×

राजनीतिक अभियानको औपचारिक घोषणा गर्दै रवि लामिछाने

असार ७, २०७९

सञ्चारकर्म त्यागेर राजनीतिमा होमिएका रवि लामिछानेले मंगलबार आफ्नो राजनीतिक अभियानको औपचारिक घोषणा गर्दै छन् । उनले पार्टीकै घोषणा गरेर अघि बढ्ने या कसरी भन्नेबारे मंगलबार नै घोषणा गर्नेछन् । 

त्यसका लागि दिउँसो १ बजे राष्ट्रिय सभागृहमा कार्यक्रम राखिएको छ । यसैबीच राजधानीको बसुन्धारामा रविले सम्पर्क कार्यालय खोलेका छन् ।
रविले संघीय निर्वाचन लड्ने निश्चित रहेपनि कुन क्षेत्रबाट लड्ने भन्ने खुलाएका छैनन् । 


Advertisment

यसैबीच रवि लामिछानेका दाइ हरिशरणले पनि प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । हरिशरणले काठमाडौं–३ बाट उम्मेदवारी दिने घोषणा गरेका हुन् । 


Advertisment

पूर्व सञ्चारकर्मीसमेत रहेका हरिशरणले स्वतन्त्र राष्ट्रिय सञ्जाल निर्माणको अभियान जारी रहेको बताएका छन् । ‘देशैभरका स्वतन्त्र उम्मेदवारबीच न्यूनतम राष्ट्रिय मुद्दामा समझदारी कायम गरी निर्वाचन क्षेत्र कायम गरिनेछ,’ उनले फेसबुकमा लेखेका छन्, ‘मेरो हकमा काठमाडौं-३ बाट उम्मेदवारी दिने समझदारी भएको सबैमा जानकारी गराउँदछु ।’

त्यस्तै उनले काठमाडौं-१ मा पुकार बम, ५ मा रन्जु दर्शना र ८ मा सुमन सायमीले स्वतन्त्र प्रतिस्पर्धा गर्ने सम्भावना रहेको बताए । 
 

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x