×

NMB BANK
NIC ASIA

निक्सनको ऐतिहासिक चीन भ्रमणको ५० वर्ष

अमेरिकाले चीनको साथ खोजेको त्यो क्षण

फागुन ९, २०७८

NTC
File Photo : Xinhua
Premier Steels

आज (फेब्रुअरी २१) विश्व राजनीतिको महत्त्वपूर्ण दिन हो । पचास वर्षअघि अर्थात् १९७२ मा आजैको दिन अमेरिकाका तत्कालीन राष्ट्रपति रिचर्ड निक्सनले जनगणतन्त्र चीनको भ्रमण गरेका थिए । 

Muktinath Bank

कोरियाली युद्धपछि २५ वर्षसम्म चीन र अमेरिकाको सम्बन्ध चिसिएको बेलामा निक्सनको भ्रमणले सम्बन्ध सुधारको बाटो खोलेको थियो । त्यही भ्रमणपछि चीन एकान्तवासबाट निस्केर विश्वसँग घुलमिल गर्न थालेको थियो अनि उसको आर्थिक प्रगतिको बाटो पनि खुलेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निक्सनको यो भ्रमण सफल बनाउनका लागि पर्दापछाडि उनका राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिन्जरले ठूलो भूमिका खेलेका थिए । उनले गोप्य रूपमा चीन भ्रमण गरेर निक्सन भ्रमणको पृष्ठभूमि तयार पारेका थिए ।


Advertisment
Nabil box
Kumari

निक्सनको भ्रमणको महत्त्व बुझ्नका लागि त्यतिबेलाको परिस्थितिलाई पनि अध्ययन गर्नुपर्ने हुन्छ । 

Vianet communication

त्यस समयमा अमेरिका भियतनाम युद्धमा फसेको थियो । सन् १९६७ मा राष्ट्रपति उम्मेदवार बन्दाखेरी नै निक्सनले युद्ध अन्त्य गर्ने वाचा मतदातासामु गरेका थिए । भियतनाम युद्धलाई अन्त्य गरेर अन्तर्राष्ट्रिय मामिलामा नयाँ मोड ल्याउने र अमेरिकी प्रभाव विश्वभरि फैलाउने उनको रणनीति थियो । 

निक्सनको यस रणनीतिका लागि चीनको साथ अपरिहार्य थियो । चीनको साथ पाएपछि भियतनामलाई युद्ध अन्त्य गर्नका लागि दबाब दिन सकिने आकलन पनि निक्सनले गरेका थिए ।

त्यतिखेर चीन आर्थिक तथा सामरिक रूपमा बलियो राष्ट्र बनिसकेको थिएन तर उससँग भएको विशाल जनसंख्यालाई आर्थिक उन्नतिको बाटो देखाउन पाए अन्ततोगत्वा त्यसबाट अमेरिकालाई समेत लाभ पुग्ने निक्सनको सोच थियो ।

द्रुत गतिमा आर्थिक विकास गरेर चीन बलियो बन्यो र अहिले ऊ अमेरिकाको समकक्षीको हैसियतमा आइसकेको छ । निक्सनको चीन भ्रमणको दीर्घकालीन परिणाम भनी यसलाई व्याख्या गर्न मिल्छ किनकि निक्सनले चीनसँग महानता हासिल गर्ने क्षमता छ भन्ने कुराको पहिचान गरेका थिए । 

त्यो उद्देश्य पूरा गर्नका लागि चीनलाई एकान्तवासबाट बाहिर ल्याएर विश्व समुदायसँग घुलमिल गराउनुपर्ने उनको सोच थियो । यसको बारेमा उनले राष्ट्रपति उम्मेदवार हुँदा नै फरेन अफेयर्स पत्रिकामा लेखेका थिए ।

त्यतिखेर शीतयुद्ध चलिरहेको थियो । अमेरिका र सोभियत संघबीच प्रभुत्वको लडाइँ थियो । निक्सन र किसिन्जरले चीनसँग सम्बन्ध विकसित गरेर विश्वको द्विध्रुवीय विभाजनलाई अमेरिकाको पक्षमा पार्न रणनीति बनाइरहेका थिए ।

शीतयुद्धमा सोभियत संघमाथि अमेरिकालाई हावी गराउन चीनको साथ आवश्यक रहेको सोच निक्सनमा आएको थियो । चीनलाई हात लिन पाए सोभियत संघको ध्यानाकर्षण हुने र उसलाई कस्न सकिने सोच निक्सनले राखेका थिए । 

हुन त निक्सनको पालामा अमेरिका र सोभियत संघबीच तनाव घटेको स्थिति थियो । तैपनि चीनलाई आफूसँग ल्याउन पाए कम्युनिस्ट समाजवादी मुलुकहरूको खेमालाई तोडेर कमजोर बनाउन सकिने रणनीति निक्सन र किसिन्जरले विकसित गरेका थिए ।

