×

NIC ASIA

रसुवामा चुनावी माहोल बढ्दै

बैशाख १७, २०७९

Prabhu Bank
NTC
Premier Steels

आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा भाग लिने उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै रसुवामा चुनावी माहोल बढ्दै गएको छ । 

Muktinath Bank

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार रसुवा जिल्लाको ५ गाउँपालिकाको लागि अध्यक्ष, उपाध्यक्षको साथै २७ वडा समेतमा १४५ जनप्रतिनिधिका लागि ४६५ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रसुवाका ५ वटै निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनमा भाग लिने उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको र रसुवामा ११ राजनीतिक दलले उम्मेदवारी दिएका छन् ।


Advertisment
Nabil box
Kumari

यही ११ र १२ गते उम्मेददवारको मनोनय दर्ता भएसँगै आ–आफ्ना पक्षमा मत माग्न नेता तथा कार्यकर्ता उत्साहपूर्वक घरदैलो कार्यक्रमलाई अघि बढाइरहेका छन् । रसुवामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, राप्रपा नेपाल, राप्रपा, मङ्गोल नेसनल अर्गनाइजेसन, नेकपा समाजवादी, ताम्सालिङ लोकतान्त्रिक पार्टी, जन समाजवादी पार्टी नेपालको साथै केही स्वतन्त्र व्यक्तिले उमेदवारको मनोनयन बुझाएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए ।

Vianet communication

स्थानीय तहको निर्वाचनको निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्था पूरा भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । शान्तिपूर्ण र भयरहित वातावरणमा स्थानीय निकायको निर्वाचन सम्पन्न गराउने साझा दायित्व भएकाले सबै क्षेत्रबाट सहयोग पाउनेमा आफूहरू आशावादी भएको सरकारी अधिकारीले जनाएका छन् ।

सुरक्षाका लागि पहिलो पङ्क्तिमा नेपाल प्रहरी, दोस्रो पंक्तिमा म्यादी प्रहरी, तेस्रोमा सशस्त्र प्रहरी बल र चौथो पंक्तिमा नेपाली सेना परिचालन हुने बताइएको छ ।    रसुवाका ५ वटा गाउँपालिका क्षेत्रमा ३४ मतदान तथा ५१ वटा मतदान केन्द्रबाट ३८ हजार ५४५ मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए ।

स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने ३०० भन्दा बढी निजामती कर्मचारी परिचालित हुने र कर्मचारी खटाउन पूर्व तयारी भइरहेको बताइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x