×

NMB BANK
NIC ASIA

व्यवसाय बन्द भएपछि अपराध

कोरोनाले क्लब बन्द भएपछि 'हनीट्र्याप'को धन्दा: साहु र डान्सर मिलेर २० लाखसम्म बार्गेनिङ

असार ७, २०७९

NTC
Premier Steels

राम (नाम परिवर्तन) लाई फेसबूकमा साथी बन्न एक युवतीबाट अनुरोध (फ्रेन्ड रिक्वेस्ट) आयो ।

Muktinath Bank

प्रोफाइल नियाल्दा नाम थियो– निकिता केसी । फोटाहरू आकर्षक थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

म्युचुअल फ्रेन्डमा २ जना साथी पनि देखिए । उनलाई समग्रमा राम्रो लाग्यो । अनुरोध स्वीकारे ।


Advertisment
Nabil box
Kumari

कुराकानी शुरू भयो । केही कुराकानी भएपछि निकिताले कफी खान अनुरोध गरिन् । 

Vianet communication

काठमाडौंकै एक क्याफेमा बसेर उनीहरूले कफी खाए । 

अर्को दिन उपत्यकाको वरपर भएका मनोरम दृश्य हेर्दै ‘डेटिङ’ पनि गए ।

डेटिङ गएको केही दिनपछि रामलाई एउटा म्यासेज आयो । त्यो म्यासेजले उनको होसै उडायो ।

निकिताले आफूलाई पैसा चाहियो भन्दै बार्गेनिङ गर्न थालिन् ।

पैसा दिन सक्दिनँ भनेपछि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिने भन्दै डेटिङका क्रममा लुकेर खिचिएका फोटो र भिडियोहरू पठाउन थालिन् ।

यो बीचमा निकिताको समूहले रामको परिवार र नजिकका मानिसहरूको नम्बर समेत पत्ता लगाइसकेको थियो ।

उनले २० लाख रुपैयाँ बार्गेनिङ गरिन् । पैसा नदिए सामाजिक जीवन ध्वस्त पारिदिने धम्की दिइन् ।

अर्को दिन रामलाई पत्रकार बनेर फोन गरी समाचार छाप्ने धम्की दिइन् । अर्का एक जनाले वकिल बनेर फोन गरी मुद्दा हाल्ने चेतावनी समेत दिएको अनुसन्धानमा खुलेको छ ।

‘उनीहरूले निरन्तर बार्गेनिङ गरेपछि ७ लाख रुपैयाँ दिन मन्जुरी जनाएको देखिन्छ,’ अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले लोकान्तरसँग भने ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्त कुँवरका अनुसार पक्राउ परेका उनीहरूले विभिन्न व्यक्तिलाई ब्ल्याकमेलिङ गरेर पैसा असुलेको देखिन्छ ।

‘यस्तै ब्ल्याकमेलिङ गरेको ५ वटा भन्दा धेरै उजुरी आएका छन् । उनीहरूले युवती परिचालन गर्ने, भिडियो बनाउने र ब्ल्याकमेलिङ गर्ने गरेको देखिएको छ,’ एसएसपी कुँवरले लोकान्तरसँग भने ।

प्रहरीले २ गते सूर्यविनायक नगरपालिका–९ की १९ वर्षीया निकिता केसी, काभ्रेपलाञ्चोक ढुसेनी गाउँपालिका–३ की १८ वर्षीया मनिषा परियार, हलेसी तुवाचुङ नगरपालिका–७ खोटाङ घर भएका ३२ वर्षीय डिकबहादुर शर्मा, इटहरि उपमहानरपालिका–७ सुनसरीका ३० वर्षीय सञ्जीव दर्जी, मेलुङ गाउँपालिका–५ दोलखाका २५ वर्षीय निमा लामा र मेलुङकै ३० वर्षीय पासाङ लामालाई पक्राउ गरेको छ ।

कार्यालय प्रमुख एसएसपी वसन्त कुवँरका अनुसार उनीहरूले काठमाडौंको सोह्रखुट्टेमा ‘ब्लु बार’ नामको डान्स क्लब चलाउँदै आएका थिए । निमा लामाले चलाएको क्लबमा निकिता र मनिषा डान्सर थिए ।  

निकिता निमाका दाजुको प्रेमिका समेत रहेको खुलेको छ ।

निमाका दाजु पनि अपराधमा संलग्न भएको देखिएको छ । उनका भाइ पनि लागूऔषधमा पक्राउ परेको देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यसभन्दा अगाडि उनीहरूले एक व्यक्तिलाई ब्ल्याकमेलिङ गरेर ६० हजार नगद लिएका थिए । अर्का व्यक्तिबाट २० हजार नगद र ४० हजारको मोबाइल सेट लिएको खुलेको छ ।

पछिल्लो समयमा रामले निमा लामाको खातामा ५० हजार पठाएको खुलेको एसएसपी कुँवरले बताए ।

प्रहरीका अनुसार उनीहरू सबै मिलेर उपत्यकामा ब्ल्याकमेलिङको र्‍याकेट चलाउँदै आएका छन् ।

नक्कली पत्रकार र नक्कली वकिल 

उनीहरूले बार्गेनिङ गर्नका लागि नक्कली पत्रकार र नक्कली वकिल बनेर धम्क्याउने गरेको पाइएको छ ।

निकिता केसीले आफू पत्रकार भएको भन्दै पत्रिकामा प्रकाशन गरिदिने धम्की दिने गरेको अनुसन्धानमा खुलेको छ । ‘म पत्रकार हुँ । यो कुरा म पत्रिकामा निकाल्छु,’ भन्दै धम्की दिने गरेको प्रहरीले जनाएको छ । 

त्यस्तै डिकबहादुरले वकिल बनेर धम्काउने गरेका थिए । 

उनले घटना नमिलाए बलात्कार मुद्दा लगाएर जेल चलान गर्ने भन्दै मानिसक तनाव दिने गरेका थिए ।

प्रहरीले उनीहरूको साथबाट बा ५ च ६८४६ नम्बरको कार, ३ वटा आइफोन १३ प्रो लगायतका सामान बरामद गरेको छ । 

ब्ल्याकमेलिङ गरेर कमाएको पैसाले उनीहरू महंगा बाइक चढ्ने गरेको पनि खुलेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x