×

NIC ASIA

नेकपा एमाले काठमाडौं महानगरको प्रतिवद्धतापत्र ३ भाषामा

बैशाख १०, २०७९

Prabhu Bank
NTC
Premier Steels
Marvel

नेकपा एमालेले काठमाडौं महानगरको चुनावी प्रतिवद्धतापत्र ३ भाषामा सार्वजनिक गरेको छ ।

नेकपा एमाले काठमाडौं महानगर कमिटीले शुक्रवार ३ भाषाको प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमालेले नेपाली, नेपालभाषा (नेवाः) र अंग्रेजी भाषामा आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ ।


Advertisment
Rupse Holidays
Nabil box

प्रतिवद्धतापत्र सबैले बुझ्ने सम्पर्क भाषा नेपालीका अतिरिक्त काठमाडौंको स्थानीय भाषा नेपालभाषा र युवा पुस्ता एवं दुवै भाषा नबुझ्ने विदेशीहरूका लागि अंग्रेजी भाषामा प्रतिवद्धतापत्र तयार गरेको महानगर कमिटीले जानकारी दिएको छ ।  

Vianet communication

नेपालमा भएका सबै भाषाहरूप्रति सम्मान प्रकट गर्नुका साथै तत्तत् भाषामै प्रतिवद्धतापत्र प्रकाशित गर्दा सम्प्रेषणीय हुने भएकाले नेकपा एमाले काठमाडौं महानगर कमिटीले स्थानीय भाषामा पनि प्रतिवद्धतापत्र सार्वजनिक गरेको काठमाडौं महानगरपालिकाका प्रमुख एवं नेकपा एमाले केन्द्रीय सदस्य विद्यासुन्दर शाक्यले जानकारी दिए ।

नेकपा एमालेले काठमाडौं महानगरका लागि जारी गरेको प्रतिवद्धता पत्रमा जम्मा १०८ बुँदा छन् । यसमा काठमाडौंको सम्पदा, पूर्वाधार निर्माण, फोहरमैला व्यवस्थापन आदि जस्ता विषयकेन्द्रित बुँदाहरू रहेका छन् । १०८ बुँदाको सार्वजनिक प्रतिवद्धता पत्रमा नेकपा एमाले नेतृत्वका जनप्रतिनिधिको पहिलो कार्यकालमा ऐन, नियम, कार्यविधिको तर्जुमा, सडक तथा ढलहरूको नियमित मर्मत सम्भार, स्तरोन्नति तथा विस्तार २०७२ सालको महाभूकम्पबाट क्षति भएका सम्पदाको जीर्णोद्धार, पुनर्निर्माण, अमूर्त सम्पदाको जगेर्ना जस्ता कार्य अघि बढेको उल्लेख छ ।

‘सार्वजनिक स्थल संरक्षण, वडा कार्यालय भवन निर्माण, विद्युतीय सुशासन, जनस्वास्थ्य सेवा प्रवद्र्धन, स्थानीय भाषामा पठनपाठन, आधुनिक शौचालय निर्माण, आकाशे पानी पुनर्भरण, सामुदायिक विद्यालय पूर्वाधार तथा शिक्षण सुधार, फोहरमैला व्यवस्थापनको दीर्घकालीन समाधानको कार्यान्वयन प्रक्रिया आरम्भ, युवा उद्यमशीलता प्रवद्र्धन, तथ्यमा आधारित नीति निर्माण जस्ता महत्त्वपूर्ण तथा दूरगामी कार्यक्रम तथा योजना कार्यान्वयन भएका छन्,’ प्रतिवद्धता पत्रमा भनिएको छ, ‘विशेषतः विश्वव्यापी कोभिड–१९ को महामारीबाट ग्रसित महानगरवासीको जीवनरक्षाको लागि काठमाडौं महानगरपालिकाको भूमिका अग्रणी रह्यो ।’

