×

NMB BANK
NIC ASIA

उद्यम

फिनटेकका ‘कान्छा सीईओ’ विनयको लोभलाग्दो व्यावसायिक छलाङ

बैशाख १०, २०७९

NTC
Premier Steels

नेपालमा फिनटेक (फाइनान्सियल टेक्नोलोजी) क्षेत्र पछिल्लो समय द्रूतगतिमा अगाडि बढ्दैछ । यस क्षेत्रमा विभिन्न कम्पनीहरू अहिले अगाडि बढ्दै आइरहेका छन् । 

Muktinath Bank

यसै भीडमा सानै उमेरमा फिनटेक क्षेत्रमा जमेका एक युवा यतिखेर नयाँ ‘ब्राण्डनेम’का साथ अग्रपंक्तिमा देखिन्छन् । उनी हुन् खल्तीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्का ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फिनटेक क्षेत्रका कान्छा सीईओ भनेर उनको नयाँ परिचय बनेको छ । उमेरले भर्खर २७ वर्षका भए खड्का । 


Advertisment
Nabil box
Kumari

२७ वर्षमै करीब ३०० कर्मचारीको नेतृत्व गर्दै उनले लोकप्रिय फिनटेक कम्पनी खल्ती सञ्चालन गरिरहेका छन् ।

Vianet communication

७ कक्षादेखिको सोच – नेपाल टपको यात्रा

विनयको जन्म नुवाकोटको शिवपुरीमा भयो । शिवपुरी दूरीका हिसाबले काठमाडौंबाट नजिकै छ । 

मध्यम वर्गीय परिवार । बुवा गाउँमै शिक्षक, आमा सरकारी जागिरे । 

९ कक्षासम्म स्कूल बंक गर्नेमध्येका एक थिए उनी । पढाइमा खासै ध्यान नजाने तर उनलाई ९ कक्षामा भने ‘सेल्फ रियलाइजेसन’ भयो, अलि राम्रोे नम्बर ल्याएर परीक्षामा पास हुनुपर्छ भन्ने । 

त्यसपछि उनले स्वविवेकले पढाइमा केही ध्यान दिन थाले । विनयले २०६६ सालमा एसएलसी दिए । एलएलसीमा उनको डिस्टिङ्सन नै आयो ।

त्यसपछि ११ र १२ कक्षामा उनले कम्प्युटर साइन्स अध्ययन गरे । त्यसपछि चार्टर्ड एकाउन्टेन्सीको अध्ययन शुरू गरे । 

नेपालमा सीए पढ्न केही गाह्रो हुने उनलाई धेरैले बताएका थिए । त्यसकारण उनले इन्डियामा नै सीए गर्ने सोचे तर उनलाई उनकै एक जना साथीले इन्डिया जान रोके । 

उनका साथी हुन् सजिन शाक्य । शाक्यले आफू पनि सीए अध्ययन गर्ने र नेपालमै गर्नुपर्ने बताएपछि खड्का पनि नेपालमै पढ्न तयार भए । 

अहिले शाक्य अमेरिकामा छन् । क्याप आईआईमा अध्ययन गर्दैगर्दा उनी अमेरिका हानिएका हुन् तर उनका साथी खड्का २०१७ मा नेपालमै सबैभन्दा बढी अंक ल्याएर सीए बने । नेपाल टप भएपश्चात उनले गोल्डमेडल समेत प्राप्त गरे । 

‘मैले आफूले नै सोचेको थिइनँ म टप हुने,’ खड्का सम्झन्छन्, ‘तर अनुशासित भएर अध्ययन चाहिँ गर्थेँ ।’ नेपालमा धेरैले सीए पढ्दैनन् । पास पनि निकै कम २–३ जना मात्रै हुन्छन् । 

त्यतिखेर खड्काको रजिस्ट्रेसन नम्बर १ हजार २६ थियो । आफूभन्दा पछाडि कति विद्यार्थी थिए उनलाई याद छैन । सानैदेखि सीए पढ्ने सोच सफल भएकोमा उनी अहिले गर्व गर्छन् ।

