×

NMB BANK
NIC ASIA

संसद् बैठक

संसदमा कृषिमन्त्रीको गोलमटोल जवाफ- मूल्यको उतारचढावका कारण मल आपूर्तिमा असहजता

जेठ ३०, २०७९

NTC
Premier Steels

सरकारले विश्व बजारमा मूल्यको उतारचढावका कारण मल आपूर्तिमा असहजता भएको दाबी गरेको छ । 

Muktinath Bank

प्रतिनिधि सभा बैठकमा सोमवार जवाफ दिँदै कृषि विकास तथा पशुपक्षी विकास मन्त्री महिन्द्र राय यादवले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिका कारण आपूर्ति असहज भएको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा एमालेले संसदमा पेश गरेको स्थगन प्रस्तावमाथि जवाफ दिने क्रममा मन्त्री यादवले सरकारले मल ल्याउन पहल गरिरहेको बताए । तर, कहिलेदेखि मल उपलब्ध हुन्छ भन्नेबारे गोलमटोल जवाफ दिए । 


Advertisment
Nabil box
Kumari

गत वर्ष ५५ रूपैयाँ रहेको युरिया मलको मूल्य ९८ र गतवर्ष ८२ रूपैयाँ रहेको डीएपी १५० रूपैयाँ पुगेको मन्त्री यादवले बताए । 

Vianet communication

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेलामा पनि भारतसँग मल खरीदको विषयमा कुराकानी भए पनि मल आउन नसकेको उनले बताए । 

चालू आर्थिक वर्षका लागि कृषि सामग्री कम्पनीबाट एक लाख ५ हजार तथा साल्ट टे«डिङ कम्पनीसँग एक लाख १७ हजार मेट्रिकटन गरी दुई लाख २२ हजार मेट्रिकटन मल खरीद गर्ने सहमति भए पनि आपूर्तिकर्ताले समयमा ल्याउन नसकेका कारण मलको अभाव भएको मन्त्री यादवले बताए । 

भारतबाट एक लाख ५० हजार मेट्रिक टन खरीद गर्नका लागि कृषि सामग्री कम्पनीबीच खरीद सम्झौता अन्तिम चरणमा रहेको बताए । 

भारत सरकारसँग फेब्रुअरी २८ तारिखमा भएको सहमतिअनुसार भारत सरकारले ८० हजार मेट्रिकटन नेपाली सीमामा पुर्‍याइदिने सहमति भए पनि मूल्यमा सहमति भइनसकेको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x