महानगरपालिकाले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा ७५ वर्षभन्दा माथिका वरिष्ठ ज्येष्ठ नागरिकलाई दिँदै आएको वार्षिक १२ हजार रुपैयाँ विशेष भत्ता वृद्धि गरी १८ हजार रुपैयाँ पुर्‍याउने उल्लेख गरेको छ । ‘युवाको जाँगर, समृद्ध महानगर’ अभियान सञ्चालन गरी युवाहरू संलग्न विज्ञान, प्रविधि, सामाजिक सेवा, उद्यमशीलता तथा सीपवृद्धिका क्षेत्रमा उदाहरणीय कार्य गर्ने संघ संस्थासँग समन्वय र सहकार्य गरिनेछ,’ प्रतिवद्धता पत्रमा भनिएको छ, ‘युवाहरूको सहयोगी समूहको सूची तयार गरी प्रत्येक वडामा स्वस्थ जीवनशैली, नेतृत्व विकास, सकारात्मक सोच सम्बन्धी युवासँग मेयर कार्यक्रम सञ्चालन गरिनेछ ।’

महानगरको सूचना नियमिता र प्रभावकारी सम्प्रेषणका लागि मिडिया डेस्कको स्थापना गर्ने कुरालाई पनि प्रतिवद्धता पत्रमा समावेश गरेको छ ।  

‘लैंगिक समानताकोे आधारः छोरी बुहारीलाई रोजगार’ कार्यक्रम अन्तर्गत बेरोजगार परिवारका महिलालाई क्षमता तथा योग्यता अनुसारको तालिम उपलब्ध गराई रोजगारीमा पहुँच सुनिश्चित गरिने कुरालाई पनि प्रतिवद्धता पत्रमा प्राथमिकतामा राखिएको छ । घरधुरीस्तरमा नै फोहरमैला वर्गीकरण गर्ने कार्यलाई प्राथमिकता दिइनेछ ।

प्रतिवद्धता पत्रमा बढी भीडभाड हुने सार्वजनिक स्थलमा आवश्यकता अनुसार सुविधा सम्पन्न र वातावरणमैत्री ६० वटाआधुनिक सार्वजनिक शौचालयको निर्माण गर्ने कुरालाई पनि    प्राथमिकतामा राखिएको छ । सरकारी वा सामुदायिक अस्पतालसँगको सहकार्यमा कम्तीमा ५० शय्याको महानगर ज्येष्ठ नागरिक अस्पताल सञ्चालनमा ल्याइनेछ,’ प्रतिवद्धता पत्रमै भनिएको छ, ‘महानगरवासीको स्वास्थ्य अवस्था पहिचानका लागि हेल्थ कार्ड प्रणाली अवलम्वन गरिनेछ । नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत महानगरवासीको स्वास्थ्य बीमा शुल्कको ५० प्रतिशत अनुदान उपलब्ध गराइनेछ ।’

‘पुनर्निर्माण हुन बाँकी रहेका सम्पूर्ण द्यःछेँं, आगंछेँ, त्वाःछेँ, क्वापाःछें, मन्दिर, बहाः बही, पाटी, सत्तल, ल्वहंहिटी आदि सम्पदाहरुको निर्माण कार्य सम्पन्न गरिनेछ । भद्रकाली, महाँकाल, वडा २५ को नउदेगः, संकटा मन्दिर लगायतका सम्पदाको पुनर्निर्माण गरिनेछ,’ प्रतिवद्धता पत्रमै भनिएको छ, ‘बौद्ध मूर्त अमूर्त सम्पदाहरूको संरक्षण तथा प्रबद्र्धन गर्न ‘बहाः बही संरक्षण तथा प्रवद्र्धन विकास समिति’ गठन गरिनेछ । विश्व सम्पदामा सूचीकृत वसन्तपुर दरवार क्षेत्र, स्वयम्भू, पशुपतिनाथ र बौद्ध परिसरको संरक्षण तथा विकासको लागि गुरुयोजना कार्यान्वयन गर्न सहकार्य गरिनेछ ।’

त्यसैगरी इन्द्रजात्रा, सेतो मछिन्द्रनाथ जात्रा, पचली भैरब जात्रा, पाँहाचह्रे पर्व लगायतका जात्रा/ पर्वहरूलाई अन्तर्राष्ट्रियकरण गर्दै विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने, काठमाडौं महानगरपालिका क्षेत्रभित्रका ऐतिहासिक, पुरातात्विक तथा वास्तुकलात्मक महत्त्वका परम्परागत शैलीका निजी तथा संस्थागत स्वामित्वका भवनहरूको संरक्षण तथा पुनर्निर्माणको लागि अनुदान दिइने जस्ता कुरा पनि उल्लेख गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x