक निर्णय नगर्ने र आ-आफ्नो ढंगले पक्ष वा विपक्षमा मतदान गर्न खुला छाड्ने रणनीति पनि हुन सक्छ,' उनले भने, 'विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाइएको अविश्वासको प्रस्तावमा मतदान गर्ने बेला पार्टीले ह्वीप नलगाएर पक्ष वा विपक्षमा मतदान गर्न सांसदलाई छुट दिएको थियो, त्यही कुरा फेरि हुन सक्छ।'

पार्टीको नेतृत्व संरचना तथा कार्यशैलीलाई लिएर भट्टराई पक्षधर असन्तुष्ट रहँदै आएको अवस्थामा एमसीसीको विषयले पार्टीमा विभाजनका थप रेखा कोरिएको छ । पार्टीको विधानमा नै मधेशी, खस आर्य, आदिवासी जनजातिसहित तीन क्लस्टरको सामूहिक नेतृत्व हुनुपर्छ भन्ने कुरामा मन्त्री यादवको पनि जोड छ ।

'त्यस विषयमा त म मात्र होइन, कार्यकारिणी समितिका सबै सदस्यहरू सहमत छन्, तर उपेन्द्रजीले बैठक नै बोलाइरहनुभएको छैन,' उनले भने, 'अहिले संघीय परिषद् अध्यक्ष रहेका डा. बाबुराम भट्टराईलाई पनि कार्यकारिणी अध्यक्षमा ल्याउने र संघीय परिषद्को अध्यक्षमा अशोक राईलाई पुर्‍याउने पार्टीका अधिकांश नेताको माग हो।'

सामूहिक नेतृत्व र सामूहिक निर्णयमा जाने कुरामा अधिकांशको जोड रहेको उनले बताए ।

'पछिल्लो केही समय उपेन्द्रजीले पार्टीमा निर्णय नै नगरी आफूखुशी निर्णय गरिरहेकाले पनि समस्या भएको हो,' उनले थपे, 'त्यसकारण पार्टीको बैठक नबसे पार्टीको एकता थप संकटमा पर्ने जोखिम बढेको छ।'

बाबुराम भट्टराई पक्षधरहरू ध्रुवीकृत हुँदै गएको अवस्थामा उपेन्द्रले अहिलेसम्म मुख खोलेका छैनन् । उनी त्यस विषयमा मौन देखिएका छन् । यसरी किचकिच गर्नुभन्दा पार्टी छाडेर जाने हो भने जाऊन् भन्ने मनस्थितिमा उपेन्द्र रहेको उनीनिकट अर्का एक नेताले बताए ।

'दुईजना कार्यकारिणी अध्यक्ष राजपा र समाजवादी पार्टी एकता हुँदा बनेको हो,' ती नेताले भने, 'जसपा विभाजन भएर लोसपा बनेपछि महन्थ ठाकुर रहेको कार्यकारिणी अध्यक्षको पदको औचित्य पनि सकिएको छ । अब दोस्रो कार्यकारिणी अध्यक्ष हुँदैन । उपेन्द्रजी त्यसका लागि सहमत पनि हुनुहुन्न,' उनले भने ।

जसपामा २१ जना सांसद छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x