×

NMB BANK
NIC ASIA

लेटाङ घटना : महिला प्रहरीको हत्यामा मुछिएका १० आरोपी धरौटीमा रिहा

बैशाख ७, २०७९

NTC
Premier Steels

मोरङको लेटाङमा महिला प्रहरीको हत्या आरोपमा पक्राउ परेकामध्ये १० आरोपीलाई  मोरङ अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । 

Muktinath Bank

मोरङ अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले मंगलवार कर्तव्य ज्यान मुद्दाका आरोपीबाट जनही ५० हजार रुपैयाँ धरौटी लिने आदेश गर्दै रिहा गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अदालतको आदेशपछि धरौटी रकम लिएर रिहा गरिएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

अदालतको आदेशसँगै कृष्ण विश्वकर्मा, डम्बरबहादुर कार्की, विशेष मगर, सन्तोष कुँवर, कुमारबहादुर खोक्रेल, कपिल नेपाली, समिर राई, मनकुमार महरा, अनिल विश्वकर्मा र लेखबहादुर मगर ५० हजार धरौटीमा रिहा भएका छन् । मुद्दाका ५ आरोपी फरार छन् ।

Vianet communication

अभद्र व्यवहार गरेको अभियोगमा मुद्दा खेपिरहेका १५ जना नाबालकलाई पनि न्यायाधीश ढकालको इजलासले अभिभावकको जिम्मा लगाउने आदेश दिएको छ ।

लेटाङ–५ खेरुवास्थित शिक्षा माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेलले ६ कक्षामा अध्ययनरत बालिकालाई यौन दुर्व्यवहार गरेको घटना चर्किएपछि शान्तिसुरक्षाका लागि गएको प्रहरीमाथि आक्रमण हुँदा चैत ६ गते राति २६ वर्षीया महिला प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या भएको थियो ।

घटनामा संलग्न भएको भन्दै मोरङ प्रहरीले १४ वर्षीय नाबालकसहित १६ जनाविरुद्ध आजीवन कैदको माग गर्दै गत बुधवार जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो । तीमध्ये ५ जना फरार छन् । कर्तव्य ज्यान मुद्दा परेका नाबालकलाई गत मंगलवार न्यायाधीश ढकालकै इजलासले अभिभावकको जिम्मा लगाउन आदेश दिएको थियो ।

प्रहरीले घटनामा ६७ जना प्रत्यक्ष रूपमा संलग्न भएको ठहर गर्दै ६२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । त्यसमध्ये १ नाबालकसहित १६ जना कर्तव्य ज्यानमा संलग्न भएको ठहर गर्दै आजीवन कैदको माग गर्दै कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको थियो ।

प्रहरीले ५१ जनाविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाएको थियो । त्यसमध्ये १५ जना नाबालक थिए । सूचना अधिकृत बुढाथोकीका अनुसार अभद्र व्यवहारका ५१ जनामध्ये सरकारी वकिल कार्यालय र अनुसन्धान अधिकृतले सञ्जीव प्रधान, जस्वीन तामाङ, श्रवण यादव, अर्पण परियार, रामकुमार राई, अमृत खेवालिम्बु, रुपेश रानामगर, सुजन अधिकारी, चन्द्रकान्त लामा, पासाङ तामाङ र प्रह्लाद खड्कालाई कुनै दाबी नपुगेको भन्दै मुद्दा नचल्ने निर्णय गरेको थियो ।

चैत ६ गते आइतवार साँझ मोरङको लेटाङमा उत्तेजित भीडमा मारिएकी २६ वर्षीया प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु गोली लागेर भएको पुष्टि भएपछि घटना थप रहस्यमयी बनेको छ । श्रेष्ठलाई लागेको गोली प्रहरीको हो वा उत्तेजित भीडबाट पनि गोली चलेको थियो भन्ने पुष्टि हुन सकेको छैन । घटनामा प्रहरीले २ दर्जन बढी हवाइ फायर गरेको थियो ।

प्रारम्भिक चरणमा प्रहरीले श्रेष्ठको मृत्यु उत्तेजित भीडले धारिलो हतियार प्रहार गर्दा भएको बताउँदै आएको थियो तर पोस्टमार्टम रिपोर्टमा उनको मृत्यु ‘सक प्रिजेन्ट वाई फाइयर आम इन्जुरी’का कारण भएको र घाँटीमा गोली फेला परेको उल्लेख गरिएपछि घटना थप शंकास्पद बनेको छ । श्रेष्ठको घाँटीबाट छिरेको गोली पेटसम्म पुगेको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ ।

प्रहरीकै गोली लागेर प्रहरीकै मृत्यु भएको हो कि भन्ने आशंकामा मृतकको शरीरमा भेटिएको गोली र प्रहरीका हतियारका गोली विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्दा मेल नखाएपछि भीडबाटै चलेको गोलीले श्रेष्ठको मुत्यु भएको पुष्टि भएको मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए । घटनास्थलमा १० थान सट गनको खोका फेला पर्नुले भीडबाट पनि गोली चलेको पुष्टि हुने कोइरालाको भनाइ छ ।

छात्रामाथि यौन दुर्व्यवहारको आरोप लागेका शिक्षक मनोज पौडेल पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालतका न्यायाधीश दुर्गा खड्काको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x