×

NMB BANK
NIC ASIA

मातृभाषा राष्ट्रिय कविता महोत्सवमा ४० भाषाका ४६ कवि

फागुन १०, २०७८

NTC
Premier Steels

अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्सव २०७८ मा ४० भाषाका ४६ कवि एव कवयित्रीले कविता वाचन गरेका छन् ।

Muktinath Bank

मातृभाषाको संरक्षणका लागि सोमबार आयोजित कार्यक्रममा अछामी भाषाका मनोजकुमार साउद, अठार मगर खाम भाषाका राकेश बिएम ‘चिन्तन’, अवधी भाषाका शवनम श्रीवास्तव, उर्दु भाषाका नासीर मुहमद अन्सार नेपाली, उराँव भाषाका कुमारी सरना उराँव, केवरत भाषाका हेमन्ती केवरत र धिरजकुमार दासले कविता वाचन गरेका थिए । 
 
यसैगरी खस भाषाका नवीन न्यौपाने, गुरुङ भाषाका तेजबहादुर गुरुङ, घले भाषाका गणेशबहादुर घले, चाम्लिङ राई भाषाका सहस्रा राई, जिरेल भाषाका टीकाभक्त जिरेल, डोटेली भाषाका सरस्वती भाट धामी र राजेन्द्र तारकिणी, ढुट मगर भाषाका हिरामती राना सिञ्जाली, ताजपुरिया भाषाका सपनाकुमारी ताजपुरिया, तामाङ भाषाका अनिता तामाङ, तीन गाउँले थकाली भाषाका रामबहादुर थकाली, थामी भाषाका रुपाकुमारी थामीले पनि आ–आफ्ना भाषामा लेखिएका कविता वाचन गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

थारू डङ्गोरा भाषाका जुनु थारू, थारू मध्य (चितवनीया) भाषाका सावित्री  चौधरी, थुलुङ भाषाका सुवोध राई, दनुवार भाषाका रमेशकुमार दनुवार, दुरा भाषाका सीता दुरा, देवास राई भाषाका विष्णु देवास राई, धिमाल भाषाका गणेशमान धिमाल, नाछिरिङ भाषाका प्रतापसिह नाछिरिङ, नेपाल भाषाका ओमनरहरि श्रेष्ठ र काशीराम विरास, बज्जिका भाषाका सन्दीपकुमार साह, बान्तवा राई भाषाका सुमन राई र शुक्र बान्तवाले पनि मातृभाषामा रचना गरिएको कविता सुनाएका थिए । 


Advertisment
Nabil box
Kumari

बायुङ राई भाषाका किशोर बायुङ राई, भोजपुरी भाषाका ऋतिक यादव, मगही भाषाका मुरलीप्रसाद यादव, मेचे भाषाका रोशनी मेचे, मैथिली भाषाका राकेशकुमार झा ‘रसिक’ र रुपेशकुमार सदाय, राजवंशी भाषाका अजयप्रसाद राजवंशी, बाम्बुले राई भाषाका एलिना बाम्बुले राई र रवि बाम्बुले राई, शेर्पा भाषाका आङ्गडेण्डी शेर्पा, सन्थाली भाषाका शिवु मुर्मु, सुनुवार भाषाका सपना सुनुवार, संस्कृत भाषाका प्रा डा विष्णुप्रसाद देवकोटा र हायु भाषाका गुना हायुले पनि मातृभाषामा कविता वाचन गरेका थिए ।
 
प्रतिष्ठानले नेपालका सबै मातृभाषा संरक्षण गर्ने उद्देश्यले ११ वर्ष अघिदेखि २१ फेब्रुअरीका दिन महोत्सव आयोजना गर्दै आएको छ । कार्यक्रमका लागि ४० भाषाका ९७ कविता प्राप्त भएकामा छनोट उपसमितिले ४६ वटा चयन गरेको थियो ।

Vianet communication

कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा जगमान गुरुङ, सदस्य सचिव प्रा जगतप्रसाद उपाध्याय, कार्यक्रम संयोजक एवं साहित्य (मातृभाषा) विभाग प्रमुख लक्ष्मी मालीलगायतले गत वर्ष मातृभाषामा प्रतिष्ठानले प्रकाशन गरेका कविता एवं साहित्यका पुस्तक संयुक्तरूपमा विमोचन गरेका थिए ।

कार्यक्रमका सहभागीलाई प्रमाण पत्र दिँदै उहाँहरूले मातृभाषा संरक्षणका लागि प्रतिष्ठानले निरन्तर काम गर्ने प्रतिबद्धता जनाएका थिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

बैशाख ४, २०८१

गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x