×

मतदाता नामावलीमा दाबी विरोध गर्न कर्णाली निर्वाचन कार्यालयको आग्रह

फागुन १६, २०७८

निर्वाचन आयोग, कर्णाली प्रदेश निर्वाचन कार्यालय वीरेन्द्रनगर सुर्खेतले मतदाता नामावलीमा दाबी विरोध गर्न वा नाम सच्याउन आग्रह गरेको छ ।  

फागुन १९ गते मतदाता नामावली प्रकाशन हुने सूचना गर्दै सो कार्यालयले प्रकाशित मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन सम्बन्धित वडा कार्यालय र प्रमुख दर्ता अधिकारीको कार्यालयमा निवेदन दिन आग्रह गरेको छ ।


Advertisment

प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले मतदाताको नाम दोहोरिएको, फरक पर्न गएको, एकभन्दा बढी स्थानमा नाम आएको, मृत्यु भएकालगायत विभिन्न समस्या यही फागुन २६ गतेभित्र सुधार गरिसक्नुपर्ने बताए । 


Advertisment

‘प्रकाशित मतदाता नामावलीमा कसैको मृत्यु भएमा वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन सम्बन्धित परिवारले मृतकका हकमा मृत्यु दर्तासहित सम्बन्धित वडामार्फत प्रमुख नाम दर्ता अधिकारीलाई निवेदन दिनुपर्ने छ,’ उनले भने, ‘मौखिकरुपमा कसैले मृत्यु भयो भने वा नागरिकता त्यागेको भन्ने कुरालाई आधार मानिने छैन ।’ 

उनले प्रकाशित मतदाता नामावलीमा वैशाख २९ गतेसम्म १८ वर्ष पुग्ने जो कोहीले मतदानमा भाग लिन पाउने जनाए । कसैले झुटा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए सोकोविरुद्धमा उजुरी दिन, दाबी विरोध गर्न, बसाइँसराइलगायत विभिन्न कारणले नाम फरक परेका मतदातालाई नाम सच्याउन सुझाएका थिए । 

२०७४ मा सुर्खेतको मतदाता संख्या दुई लाख चार हजार ५७७ भई हाल दुई लाख ४० हजार ८०१ हुने अनुमान गरिएको बताउँदै प्रदेश निर्वाचन अधिकारी चालिसेले त्यसका लागि सुर्खेतमा १३८ मतदानस्थल, ०७४ सालमा २६३ मतदान केन्द्र बढेर यो चुनावमा २९२ मतदान केन्द्र हुने बताए । 

कर्णाली प्रदेशका सबै जिल्लाको मतदाता संख्या, मतदानस्थल र मतदान केन्द्र केही समयपछि उपलब्ध गराइने उनको भनाइ थियो ।

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x