निक्सनकै जस्तो रणनीति चीनका तत्कालीन राष्ट्रपति माओ चतोङ र प्रधानमन्त्री चाउ एनलाईले पनि बनाएका थिए । सोभियत संघका राष्ट्रपति जोसेफ स्टालिनको मृत्युपछि चीन र सोभियतको सम्बन्ध बिग्रन थालेको थियो । 

सन् १९६९ सम्म आइपुग्दा दुई देशबीच सीमामा युद्ध समेत भएको थियो । सोभियतलाई सन्तुलनमा राख्नका लागि अर्को महाशक्तिको साथ आवश्यक रहेको अनुभव चीनलाई हुन थालेको थियो र निक्सन यस अवसरको प्रतीक्षामा थिए । 

माथि संकेत गरिएअनुसार, स्टालिनसँग माओले राम्रो सम्बन्ध कायम गरेका थिए । तर स्टालिनपछि सत्तामा आएका निकिता ख्रुश्चेभ र लियोनिड ब्रेजनेभसँग माओको ठ्याक मिल्दैनथियो । 

अनि चीनको परराष्ट्रनीतिका विषयमा नेतृत्व त्यतिखेर दुई खेमामा बाँडिएको थियो । एक खेमामा चाउ एनलाई थिए भने अर्को खेमामा लिन प्याओ । 

नरम सोच राख्ने चाउ अमेरिकासँग चीनको सम्बन्ध विस्तारको पक्षमा थिए । माओको महान् अग्रगामी छलाङ र सांस्कृतिक क्रान्तिका कारण चीनको अर्थतन्त्र धराशायी बनेकाले माओलाई अर्थतन्त्र उकास्नका लागि पश्चिमसँग सम्बन्ध सुधार गर्न चाउ खेमाले सल्लाह दिएको थियो । 

लिन चाहिँ सोभियत संघसित सम्बन्ध बढाउनुपर्ने मत राख्थे । सन् १९७० मा माओ चाउतर्फ ढल्किए किनकि लिन हदभन्दा बढी शक्तिशाली बन्दै गएको र उनलाई हटाउनुपर्ने सोच माओमा आउन थालेको थियो । अनि माओ आफैंलाई पनि सोभियत संघ र भारतसँगको द्वन्द्वमा एक बलियो महाशक्तिको साथ आवश्यक छ भन्ने अनुभूति हुन थालेको थियो ।

त्यसबाहेक चीनलाई अमेरिकासँगको सम्बन्ध विकासबाट आफूमाथि आइलागेको भूराजनीतिक दबाबको अन्त्य हुने आशा थियो । सोभियत संघको सीमामा तनावको स्थिति रहँदा दक्षिणपूर्वी र उत्तरपूर्वी एसियामा अमेरिका हातहतियारका साथ तैनाथ थियो । 

चीन र अमेरिकाबीच कोरियाली युद्धपछि सम्बन्ध बिग्रेको बेलामा अमेरिकाले जापान, दक्षिण कोरिया, ताइवान र दक्षिणपूर्वी एसियाली मुलुकहरूमा घातक हातहतियार तैनाथ गरेर चीनमाथि दबाब दिइरहेको थियो । यस्तो स्थितिमा वाशिङटनसँग हात मिलाएर मस्कोलाई तर्साउने अनि दक्षिणपूर्वी तथा उत्तरपूर्वी एसियामा अमेरिकी दबाब घटाउने दाउ बेइजिङले गरेको थियो । 

यसरी अमेरिका र चीनका शीर्ष नेताहरूको राष्ट्रिय स्वार्थ तथा रणनीति मिल्न गएकाले सम्बन्ध विस्तारको बाटो खुलेको थियो । त्यसपछि दुई देशबीच गोप्य सन्देश आदानप्रदान हुन थालेको थियो । 

फ्रान्स, पोल्यान्ड, रोमानिया र पाकिस्तानले यी दुई देशबीचको सन्देश आदानप्रदानका लागि मध्यस्थता गरेका थिए । निक्सनले अमेरिकाको टेबलटेनिस (पिङपङ) टोलीलाई चीनको मैत्रीपूर्ण भ्रमणका लागि स्वकिृति दिएका थिए । त्यो पछि पिङपङ कूटनीतिका रूपमा प्रख्यात बन्यो । 

किसिन्जरको गोप्य भ्रमणले निक्सनको भ्रमणका लागि भूमिका बनाएपछि निक्सनले एक हप्ता चीनमा बिताए । फेब्रुअरी २१ देखि २८ सम्म निक्सन र उनका सल्लाहकारहरूले चीनका शीर्ष अधिकारीहरूसँग ठोस र सार्थक कुराकानी गरे । निक्सन, उनकी पत्नी प्याट र अमेरिकी टोलीले बेइजिङ, हाङ्चाउ र शांघाई शहरको भ्रमण गरेका थिए ।  