‘७ कक्षामा हुँदादेखि नै मलाई सीए पढ्ने सोच थियो,’ खड्का भन्छन्, ‘सामान्य पेशामा वा पृष्ठभूमिमा हुर्किएका मानिस बिजनेशमा भन्दा पनि प्रोफेसन रोज्ने हुन्छन् । मैले सीए रोजें ।’

गोल्ड मेडलपछिको औपचारिक रोजगारी

२०१८ को शुरूबाट खड्काले औपचारिक रूपमा रोजगारी शुरू गरे, एनआईसी एसिया बैंकबाट । अधिकृत स्तरमा उनले त्यहाँ काम शुरू गरेका थिए । त्यहाँ ७ महिना काम गरेपछि ई–सेवामा लागे उनी । 

ई–सेवामा उनले करीब १ वर्ष काम गरे र फेरि फर्किए एनआईसी एसिया बैंकमा ।

दोस्रो पटक एनआईसी एसिया बैंकमा प्रवेश गर्दा खड्काले डिजिटल मार्केटिङ प्रमुखको जिम्मेवारी सम्हाले । लगभग साढे २ वर्ष उनले त्यहाँ काम गरे । 

औपचारिक रोजगारी शुरू गरेको झण्डै ४ वर्षमा उनी एक चर्चित फिनटेक कम्पनी ‘खल्ती’को प्रमुख कार्यकारी अधिकृत बन्न सफल भए । २०२१ को अन्तिममा उनी खल्तीको सीईओ बने । 

खल्तीमा सानै उमेरमा सीईओ बनेका उनी पछिल्लो समय सबैभन्दा कान्छो उमेरको सीईओको नामले चर्चित छन् । 

कुनै कार्यक्रम वा भेटघाटमा उनलाई ‘योङ्गेस्ट सीईओ’को दर्जा दिइन्छ । खड्का भन्छन्, ‘मलाई अहिले छुट्टै ब्राण्ड भ्यालु क्रियट गरिदिएको छ खल्तीले ।’

उनले आफूले फिनटेकमा अगाडि बढ्दै गर्दा नेतृत्वदायी भूमिका खेलेका व्यक्तित्वसँग काम गर्ने अवसर पाएको सम्झन्छन् । त्यही अवसरलाई सदुपयोग गर्दै अहिले सीईओ बनेकोमा उनी विश्वस्त देखिन्छन् । खड्काले औपचारिक रूपमा विजनेश गर्न थालेको २३ वर्षको उमेरदेखि हो तर सीए पढ्दै गर्दा पनि उनले करीब ३ वर्ष कुनै न कुनै कम्पनीमा काम गरिरहे । 

‘क्याप ३ मा ३ वर्ष काम नै गर्नुपर्ने हुन्छ । त्यो काम गरेको सबै काम आईक्यानमै बुझाउनुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘मैले ३ वर्षको दौरानमा ‘क’, ‘ख’ वर्गका बैंक तथा अन्य विभिन्न कम्पनीहरूमा पनि काम गरेको थिएँ ।’

फिनटेकमा जम्दै

अध्ययनका हिसाबले सीए पढे खड्काले । बैंकमा करिअर शुरूआत गर्दैगर्दा उनले भविष्यमा फिनटेक कम्पनी अगाडि बढ्ने प्रशस्तै सम्भावना देखे ।

त्यसपछि धेरै नसोची उनले ई–सेवामा आफ्नो काम शुरू गरे । त्यतिखेर ई–सेवा भर्खर–भर्खर विकसित हुँदै गएको थियो ।

इसेवामा आएपछि उनको संगत नै बदलियो । फिनटेक सम्बन्धित मानिसहरूसँग भेटघाट बाक्लियो । उनले त्यही संगतकै कारण फिनटेकमा यात्रा शुरू गरेका थिए ।
 
