×

यस्तो छ निर्वाचन आयोगले गरेका महत्त्वपूर्ण ६ काम

फागुन ३०, २०७८

निर्वाचन आयोगले फागुन २६ देखि ३० गतेसम्म गरेका काम कारवाही सार्वजनिक गरेको छ । यो बीचमा आयोगले ६ वटा काम सम्पन्न गरेको जनाएको छ । 

उम्मेदवारले खर्च गर्न पाउने रकमको हद निर्धारण, निर्वाचन अनुगमन निर्देशिका २०७८, स्थानीय तह निर्वाचन सञ्चालन आर्थिक व्यवस्थापन कार्यविधि २०७८ समेत आयोगले स्वीकृत गरेको छ । 


Advertisment

स्थानीय तहको निर्वाचन प्रयोजनका लागि ८० वटा राजनीतिक दलहरूले दिएको निवेदनका आधारमा जाँचबुझ गर्दा ७९ वटा राजनीतिक दलहरू दर्ता भएको आयोगले जनाएको छ ।


Advertisment

२०७८ फागुन २६ गतेदेखि ३० गतेसम्म आयोगले गरेको काम कारवाही यस्तो छ :

१.    आगामी स्थानीय तह निर्वाचनमा भाग लिने उम्मेदवारको लागि आयोगले मिति २०७८।११।२६ मा प्रचलित कानून बमोजिम उम्मेदवारले खर्च गर्न पाउने रकमको हद (संलग्न बमोजिम) निर्धारण गरेको छ । 

२.    स्थानीय तह निर्वाचन, २०७९ का लागि आयोगले मिति २०७८।११।२९ मा निर्वाचन अनुगमन निर्देशिका, २०७८ र मिति २०७८।११।३० मा स्थानीय तह निर्वाचन संचालन आर्थिक व्यवस्थापन कार्यविधि, २०७८ स्वीकृत गरेको छ । त्यसैगरी निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७८ समेत स्वीकृत भई कार्यान्वयनमा आएको छ । 

३.    स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन प्राप्त भएका ८० (असी) वटा राजनीतिक दलहरुको निवेदनका सम्बन्धमा जाँचबुझ गरी मिति २०७८।११।२६ को आयोगको निर्णय अनुसार ७९ वटा राजनीतिक दलहरु दर्ता भएका छन् ।

४.    मतदाता नामावली अद्यावधिक (दाबी विरोध समेत) कार्यक्रम, २०७८ अन्तर्गतका त्रुटि सच्याउने, दोहोरो परेको हटाउने र मृत्यु भएकाको विवरण हटाउने कार्यहरु भई रहेका छन् । 

५.    आगामी स्थानीय तह निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुको नामावली सम्बन्धित निकायबाट प्राप्त भएको छ र खटनपटनको गृहकार्य भइरहेको छ ।

६.    स्थानीय तह निर्वाचनमा आयोगले करिब एक महिनाको अवधिमा सम्पादन गरेका कृयाकलापहरुको जानकारी एवम् अन्य विविध विषयमा छलफल तथा अन्तरक्रिया गर्ने प्रयोजनका लागि मिति २०७८।११।२७ गते राजनीतिक दलहरुसँग छलफल कार्यक्रम सम्पन्न भएको छ । 

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x