भ्रमणपछि अमेरिका र चीनको सरकारले शांघाई वक्तव्य (कम्युनिके) जारी गरेका थिए । त्यसमा दुवै मुलुकले कूटनीतिलाई पूर्णतया सामान्य बनाइने वाचा गरेका थिए । अमेरिकाले ताइवानबाट आफ्ना सैनिक हटाउने प्रतिज्ञा गरेको थियो र चीनले ताइवान समस्याको शान्तिपूर्ण समाधान गर्ने प्रत्याभूति दिलाएको थियो । 

निक्सन भ्रमणकै परिणामस्वरूप अमेरिका र चीनबीच सन् १९७९ मा सम्बन्ध सामान्यीकरण भयो । अमेरिकाले ताइपेइलाई नभई बेइजिङलाई कूटनीतिक मान्यता दियो । एक चीन नीतिमा सहमति जनाएर अमेरिकाले ताइवान चीनकै एक भाग भएको बताएको थियो । 

त्यही वर्ष चीनका सर्वोच्च नेता तङ स्याओपिङले अमेरिका भ्रमण गरेर द्विपक्षीय सम्बन्ध विकसित गर्न योगदान गरे । विशेषगरी अमेरिकासँगको व्यापारिक सम्बन्धमा उनले जोड दिएका थिए । त्यसबाटै चीनले अद्भुत आर्थिक विकास गर्न सकेको थियो । 

द्रुत गतिमा आर्थिक विकास गरेर चीन बलियो बन्यो र अहिले ऊ अमेरिकाको समकक्षीको हैसियतमा आइसकेको छ । निक्सनको चीन भ्रमणको दीर्घकालीन परिणाम भनी यसलाई व्याख्या गर्न मिल्छ किनकि निक्सनले चीनसँग महानता हासिल गर्ने क्षमता छ भन्ने कुराको पहिचान गरेका थिए । 

दुई देशबीचको सम्बन्धलाई पुनः सामान्य बनाउन निक्सनले ५० वर्षअघि चालेको कदम राम्रो शिक्षा हुन सक्छ । अर्थात्, सम्बन्ध सुधारको पहल अमेरिकाले नै गर्नुपर्ने हो । त्यसका लागि घेराबन्दी र रोकको नीतिलाई अमेरिकाले परित्याग गर्नुपर्ने हुन्छ ।  तर ट्रम्पकै जोधाहा नीतिलाई बाइडन प्रशासनले अघि बढाएको छ ।

एक शताब्दीसम्म पश्चिमी शक्तिहरूले दमन गरेर घुँडा टेकाएको भए पनि चीनको उदय भएर ऊ विश्वशक्ति बन्ने कुरामा निक्सन विश्वस्त रहेको उनका लेख र सम्बोधनहरूको अध्ययन गर्दा थाहा हुन्छ । 

उदय भइसकेको चीनलाई आर्थिक तथा सैन्य जोखिमका रूपमा लिएर उससँग अमेरिकाले शत्रुवत् व्यवहार गरेकाले अहिले दुई देशबीच तनाव छ । पूर्ववर्ती ट्रम्प प्रशासनले चीनलाई रणनीतिक प्रतिस्पर्धीको संज्ञा दिँदै उससँग व्यापारयुद्ध चर्काएको थियो भने सी चिनपिङको नेतृत्वमा रहेको चीनले एसियाली मामिलामा अमेरिकाको हस्तक्षेपलाई सहन नसक्ने सन्देश दिन थालेको छ । 

दुई देशबीचको सम्बन्धलाई पुनः सामान्य बनाउन निक्सनले ५० वर्षअघि चालेको कदम राम्रो शिक्षा हुन सक्छ । अर्थात्, सम्बन्ध सुधारको पहल अमेरिकाले नै गर्नुपर्ने हो । त्यसका लागि घेराबन्दी र रोकको नीतिलाई अमेरिकाले परित्याग गर्नुपर्ने हुन्छ । 

तर ट्रम्पकै जोधाहा नीतिलाई बाइडन प्रशासनले अघि बढाएको छ । हालै प्रकाशित हिन्द–प्रशान्त रणनीतिको प्रतिवेदनमा चीनले गतिविधि गर्ने वातावरणलाई सन्तुलन गर्ने (अर्थात् चीनलाई रोक्ने) कुरा उल्लेख छ । 

अमेरिका चीनसँग रणनीतिक प्रतिस्पर्धा गरिरहने र शीतयुद्ध चर्काउने मूडमा देखिएकाले दुई देशबीचको सम्बन्ध थप चिसिने आकलन गर्न सकिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x