×

NMB BANK
NIC ASIA

प्राकृतिक विपत्तिको घटनामा परी ५ जनाको मृत्यु

जेठ ७, २०७९

NTC
Premier Steels

हावाहुरी र चट्याङ जस्ता प्राकृतिक विपत्तिको घटनामा परेर ५ जनाको मृत्यु भएको छ  । यस्तै १२ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बितेको २४ घण्टामा सो घटनाबाट मानवीय क्षति भएको हो । 

Muktinath Bank

प्राविधकरणको बुलेटिनअनुसार चितवनमा हावाहुरीका कारण ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । भरतपुर महानगरपालिका ११ स्थित भोजाड जङ्गल स्थित भित्री सडकखण्डमा गुडिरहेको ना २ ह २२४७ नम्बर को अटोमा हावाहुरीको कारण रुख ढलेर च्यापिन जाँदा २ जनाको मृत्यु भएको हो । यस्तै घाइते २ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । 
यसैगरी चितवनकै बसेनीमा गुडिरहेको ना१ ज ६१४० नम्बरको म्याजिकमा रुख ढल्दा म्याजिक चालकको मृत्यु भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैगरी खोटाङको खोटेहाङ गाउँपालिका ३ सावाकटहरे चण्डीथान बस्ने बर्ष ४३ की महिलाको चट्याङ लागेर मृत्यु भएको छ । उनी शौचालय गएको बेला चट्याङ परेको प्राधिकरणले जनाएको छ । 
यस्तै यसैगरी सुनसरीको तरहरामा पनि चट्याङ लागेर एक् पुरुषको मृत्यु भएको छ । मोबाइल चलाएर बसिरहेको बखत चट्याङ लाग्न पुगेको थियो । 


Advertisment
Nabil box
Kumari

यसैगरी प्युठानको झिमरुक गाउँपालिका ५ माझगाँउ बस्ने बर्ष २५ की महिला आफ्नै घरमा बसिरहेको अवस्थामा नजिकै परेको चट्याङ्ग लागेर घाइते हुन पुगेको प्रहरीले जनाएको छ । यसैगरी कैलालीको लम्किचुहा नगरपालिका ८ गोप्का स्थित भित्री सडकमा गुडिरहेको से १ ख १८०६ नम्बरको बसमाथि हावाहुरीको कारण सुकेको रुख ढल्न जाँदा बसमा सवार ८ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको शनिबारको बुलेटिनमा जनाइएको छ । 
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x