×

ब्याटमिन्टन च्याम्पियन प्रिन्सलाई जापानी कम्पनीले ३२ लाख दिने, ८ महिना विदेशमा तालिमको सुविधा

चैत १५, २०७८

विश्व ब्याण्डमिन्टन जुनियरतर्फ पहिलो नम्बरका खेलाडी प्रिन्स दाहाललाई जापानी खेल कम्पनीले ३२ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

ललितपुरको ट्रिनिटी होटलमा मंगलवार एक कार्यक्रम आयोजना गरेर सहयोग सम्बन्धी सम्झौता भएको छ ।


Advertisment

जापानको ब्राण्डेड खेल उपकरण उत्पादन गर्ने कम्पनी योनेक्स सनराइजले दाहाललाई प्रत्येक वर्ष ८ लाख रूपैयाँका दरले ४ वर्ष निरन्तर सहयोग उपलब्ध गराउने सम्झौता गरेको हो । 


Advertisment

सम्झौताअनुसार अब प्रिन्सलाई योनेक्सले ४ वर्षसम्म ८ लाख रुपैयाँका दरले सहयोग उपलब्ध गराउने छ । त्यसबाहेक हरेक वर्ष २ महिनाका लागि भारत वा इन्डोनेसियामा तालिमका लागि पठाउने र त्यसको सबै खर्च योनेक्सले नै व्यहोर्ने भएको छ । 

खेल सामग्री उत्पादन कम्पनीले प्रिन्सको सबै खेल गतिविधि ४ वर्षसम्म योनेक्सको सोसल मिडिया एकाउन्ट र वेबसाइटमा राखेर प्रवद्र्धन गर्ने भएको छ । 

प्रिन्सले आफ्नो एथलेट म्यानेजरको रूपमा ४ वर्षका लागि विकास खेतानलाई नियुक्त गरेका छन् । खेतानले भारतको पुनेबाट स्पोर्ट्स म्यानेजमेन्टमा स्नातकोत्तर गरेका छन् ।

प्रिन्सका लागि दिइएको खेल सुविधा घोषणा कार्यक्रममा नेपालका ब्याटमिन्टन खेल जगतका प्रतिष्ठित व्यक्तिको उपस्थिति थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल ब्याटमिन्टन संघका उपाध्यक्ष नरेशबहादुर सिंहले प्रिन्सलाई आगामी दिनमा अन्तर्राष्ट्रियस्तरको खेलमा भाग लिने वातावरण बनाउने दायित्व संघको भएको बताए । अन्तर्राष्ट्रियस्तरको खेलमा नियमित सहभागी हुन पाउँदा मात्रै प्रिन्सले विश्व वरियतामा अझ राम्रो नतिजा ल्याउन सक्ने सिंहले बताए ।

संघका बोर्ड सदस्य सुभाष श्रेष्ठले प्रिन्सलाई दक्ष तालिम दिन आफूले सक्दो मेहनत गरेको बताए । प्रिन्सलाई २ महिनाको तालिमका लागि हुने सम्पूर्ण खर्च राष्ट्रिय खेलकुद परिषद्ले व्यहोर्ने व्यवस्थाका लागि सदस्य सचिवसँग मौखिक सहमति गरेको श्रेष्ठले बताए ।

कार्यक्रममा बोल्दै पूर्व ब्याटमिन्टन खेलाडी प्रताप अधिकारीले प्रिन्स दाहालले पाएको सुविधाको प्रशंसा गरेका थिए । ‘हामीले खेल्ने समयमा अहिलेको जस्तो सुविधा थिएन । कसैले हाम्रा लागि आर्थिक खर्च समेत गर्दैन्थे । अहिले त खेलाडीलाई प्रायोजन गर्न कम्पनीहरू नै अघि सरेर आउँछन्,’ अधिकारीले भने । 

कार्यक्रममा योनेक्स सनराइजका प्रतिनिधि राजु बास्तोलाले प्रिन्सलाई खेल सामग्री समेत हस्तान्तरण गरेका थिए । 

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

जेठ १६, २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन दबाबका लागि महाराजगञ्जस्थित अमेरिकी राजदूतावास घेर्न गएका युवा बालुवाटारमै धर्नामा बसेका छन् । दूतावासतिर जानबाट प्रहरीले रोकेपछि उनीहरू प्रधानमन्त्रीनिवास बाहिरै ध...

बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

जेठ ३, २०८१

भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।  बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् ।  ...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

जेठ १५, २०८१

सरकारले विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्ने भएको छ ।  मंगलवार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x