×

NMB BANK
NIC ASIA

नेपाली नेता विभाजित हुँदा २ शक्ति राष्ट्र अमेरिका र चीन आमनेसामने

फागुन ७, २०७८

NTC
Premier Steels

अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विषयलाई लिएर नेपालको राजनीतिक दल विभाजित हुँदा विश्वका २ शक्तिशाली राष्ट्र अमेरिका र चीन आमनेसामने देखिएका छन् ।

Muktinath Bank

पछिल्लो समय माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसीको विपक्षमा रहरहेका बेला २ दलको भातृ संगठन वाईसीएल र युवा संगठन विरोधमा उत्रिएपछि प्रहरीले दमन गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रवार एमसीसीको विरोध गर्दै कलंकीमा प्रेसर कुकर बम राखिएपछि अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै हिंसात्मक गतिविधि अमेरिकालाई मान्ने नहुने बतायो ।


Advertisment
Nabil box
Kumari

अमेरिकी दूतावासले वाक् स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसमा अमेरिकाले समर्थन गर्ने बताएको छ । एमसीसीको विषयमा पनि अमेरिकाको सोही धारणा रहेको तर हिंसा भड्काउने किसिमको विचार स्वीकार्य नहुने जनाएको छ ।

Vianet communication

दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले एक साताअघि प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई टेलिफोन गरी एमसीसी सम्झौता’दयगत अमेरिकाको धारणा सार्वजनिक गरेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले अमेरिकाले आफूलाई एमसीसी पास गर्न धम्की दिएको बताए । उनले एमसीसी पास नगरे त्यो चीनको दबाब ठान्ने डोनाल्ड लुले टेलिफोनमा धम्की दिएको बताएका थिए ।

अमेरिकी सहायक विदेशमन्त्री लुले शीर्ष राजनीतिक दलका नेताहरूलाई फोन गरेका थिए । अरू नेताले एमसीसीको विषयमा लुले धारणा मागेको बताए पनि माओवादी अध्यक्ष प्रचण्डले भने आफूलाई धम्की आएका रूपमा अर्थाएका थिए । सहायक विदेशमन्त्री लुले सम्झौता अनुमोदनका लागि नेपालले गरेको आग्रहअनुसार फेबु्रअरी २८ पछि थप्न नसकिने बताएका थिए ।

एमसीसीको विषयमा राजनीतिक दलहरू विभाजित भइरहेका बेला शुक्रवार मात्रै चिनियाँ परराष्ट्र प्रवक्ता वाङ् वन पिनले अमेरिकाले नेपालमा ‘धम्की कूटनीति’ गरेको भन्दै प्रतिरोध गर्ने चेतावनी दिएका छन् । एमसीसीका कारण नेपालमा चीनको परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ लागू नहुन सक्ने भन्दै प्रवक्ता पिनले चेतावनी दिएका हुन् ।

नेपालमा सत्तारूढ दल माओवादी केन्द्र र एकीकृत समाजवादीबाहेक सबै दल एमसीसीको पक्षमा छन् । हाल संसद्मा दुई दलका कारण एमसीसी टेबल हुन नसकिरहेका बेला अमेरिकाले समयसीमा तोकेर एमसीसी अनुमोदन गर्न दबाब दिएको थियो । यहीबीचमा एमसीसी संसद्मा टेबल हुन नसकिरहेका बेला चीनले औपचारिक रूपमा पत्रकार सम्मेलन गरेर चेतावनी दिएको हो ।

चिनियाँ परराष्ट्र प्रवक्ताको धारणा सार्वजनिक भएकै दिन नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीले पनि ट्वीट गर्दै एमसीसीको विषयलाई लिएर हिंसा भड्काउने कुरा स्वीकार्य नहुने बताइसकेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा राजदूत बेरीले लोकतन्त्रमा शान्तिपूर्वक आफ्नो विचार राख्ने छुट सबैलाई भए पनि हिंसा भड्काउने विचार भने स्वीकार्य नहुने बताएका हुन् ।

दूतावासले केही दिनयता एमसीसीको विषयमा भ्रम फैलाइएको भन्दै त्यसविरुद्ध अभियान पनि थालेको छ । समाजमा कसरी भ्रमपूर्ण खबर प्रवाह भइरहेका छन् भन्ने विषयमा अमेरिकी दूतावासले निरन्तर सूचना प्रवाह गरिरहेका छन् ।

एमसीसीको विषयमा राजनीतिक दलहरू ध्रुवीकृत बनिरहेका बेला विश्वका शक्ति राष्ट्रहरू खुला रूपमा आउँदा यो विषय झनै जटिल बन्न पुगेको छ । अबको केही दिनमै नेपाली कांग्रेस एमसीसी संसद्मा पेश गरेर अनुमोदन गर्ने पक्षमा उभिएको छ भने माओवादी केन्द्र र एकीकृत समाजवादी अहिलेकै अवस्थामा एमसीसी पास हुन नहुने पक्षमा छन् ।

नेकपा एमाले, जसपा लगायतका दल एमसीसीकै पक्षमा छन् । यता सडकमा पनि माओवादी केन्द्र र समाजवादीको निर्देशनमा अमेरिकाविरुद्ध प्रर्दशन भइरहेका छन् । जसले गर्दा एमसीसीलाई झनै जटिल बनाउने काम भइरहेको भन्दै अमेरिकी दूतावासले सो गतिविधिलाई सूक्ष्म रूपमा हेरिरहेको बताइरहेको छ ।

विश्वका प्रमुख शक्तिहरू नेपालमा एमसीसी परियोजनाको विषयमा मुखर भएर आउँदा यो विषयलाई झनै जटिल बन्न पुगेको छ । एमसीसी सम्झौताको विरोधमा राजधानीसहित विभिन्न स्थान विरोध प्रदर्शन भएको छ । काठमाडौैंस्थित अमेरिकी दूतवासले भ्रम फैलाएको भन्दै त्यसविरुद्ध अभियान शुरू भएको छ ।

२०७४ भदौ २९ गते शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकार र एमसीसीबीच ५०० मिलियन डलर (करीब ५५ अर्ब रुपैयाँ) अनुदानको सम्झौता भएको थियो । केपी शर्मा ओलीको नेतृत्वको सरकारको पालामा २०७६ सालमै एमसीसी संसद्मा प्रस्ताव दर्ता भए पनि सभामुखले अगाडि बढाउन सकेका छैनन् । त्यतिखेर पेश भएको एमसीसी प्रस्ताव अहिले पनि संसद्मै रहेको छ तर अनुमोदनको विषयमा राजनीतिक दलबीचको मतभेदका कारण प्रक्रिया अगाडि बढेको छैन ।

अमेरिकाले एमसीसी परियोजनामार्फत नेपाललाई विद्युत् प्रसारण लाइन र सडक सञ्जालका लागि ५० अर्ब रुपैयाँ नेपाललाई अनुदान दिन लागेको हो । एमसीसीले अफ्रिका, ल्याटिन अमेरिका र एसिया महादेशमा गरी २४ देशमा सहकार्य गरिरहेको छ । त्यसमा १७ देशमा कार्यान्वयनमा रहेका कम्प्याक्ट र थ्रेसहोल्डमा छन् भने १० वटा विकासक्रममा छन् । राजधानीमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x