×

NMB BANK
NIC ASIA

इन्धनको मूल्यवृद्धि नियन्त्रणबारे एमालेले संसदमा दर्ता गर्‍यो जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव

जेठ १०, २०७९

NTC
Premier Steels

संसदको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मूल्यवृद्धि नियन्त्रण गर्न र पेट्रोलियम पदार्थमा बढाइएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव संसद सचिवालयमा दर्ता गरेको छ । 

Muktinath Bank

एमालेका प्रमुख सचेतक विशाल भट्टराई प्रस्ताव र सांसदहरू यज्ञराज सुनुवार, गणेशकुमार पहाडी र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद लिङ्देनले उक्त प्रस्तावको समर्थन गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमालेका सांसदहरू मंगलवार दिउँसो जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव लिएर सिंहदरबारस्थित संसद् सचिवालय पुगेका थिए । 


Advertisment
Nabil box
Kumari

एमालेले ६ वटा कारण उल्लेख गरेर सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्न, इन्धनमा भइरहेको चुहावट र अत्याधिक कर न्यूनीकरण गरी पेट्रोलियम पदार्थको मूल्य घटाउन, सरकारसँग इन्धनको मूल्य घटाउनेबारे कार्ययोजना माग्न, कमजोर आयस्रोत भएको वर्गमा परेको बहुआयामिक प्रभावको विश्लेषणसहितको प्रतिवेदन सरकारसँग माग गर्न जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव आवश्यक भएको संसदमा दर्ता भएको प्रस्तावमा उल्लेख छ । 

Vianet communication

त्यसै गरी हुँदा खाने वर्गको जनजीवन सहज बनाउन सरकारको योजनाबारे जानकारी माग्न, मूल्यवृद्धि नगर्न, सरकारले गरिरहेको पहलबारे जानकारी लिन पनि यस्तो प्रस्ताव आवश्यक परेको भनिएको छ । 

पकाउने ग्यास, डिजेल र पेट्रोललगायतका पदार्थको मूल्य बढ्दा त्यसको समाधानको उपायबारे सरकारले प्रमुख प्रतिपक्षसँग छलफल नै नगरेको एमालेको आरोप छ ।

संसदमा दर्ता हुन आएको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव सभामुखले संसदमा छलफल गराउनुपर्ने कानूनी व्यवस्था छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x