×

NMB BANK
NIC ASIA

सशस्त्र प्रहरीमा १९ दिनका लागि केसी आईजीपी

बैशाख १, २०७९

NTC
Premier Steels

पुष्पराम केसी सशस्त्र प्रहरी बल नेपालको १९ दिनका लागि प्रहरी महानिरीक्षक (आईजीपी) बनेका छन् । यसअघिका महानिरीक्षक शैलेन्द्र खनालले गत सोमवार आईजीपीको ४ वर्षे कार्यकाल पूरा गरी अनिवार्य अवकाश पाएपछि २०७८ चैत ३० गतेको मन्त्रिपरिषद् बैठकको निर्णयबाट सरकारले केसीलाई ११औं महानिरीक्षकमा बढुवा गरेको हो । 

Muktinath Bank

खनाल महानिरीक्षक भएको ४ वर्ष नपुगेको भए हालका आईजीपी केसी अतिरिक्तबाटै बाहिरिनुपर्ने थियो । खनालको ३० वर्षे सेवा अवधि हिसाब गर्ने हो भने केसीसँगै अवकाश पाउँथे तर सशस्त्रमा महानिरीक्षक भएको ४ वर्ष पुगेपछि अनिवार्य अवकाश हुने बाध्यकारी व्यवस्था केसीका लागि अवसर बन्न पुग्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सशस्त्रमा ३० वर्ष सेवा अवधि वा आईजी भएको ४ वर्ष जुनअघि आउँछ त्यही मितिबाट अनिवार्य अवकाश लिनुपर्ने व्यवस्था छ । आईजीका प्रतिस्पर्धीमा उनीसँगै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल पनि थिए तर वरियताका आधारमा सरकारले केसीलाई पदोन्नति गरेको हो । ३० वर्षे सेवा अवधिका कारण उनी वैशाख १८ गते अवकाश लिँदैछन् ।


Advertisment
Nabil box
Kumari

विक्रम संवत् २०२३ भदौ १५ गते नुवाकोटको तलाखु–३ मा जन्मिएका सशस्त्र प्रहरी महानिरीक्षक केसी हाल काठमाडौंको हात्तिगौडामा बस्छन् । त्रिभुवन विश्वविद्यालयबाट एमपीए गरेका केसी २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट सत्य, सेवा, सुरक्षणम्को झण्डामुनि रहेर सेवा दिन तल्लिन भए ।

Vianet communication

विक्रम संवत् २०५८ वैशाख ४ गते नेपाल प्रहरीबाट सशस्त्र प्रहरी बल नेपालमा स्थानान्तरण भएका सशस्त्र प्रहरी महानिरीक्षक केसी नेपाल सरकार मन्त्रिपरिषद्को २०७४ वैशाख २१ गतेको निर्णयबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएका थिए । महानिरीक्षक केसीले सुकीर्तिमय राष्ट्रदिप (तृतीय), सुप्रबल जनसेवाश्री तेस्रो, वीरेन्द्र ऐश्वर्य सेवा पदक, गोर्खा दक्षिणबाहु चौथो, प्रसिद्ध सेवा पदक, यूएन सेवा पदक, परदेश सेवा पदक, गद्धी आरोहरण रजत पदक, दुर्गम सेवा पदकलगायत १२ विभुषण, मानपदवी, पदक तथा अलंकारबाट विभूषित भएका छन् ।   

केसीले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय मानवस्रोत विभाग, कार्य तथा सीमा सुरक्षा विभाग, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, एपीएफ कमाण्ड तथा स्टाफ कलेज, राजस्व भन्सार तथा औद्योगिक सुरक्षा निर्देशनालय, सशस्त्र प्रहरी बल, नेपालको बाहिनी मुख्यालय, तालिम केन्द्र, गणलगायत कार्यालयको प्रमुख भएर जिम्मेवारी सम्हालिसकेका छन् । उनले सशस्त्र प्रहरीको नेतृत्व सम्हालेलगत्तै सशस्त्र प्रहरी कर्मचारीबाट राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रमा निःस्वार्थ भावनाका साथ व्यावसायिक भई कुशलतापूर्वक कार्यसम्पादन हुने विश्वास व्यक्त गरेका छन् ।

सशस्त्र प्रहरी कर्मचारीले आगामी दिनमा समेत नियुक्तिका क्षेत्रहरूमा उच्च हौसलाका साथ चेन अफ कमाण्ड, फौजी मर्यादा र अनुशासनमा रही सामुहिक भावनासाथ कार्यक्षेत्रमा क्रियाशील हुन केसीले अपेक्षा गरेका छन् । संगठन सुदृढीकरणका लागि योजना प्रस्तुत गर्दै उनले सशस्त्र प्रहरी बल नेपालको जनशक्तिको समयसापेक्ष र वैज्ञानिक ढंगले परिचालन, प्रभावकारी सीमा सुरक्षा व्यवस्थापन, आवश्यकता अनुसार ऐन नियम तथा निर्देशिका परिमार्जन, संगठन व्यवस्थापनमा लाग्ने प्रतिबद्धता जनाएका छन् ।

१८ दिनपछि को बन्ला नयाँ आईजी ?

अबको १८ दिनपछि एआईजी पद रिक्त हुने भएकाले हाल रहेका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट सशस्त्रको १२औं आईजीपी नियुक्त गरिने छ । हाल एआईजीको २ सिटमध्ये एउटा खाली छ । गृह मन्त्रालयको बढुवा समितिले बुधवार नै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकको पदोन्नतिका प्रयोजनार्थ प्राप्त गरेको शैक्षिक योग्यतालगायत आवश्यक प्रमाणपत्र पेश गर्न ३ दिनको समयसीमा दिइसकेको छ । 

आईजीको फूली लगाएकै दिन केसीले बुढुवा समितिका सदस्य सचिवको हैसियतले दाबी पेश गर्न सूचनामार्फत डीआईजीलाई आग्रह गरेका छन् । वरियतामा अगाडि रहेका हालका डीआईजी राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतममध्येबाट १ जना सशस्त्र प्रहरी अतिरीक्षक महानिरीक्षकमा बढुवा हुने र उनी नै भावी आईजीपी हुने देखिन्छ । त्यसैले अहिलेको बढुवा प्रक्रियालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विदुर खड्काका अनुसार अर्याल १ नम्बरमा छन् भने पौडेल दोस्रो र गौतम तेस्रो नम्बरमा छन् । अर्याल र पौडेल नेपाल प्रहरीबाट र गौतम नेपाली सेनाबाट सशस्त्रमा आएका हुन् । – नारायण ढुङ्गाना/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x