उनले आफ्नो करिअर अगाडि बढाउँदै गर्दा आकर्षक तलब पनि त्यागे । सीएमा उच्च अंक ल्याएर पढेकै आधार र कामको प्रकृतिका आधारमा पनि राम्रो जागिरको अफर आउँथ्यो उनलाई तर त्यो सब बिर्सिएर उनले फिनटेकमा हात हाले । एक हिसाबले उनले ठूलो जोखिम मोले । 

उनी सम्झन्छन्, ‘मैले बजारको अवस्थाअनुसार निर्णय लिएँ । आफ्नो विज्ञता थिएन तर भविष्यमा फिनटेकमा राम्रो हुन्छ भन्ने सोचेर यात्रा अगाडि बढाएको थिएँ, राम्रै भइरहेको छ ।’

‘खल्तीमा आउँदाको त्यो क्षण’

विनय खल्तीमा आउनुपूर्व दोस्रो पटक एनआईसी एसिया बैंकमा कार्यरत थिए । त्यतिखेर विभिन्न कम्पनीबाट उनलाई ‘अफर’ नआएको होइन तर उनले ‘डिसिजन’ दिएका थिएनन् । 

सोही अनुरूप नै खल्तीका सञ्चालक अमित अग्रवालसँग पनि उनको कुरा भएको थियो । सीईओको जिम्मेवारी पाउने भएपछि उनले खल्तीका सञ्चालकलाई जवाफ दिए ‘हुन्छ’ ।

फेरि करीब ३०० जनाको इनोभेटिभ टीम ड्राइभ गर्ने मौका सधैं नआउला भन्ने पनि थियो । त्यसपछि उनले ‘डिसिजन’ दिए ।

त्यही दिन नै बैंकका ‘चिफ स्टार्टेजी अफिसर’ले एक होटलमा आगामी रणनीतिका विषयमा छलफलका लागि बोलाएका थिए । 

साढे २ घण्टा लामो छलफलपछि उनले आफ्नो अगाडिको ‘डिसिजन’ सुनाए, मैले बैंक छाड्दैछु ।’ 

त्यो क्षण सम्झँदै खड्काले भने, ‘त्यसपछि केहीबेर त्यहाँ सन्नाटा छायो । उहाँ न रिसाउनु न हाँस्नुको मोडमा पुग्नुभयो । मलाई पनि निकै गाह्रो भइरहेको थियो ।’

... ...

सीईओ खड्का अहिले आफ्नो करिअरलाई  अगाडि बढाइरहेका छन् । यतिखेर उनले सिकेको महत्त्वपूर्ण पाठ भनेको हतार गर्नुहुन्न भन्ने हो । 

‘हतारमा २५ हजारको जागिर खाएर २५ मै बसिरहने कि लाइफटाइम हुने गरी रिटर्न लिन लाग्ने ?’ उनी प्रश्न गर्छन् । 

खल्तीमा यात्रा 

खल्ती अहिले ५ वर्षमा दौडिरहेको छ । खल्तीमा अझै पनि मानिसले २४ सै घण्टा आवश्यक काम गर्न तथा जनताको पहुँचमा पुर्‍याउन धेरै काम हुन बाँकी रहेको सीईओ खड्का बताउँछन् । अहिले नयाँ सुविधा ल्याउने गरी खल्तीले काम गरिरहेको उनी सुनाउँछन् । 

खल्तीले यसै आर्थिक वर्षभित्रमा डिजिटल कर्जा (खल्तीबाटै लोन लिन सक्ने सुविधा ल्याउने तयारी गरेको छ । यस्तै खल्ती क्वीजको पनि निरन्तरता गर्न लागेको उनले बताए । 

उनी भन्छन्, ‘खल्ती क्वीज चर्चित थियो । बीचमा रोकिएको थियो । यो आर्थिक वर्षभित्रमै त्यो ल्याउँदैछौं ।’
 
यसबाहेक खल्तीले अहिले विभिन्न ई–कमर्स कम्पनीहरूसँग सहकार्य गर्दै अगाडि बढिरहेको उनी बताउँछन् ।

खल्तीलाई पेमेन्ट एपबाट लाइफस्टाइल एप बनाउनेतर्फ अगाडि बढिरहेको खड्काको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x