×

NMB BANK
NIC ASIA

एमसीसीकाे सकस

कांग्रेस-एमालेकाे दुई चरणको छलफल सकियो, संसद खुलाउने र एमसीसी पास गर्नेबारे संवाद

फागुन १२, २०७८

NTC
Premier Steels

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु बीचको छलफल सकिएको छ । 

Muktinath Bank

छलफलमा संसद सुचारु गराउन एमाले तयार नभएको छलफलमा सहभागी सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमाले अध्यक्ष केपी शर्मा ओलीले पुरानै शर्त दोहोर्‍याएको र त्यसमा निर्णय नपुगिएको उनले बताए ।


Advertisment
Nabil box
Kumari

तर, एमाले र कांग्रेसले छलफल भने निरन्तर अगाडि बढाउन सहमत भएको बताइएको छ ।

Vianet communication

‘६ महिनादेखि संसद अवरुद्ध छ । संसद चलाउन प्रतिपक्षको भूमिका महत्वपूर्ण हुन्छ । संसद चलाएर सबैको सहयोगमा एमसीसी अनुमोदन गरौ भन्ने प्रस्ताव प्रधानमन्त्रीले गर्नुभयो । तर, प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले पुरानै कुरा राख्नुभएको छ’, कार्कीले भने । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले संसद चल्न नदिएको कारण प्रधानमन्त्रीलाई पनि थाहा भएको भन्दै ती कारणको निराकरण नहुँदासम्म संसद चल्न नसक्ने बताएको कार्कीले जानकारी दिए ।

एमालेले आफूले कारबाही गरेको १४ जना सांसद संसदमा उपस्थित हुन नहुने वा उक्त कारबाहीको सूचना नटास्ने सभामुखले राजीनामा दिनुपर्ने शर्त राख्दै आएको छ । 

एमालेले अहिलेको सत्तारूढ गठबन्धन भत्काउन चाहेको छ । यसमा भने कांग्रेस सभापति शेरबहादुर देउवा पनि सहमत भइसकेका छन् । 

संसदलाई व्यवस्थित र प्रभावकारी बनाउन एमाले र कांग्रेसका नेताहरुबीचको वार्ता भने जारी राख्न नेताहरु सहमत भएको उनले बताए । 

संसद सुचारु गर्ने बारे छलफल भए पनि निश्कर्षमा भने पुग्न नसकिएको उनले बताए । 

दिउँसो बानेश्वरस्थित संसद भवनमा लामो छलफल गरेका एमाले र कांग्रेसका नेताहरु साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि पुगेका थिए । 

एमालेकातर्फबाट अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुवास नेम्बाङ र विष्णु पौडेल छलफलमा सहभागी थिए ।

कांग्रेसकातर्फबाट सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र केन्द्रीय सदस्य एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहभागी भएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x