×

NIC ASIA

सन्दर्भः एमसीसी

एमसीसीकै कारण शान्ति सम्झौता उल्टिने र संविधान डिरेल हुने चित्र देखेँ- प्रचण्ड

फागुन १६, २०७८

Prabhu Bank
NTC
Premier Steels

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)कै कारण शान्ति सम्झौता दुर्घटनामा पर्ने, संविधान डिरेल हुने र गठबन्धन टुट्यो भने धेरै चिज उल्टिने खतरा देखेपछि बीचको बाटो खोजेर एमसीसी अनुमोदन गरेको बताएका छन् । 

Muktinath Bank

आज उनले आफ्नै निवास खुमलटारमा पत्रकार सम्मेलन आयोजन गरेर एमसीसी अनुमोदनको क्रममा भएको रस्साकस्सी र पहलकदमीको फेहरिस्त सुनाएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफ्नै पार्टीको नेतृत्वमा सरकार हुँदा एमसीसी अघि बढाएको तर, प्रदीप ज्ञवाली अमेरिका भ्रमणमा गएको बेला नेपाल पनि इन्डो प्यासिफिक रणनीतिको सदस्य भएको समाचार सार्वजनिक भएपछि एमसीसीमा विवाद शुरू भएको दाहालले बताए । 


Advertisment
Nabil box
Kumari

तत्कालीन नेकपामा आफैंले एमसीसीबारे अध्ययन गर्न कार्यदल बनाएको र कार्यदलले केही महत्त्वपूर्ण विषयमा संशोधन नगरी अनुमोदन गर्न नहुने सुझाव दिएपछि एमसीसीबारे बहस  सतहमा आएको उनले बताए । 

Vianet communication

‘तत्कालीन प्रधानमन्त्री केपी ओली जसरी पनि एमसीसी अनुमोदन गर्ने पक्षमा थिए । मैले नै केही संकल्प प्रस्तावसहित अनुमोदन गरौँ भनेको थिएँ । त्यसबेला विपक्षी दल रहेको कांग्रेस सभापति पनि यसमा सहमत नै हुनुहुन्थ्यो तर, केपी ओली जस्ताको तस्तै पारित गर्ने पक्षमा भएकाले प्रस्ताव अघि बढ्न सकेन,’ प्रचण्डले भने ।

तत्कालीन नेकपाको केन्द्रीय सचिवालयको ९ जना सदस्यमध्ये ७ जना संकल्प प्रस्तावसहित अघि बढाउने पक्षमा हुँदा पनि ओलीसहित दुई जना भने जस्ताको तस्तै अनुमोदन गराउने पक्षमा रहेको प्रचण्डले बताए । 

देशलाई दुर्घटनामा जान नदिनको लागि व्याख्यात्मक घोषणा गरेर एमसीसी अनुमोदनको लागि पार्टीमा निर्णय गराएको उनले बताए ।

एमसीसीका विषयमा लामो विवाद र छलफल भएपछि गठबन्धनमा ‘असहमत हुन सहमत हुने’ सहमति गरेको तर, त्यसले काम नगरेको पनि उनले बताए । 

‘हामीले एग्री टू डिसएसग्रीको सहमति गरेका थियौं । तर, त्यसले काम गरेन । सरकार बदल्ने, गठबन्धन भत्काउने प्रयास हुन थाल्यो । त्यसलाई रोक्न पनि कुनै न कुनै उपाय निकालेर एमसीसी अनुमोदन गनुपर्ने अवस्था आयो,’ प्रचण्डले भनेका छन् । 

संयुक्त राष्ट्र संघको पूर्व महासचिव डा. अर्जुनबहादुर थापासँगको परामर्शपछि व्याख्यात्मक घोषणा संसदबाट पारित गरेर एमसीसी अनुमोदन गराउने निष्कर्षमा पुगेको पनि प्रचण्डले बताए । 

डा. थापासँगको छलफलबाट भियना कन्भेन्सनअनुसार एउटा पक्षले आधिकारिक रूपमा गरेको व्याख्यात्मक घोषणालाई अर्को पक्षले स्वीकार गर्नुपर्ने प्रावधान रहेको बुझेपछि व्याख्यात्मक घोषणाको  पक्ष लिएको उनले प्रस्ट्याए । 

एमसीसी अनुमोदन भएपछि देश दुर्घटनाबाट बचेको भनेर खुशी लागेको प्रचण्डले बताएका छन् ।

एमसीसीमा राष्ट्रिय सहमति बनोस् भनेर  पहल गर्दा आफ्नो विद्रुपीकरण गरिएको भन्दै प्रचण्डले गुनासो पनि गरेका छन् । ‘एमसीसीकै कारण संविधान र लोकतन्त्र नै खतरामा पर्ने चित्र देखेपछि राष्ट्रिय सहमति बनाउने प्रयासमा लागेको थिए । सबैको बीचमा समझदारी बनाउने प्रयासलाई विद्रुपीकरण गरियो,’ उनले भने ।  

गठबन्धनको सरकार बनेर काम गर्न थालेपछि निर्वाचनसम्म सहज रुपमा जान्छ भन्ने अपेक्षा गरिएको तर, बीचमा एमसीसीको कारण समस्या सिर्जना गरिएको उनले बताए । 

राष्ट्रिय सहमति बनाउनकै लागि प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटारमा बोलाएर छलफल गरेको र आफैंले प्रधानमन्त्रीलाई बालकोटसमेत पठाएको प्रचण्डले पत्रकार सम्मेलनमा बताएका छन् । 

‘एमसीसीको कारण दल, समाज र राष्ट्र नै विभाजित अवस्था आयो । राष्ट्रिय सहमति बनाऔं भन्ने प्रस्ताव राखेको हो । प्रधानमन्त्री पनि सहमत नै थिए । तर, प्रतिपक्ष नआएपछि टुंगोमा पुग्न सकेन,’ प्रचण्डले भने, ‘प्रधानमन्त्रीलाई बालकोट गएर भए पनि कुरा गर्नुस् भनेर सुझाव दिएको थिएँ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x